Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

सुनको मूल्य तोलाको रु ९९ हजार

सुनको मूल्य तोलाको रु ९९ हजार

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १८ सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३०० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८९६ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
उदपुरमा मुख्य निर्वाचन अधिकृतद्धारा निर्वाचन अधिकृतको कार्यालय निरिक्षण

उदपुरमा मुख्य निर्वाचन अधिकृतद्धारा निर्वाचन अधिकृतको कार्यालय निरिक्षण

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १८ गते । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मुख्य निर्वाचन अधिकृत दिपक खनालले निर्वाचन अधिकृतको कार्यालय निरीक्षण गर्नुभएको छ । निर्वाचन आयोगको तालिका बमोजिम हिजो उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएसंगै उम्मेदवारहरु भोट माग्न व्यस्त हुन थालेका छन् । निर्वाचन अधिकृतको कार्यालयको तयारी, मतदान स्थल लगायतका विषय बुझ्न भन्दै मुख्य निर्वाचन अधिकृत खनानले कटारीस्थित अधिकृतको कार्यालय तथा सो क्षेत्रका मतदान स्थलको निरिक्षण गर्नुभएको हो ।...
सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस  श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

सन्दर्भ अन्तर्राष्ट्रिय श्रमिक दिवस श्रमिकका हक संविधानमा लेखिए, व्यवहारमा आएन

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख १८ ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले आज बिहान श्रमिक अधिकारको पक्षमा दबाब दिने उद्देश्यले पदयात्राको आयोजना गरेको छ । भृकुटीमण्डपबाट सुरु हुने पदयात्रा सहिदगेट, न्यूरोड गेट, रत्नपार्क हुँदै बागबजारस्थित भक्तपुर बसपार्कमा पुगेर सभामा परिणत हुनेछ । यस्तै नेपाल ट्र...
श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

श्रमिकको गुनासो– महङ्गी बढ्यो तर हाम्रो ज्याला बढेन

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख १८ पर्साको सखुवा प्रसौनी गाउँपालिका–३ स्थित कौवा वनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन । दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतबार पनि कामले फुर्सद छैन । उहाँ आइतबार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिसक्नुभएको छ । दश वर्षको उमेरदेखि सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आउनुभएको छ । यसरी नै उहाँले करिब तीन दशक बिताउनुभयो । श्रमिक दिवसको दिन पनि उहाँले आराम गर्ने समय पाउनुभएको छैन । उहाँ भन्नुहुन्छ, “श्रमिक दिवस भनेको के हो ? हामीलाई त काम नै ठूलो छ, काम गरिएन भने घरमा चुल्हो बल्दैन, अहिलेसम्म श्रमिक दिवसको दिन ठेकेदार, साहुले बिदा दिएको पनि पत्तो छैन, आफ्नै काममा दैनिकी बितिरहेको छ ।” उहाँ मजदुरी गरेवापत दैनिक रु ६०० ज्याला बुझ्नुहुन्छ । त्यसैबाट चार छोराछोरी र श्रीमत...
‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

‘मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्छ ’

Breaking News 3, आर्थिक, समाचार
काठमाण्डौँ, बैशाख १८ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिकस्तर उठाउनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले मजदुरको आर्थिक हैसियत उठाउन सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताउनुभएको छ । “रातदिन श्रम गरेर जीविकोपार्जन गर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास मैले लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्तिको जग नै विराटनगर मजदुर आन्दोलन रहेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले नेपाली कांग्रेसको जननिर्वाचित सरकारले विसं २०१६ मा कारखाना र मजदुरसम्बन्धी कानुन तर्जुमा गरेर मजदुरलाई कानुनसम्मत अधिकार प्रदान गरेको स्मरण गर्नुभएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन...
जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

Breaking News 1, समाचार
खलङ्गा, बैशाख १७ कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिनुहुन्छ । उहाँले भन्नुभयो, “जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।” उहाँका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ । इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ...
मातातिर्थ औँसीका दिन गठबन्धनका उम्मेदवारले गरे सहदिकी आमालाई सम्मान

