जीवन जिउने आधार वृद्धभत्ता
काठमाण्डौँ, बैशाख ३
न सन्तान, न सम्पत्ति ! त्यसमाथि हिँडडुल गर्न र बनिबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका ९६ वर्षीय खड्गबहादुर थापाको वास्तविक अवस्था हो यो ।
आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरु बिताइरहनुभएका खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापाको जीवन जिउने आधार भनेको नै सरकारले दिने वृद्धभत्ता हो ।
सोही गाउँकी ८७ वर्षीया मसिनी कार्की सरकारले दिने वृद्धभत्ता बुझेको दिन निकै खुसी हुन्छ । पाँच वर्षअघि श्रीमान् बितेपछि बगरफाँटको कोटखोला नजिक डाँडोको पर्ती जग्गामा गाउँलेले बनाइदिएको छाप्रोमा वस्दै आउनुभएकी कार्की वृद्धभत्ताबापत सरकारले दिने रकमलाई फारु गरेर खर्च गर्नहुन्छ । वृद्धभत्ताबाहेक उहाँको आम्दानीको अन्य कुनै स्रोत छैन । कार्की पनि सन्तानविहीन हुनुहुन्छ ।
थापा र कार्की मा...









