भिरबाट लडेर म्यादी प्रहरीको ज्यान गयो
पूर्णपुष्टि, बैशाख ८
सिन्धुपाल्चोकमा एक म्यादी प्रहरीको भिरबाट लडेर ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४० वर्षीय दुर्गा सिंह बस्नेत छन्। सिन्धुपाल्चोकमा भिरबाट लडेर म्यादी प्रहरीको मृत्यु भएको छ।
बिहीबार बिहान ६ बजे चौतारा साँगाचोकगढी नगरपालिका(६ पिपलडाँडास्थित चौतारा नवलपुर सडकमुनी म्यादी प्रहरी मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
उनी बुधबार अपराह्न साढे ४ बजे म्यादी प्रहरीको प्रशिक्षण समेर घर फर्किएका थिए। तर बिहीबार बिहान उनी सडकको डिलबाट ४० मिटर तल मृत अवस्थामा फेला परेका हुन् ।...









