चैते धानमार्फत सामूहिकखेतीमा जोडिँदै सुरौदीका किसान
काठमाण्डौँ, बैशाख ३
गत चैत १७ गतेदेखि कास्कीको दक्षिण भेग सुरौदी खोलाकोे किनार कुर्लिङ क्षेत्रस्थित नरपतेमा झण्डै १२÷१५ जनाको समूह लगातार चैते धान रोप्न ब्यस्त देखिन्छ ।
अधिकांश स्थानमा कृषिप्रतिको अनइच्छाका कारण खेत तथा बारी बाँझिँदै गएको वास्तविकतामा यहाँका किसान भने तिनै बाँझिएकामध्ये २०० रोपनीभन्दा बढी क्षेत्रफलको खेतमा यतिखेर बाँझो फोरेर सामूहिक चैते धान रोप्न लागिपरेका हुन् ।
कुर्लिङ बराह कृषक समूहमा सङ्गठित यहाँका १२ कृषक परिवारको समूहिक प्रयासमा विगत २० वर्षयता लगातार बाँझिएको खेतका कतिपय स्थानमा चैते धानको रोपो हरियो भइसकेको छ भने रोप्नेक्रम पनि चलिरहेको छ । आफूहरूले अझै एक दुई दिन रोपाइँ गर्ने योजना रहेको समूहका अध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
“कृषिप्रतिको बढ्दो अनइच्छासँगै पछिल्ला वर्षमा सुरौदी क्षेत्रमा धेरै जग्गा बाँझिएको छ”, उहाँले भन्नुभयो, “बाँझिएका ज...









