Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

स्वरूप फेर्दै वाल्मीकि विद्यापीठ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २ “गणेशको आकृति त दुरुस्तै बनेको छ । व्यासको चाहिँ अलि मिलिसकेको छैन”, अध्यापक र विद्यार्थी परिसरमा उभिएर दङ्ग पर्दै भलाकुसारी गर्दैछन् । वाल्मीकि विद्यापीठ ९क्याम्पस० परिसरका भित्तामा कला–मजदूरहरूले रङगरोगनसहित चित्र कोर्ने काम गरिरहेका छन् । सरस्वती र बुद्धको चित्र पनि कोरिँदैछ । विगतमा कच्ची सडकजस्तो देखिने क्याम्पसको परिसर अहिले ब्लक राखेर ढलान गरिएको छ भने विगतमा फोहोर देखिने यही ठाउँ अहिले सफासुग्घर देखिएको छ । मर्मतपछि अहिले विद्यापीठको प्वाल परेको छत टालिएको छ । अहिले छानो चुहिँदैन, शौचालयमा दुर्गन्ध छैन । प्रवेशद्वारमा खुलारूपमै बग्ने ढल अहिले टुकुचासम्म व्यवस्थापन भएको छ । गुणस्तरीय पिउने पानीको उपलब्ध भएको छ । ‘पाँचौँ वेद’ ‘महाभारत’ लेख्न बस्दा व्यासले संस्कृतमा श्लोक भन्दै जाने र गणेशले टिप्दै जाने गरेर कथा पूरा गराएको पौराणिक किंवदन्ती छ । हिन्दू धर्...
शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २ बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएको छ । यो विवरणले पनि नेपालको शेयर बजारमा भएको विस्तार र विविधिकरणको चित्रण गर्दछ । दोस्रो बजारमा शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जमा हालसम्म ३३० कम्पनी सूचीकृत भएका छन् । नेप्सेमा अझै पनि बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीको बोलवाला देखिन्छ । वर्ष, २०७८ ले शेयर बजार नयाँ उचाइमा पुग्न सक्छ भन्ने एउटा रेकर्ड कायम गरेको छ । मिश्रित एवं पूँजीवादी अर्थ राजनीतिक प्रणाली अवलम्बन...
धरानमा टेम्पो दुर्घटना हुँदा : चालकको मृत्यु, सवार महिला गम्भीर घाइते

धरानमा टेम्पो दुर्घटना हुँदा : चालकको मृत्यु, सवार महिला गम्भीर घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । सुनसरीको धरान–४ देबिथान स्थित कोशी लोकमार्गमा दुर्घटना हुँदा टेम्पो चालकको घटनास्थलमै ज्यान गएको छ, भने टेम्पोमा सवार एक महिला गम्भीर घाइते भएकी छिन् । टेम्पो चालक धरान –१७ बस्ने अन्दाजी ४०/४५ वर्षीय खड्ग बिकको घट्नास्थलमै ज्यान गएको १ नं प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ ह ७०४१ नं को टेम्पोलाई दक्षिणबाट उतर तर्फ जादै गरेको को १ ख ४४८० नम्बरको बसले ठक्कर दिदा दुर्घटना भएको हो । प्रहरीका अनुसार टेम्पोमा सवार ताप्लेजुङ लिखुम –२ बस्ने १५ वर्षीया उषा लिम्बू गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते भएकी उषाको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । बस र चालक धनकुटा महालक्ष्मी–२ घर भई हाल धरान–१७ बस्दै आएका ४५ वर्षीया गोबिन्द कटुवाललाइ इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको धरान प्रह...
त्रियुगामा रुखमा मात्र भोट हाल्न पाउनु पर्ने कोईराला पक्षको माग