मातातिर्थ औँसीका दिन गठबन्धनका उम्मेदवारले गरे सहदिकी आमालाई सम्मान

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १७ मतातिर्थ औँसीका अवसरमा सहिद लिलाप्रसाद पराजुलीकी आमा हरिमाया पराजुली सम्मानीत भएकी छन् । शनिबार सहिदकी आमा पराजुलीलाई वाम लोकतान्त्रिक गठबन्धन धरानका उम्मेदवारहरुले सम्मान गरेका हुन् । गठबन्धनका धरान प्रमुखका उम्मेदवार किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले सम्मान गरेका हुन् । स्थानीय तहको निर्वाचनको घरदैलो कार्यक्रममा सम्मान गरेका हुन् । सहिद पराजुली २३ वर्षको उमेरमा घरबाट बेपत्ता भएका थिए । २० वर्ष बितिसक्दा पनि छोरो घर नफर्किएको हरिमायाको भनाई छ । उनले भनिन् ‘जनयुद्धको समयमा साथीहरुसँग घरबाट निस्केको थियो, हालसम्म फर्किएन । अन्य साथीहरु घर फर्किए ।’ उनले थपिन्, ‘पार्टीका मान्छेले छोरो सहिद भएको खबर दिए तर लास देख्न पाएनौं ।’ गठबन्धनका उपप्रमुखका उम्मेदवार आइन्द्र विक्रम वेघाले धरानका युवाहरुको साथ र वृद्धवृद्धा आमाबुबाहरुको आशिर्वादले मनोबल बढेक...
दिदीसँगै नुहाउन गएकी ८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु

दिदीसँगै नुहाउन गएकी ८ वर्षीया बालिकाको खोलामा डुवेर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १७ गते । दिदीसँगै नुहाउन गएकी ८ वर्षीया एक बालिकाको खोलामा डुवेर ज्यान गएको छ । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बुढीखोलामा डुवी रुसिना खातुनको ज्यान गएको हो । हिजो दिउँसो १ बजे स्थानिय मजुलम मियाको ८ बर्षीया छोरी रुसिना दिदी सुहाना खातुन संगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकि थिइन । बेपत्ता भएकी रुसिनाको तत्काल स्थानियबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तलास गर्ने क्रममा सोही स्थानमा डुवी मृत अवस्थामा लाश फेला पारेको थियो । मृतक बालिकाको लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाईएको र घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...
त्रियुगा मेयर पदका स्वतन्त्र उम्मेदवार कार्कीलाई जेब्रा चुनाव चिन्ह

त्रियुगा मेयर पदका स्वतन्त्र उम्मेदवार कार्कीलाई जेब्रा चुनाव चिन्ह

Breaking News 1
पूर्णपुष्टि, बैशाख १७ त्रियुगा नगरपालिकाका लागि स्वतन्त्र तर्फका उम्मेदवार चित्र कुमार कार्कीलाई जेब्रा चुनाव चिन्ह दिईएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीलाई जेब्रा चुनाव चिन्ह दिएको हो । उदयपुरमा कार्कीले स्वतन्त्र तर्फबाट मेयर पदको उम्मेदवारी दावी छाडेको छैन् । बिभिन्न दलका बागी र केहि स्वतन्त्र उम्मेदवारीहरुले आफ्नो उम्मेदवारी फिर्ता गर्दा पनि कार्की भने एकै भोट आएपनि उम्मेदवारी फिर्ता नलिने पक्षमा थिए । कार्कीलाई शनिवार कार्यालयले जेब्रा चुनाव चिन्ह प्रदान गरेको हो ।...
करेन्ट लागि २ जनाको मृत्यु

करेन्ट लागि २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १७ गते । खोटाङ र मोरङको छुट्टाछुट्टै दुई स्थानमा करेन्टलागि दुई जनाको मृत्यु भएको छ । हिजो बेलुका पौने पाँच बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ खोटाङका ३६ वर्षीय भिम बहादुर बि.क. को मृत्यु भएको हो । बि.क स्थानिय रुपेश बजिमय र अर्जुन के.सी.को घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाईते भएका थिए । घाईते बि.क.लाई तत्काल उपचारको लागी जिल्ला अस्पताल खोटाङ लगिएकोमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । त्यसैगरी सोही दिन राती पौने ७ बजे मोरङको केराबारी गाउँपालिका–८ स्थित महादेव क्रसरका कामदार स्थानिय २३ वर्षीय टंक लिम्वुको मृत्यु भएको छ । लिम्वु क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागि घाईते भएका थिए । घाईते लिम्वुलाई तत्काल उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा अस्पताल पु¥याउनासाथ उनको मृत्यु ...