त्रियुगामा रुखमा मात्र भोट हाल्न पाउनु पर्ने कोईराला पक्षको माग

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २ गते । त्रियुगा नगरपालिकामा आउँदो स्थानीय चुनावका लागि कांग्रेस एक्लै लड्न काफी रहेको भन्दै गठबन्धन नगर्न ध्यानकर्ष पत्र बुझाएको छ । शुक्रबार कोईराला पक्ष रहेका कांग्रेस नेता बसन्त बस्नेत सहितका नेताहरुले जिल्ला सभापति हिमाल कार्कीलाई रुखमा मात्र भोट हाल्न पाउनु पर्ने माग सहित पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको हो । करिब १ सयजनाको उपस्थितिमा काङ्ग्रेसले सो पत्र बुझाएको छ । । यस्तै, त्रियुगामा काङ्ग्रेस बलियो भएकाले गठबन्धन नगरी चुनाबमा जानपाउनुपर्ने आशय व्यक्त गरिएको छ । ध्यानाकर्षण पत्र पेश गर्दै नेता वसन्त बस्नेतले यो नगरमा एकलै चुनाब जित्न सकिने बताएका थिए । पत्र बुझ्दै सभापति हिमाल कार्कीले केन्द्रको निर्णयनुसार गठबन्धन हुने बताए । उनका अनुसार काङ्ग्रेसलाई फाइदा हुने गरिमात्र तालमेल हुने भन्दै कार्यक्रतालाई आश्वस्त पार्ने कोसिस गरेका थिए ।...
‘सिङ्गो बुटवल, एक विद्यालय’ नौलो अवधारणाका रूपमा

‘सिङ्गो बुटवल, एक विद्यालय’ नौलो अवधारणाका रूपमा

Breaking News 2, शिक्षा, समाचार
काठमाण्डौँ, बैशाख २ बुटवलस्थित नवीन औद्योगिक कदरबहादुर रीता रायमाझी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत आजभोलि आफ्नो विद्यालयको दैनिक शैक्षिक तथा प्रशानिक कामको जिम्मेवारीसँगै नगरका अन्य विद्यालयमा पुगेर शैक्षिक अभ्यासका विषयमा अनुभव आदानप्रदान गर्नुहुन्छ । बुटवल उपमहानगरपालिकाले ल्याएको ‘सिङ्गो बुटवल एक विद्यालय’ कार्यक्रमअन्तर्गत प्रअ बस्नेतले गत माघ २४ गते अभिभावक विद्यालयभित्रका समूह विद्यालयका प्रधानाध्यापकहरूसँग सामूहिक छलफल गर्नुभयो । विद्यालयमा आयोजित छलफलमा अभिभावक विद्यालय र समूह विद्यालयका प्रधानाध्यापकले हाल विद्यालयमा भएको समग्र अवस्था, अवसर, चुनौती, समस्यालगायत शैक्षिक विषयमा अनुभव साटासाट गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कान्ति माध्यमिक विद्यालयका विज्ञान शिक्षक डिल्लीप्रसाद बेल्वासे पनि केही दिनअघि आफूले अध्यापन गराउने विद्यालय छाडेर...
युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख २ युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ । नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । उहाँहरुले भन्नुभयो, “समाजको अग्रगामी रुपान्तरणका लागि युवामैत्री नीति अवलम्बन गर्नुपर्ने र उनीहरुको सहभागिता, परिचालन र नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यकता हो ।” सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको...
सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख २ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ४१५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
बाग्मती सवारी दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु, तीन हजार ३८९ घाइते

बाग्मती सवारी दुर्घटना : एक वर्षमा ३६० जनाको मृत्यु, तीन हजार ३८९ घाइते

Breaking News 2, समाचार
काठमाण्डौँ, बैशाख २ विगत एक वर्षमा बागमती प्रदेशमा भएका दुर्घटनामा परी ३६० जनाको मृत्यु भएको छ । बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । यस्तै तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । गत वर्ष वैशाखमा भएको १३५ दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा २३१ घाइते भएका थिए । जेठमा भएका ८७ दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ भने १३० घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार असारमा भएका १२३ दुर्घटनामा परी १८ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा २१२ घ...
बसको ठक्कर बाट स्कुटरमा सवार एकको मृत्यु, दुई जना घाईते

बसको ठक्कर बाट स्कुटरमा सवार एकको मृत्यु, दुई जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २ काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका दाहालको उपचारका क्रममा हिजो दिउँसो पौने ४ बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । दुबै जनाको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस र चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिईसकेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कोरोनाबाट २६ पत्रकारले ज्यान गुमाए

कोरोनाबाट २६ पत्रकारले ज्यान गुमाए

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख १ गते । कोरोना भाईरस कोभिड–१९ संक्रमणका कारण हालसम्म नेपालमा २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कारोनाका कारण ज्यान गुमाएका हुन् । ‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन् । त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा सञ्चारमाध्यममा पारेको असर भने अहिले पनि कायमै छ,’ महासंघले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । कोरोना महामारीको बहाना देखाएर पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने कामले निरन्तरता पाएकोमा महासंघले दुःख व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख १८ हजार ७८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नेपालमा रहेका स...