Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

२९ बर्षिया महिलाको रहस्यमय मृत्यु

२९ बर्षिया महिलाको रहस्यमय मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १ रुपन्देहीमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । यसलाई माईती पक्षले आत्मा हत्या नभई हत्या भएको संका समेत गरेको छ । तिलोत्तमा नगरपालिका २ भेटनेरी लाईनका २९ बर्षिया अमृता खत्रीले बिष सेवन गरेको पाईएपछि बुधबार राति करिब पौने दस बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि प्रेमले बहिनी बिरामी भएको भन्दै अस्पतालमा बोलाएका थिए । यही आधारमा माइतीपक्षले अमृताले विष सेवन गरेको नभई उनका पतिले विष खुवाएको दाबी गरेको छ । अमृताको डायरीमा रहेको अन्तिम पाना च्यातिएकाले पनि घटना रहस्यमयी भएको दाजु पुष्पकले बताए । उनीहरुले श्रीमान् प्रेम टण्...
विसं २०७८ः ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

विसं २०७८ः ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला रु आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावका बारेमा कम मानिसलाई मात्रै थाहा थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार सो आयोजना सम्पन्न हुँदा मनसुनको समयमा नेपाल बिजुलीमा आत्मनिर्भर हुन पुग्यो । झण्डै पाँच घण्टा पिकिङ गर्न मिल्ने भएकाले पनि सो आयोजना नेपालको ऊर्जा प्रणालीका लागि महत्वपूर्ण सावित भएको छ । सरकारको सार्थक प्रयास, प्राधिकरण नेतृत्वको नियमित निगरानीका कारण आयोजनाले सफलता पायो । गत असार २१ गते सो आयोजनाको सञ्चालनमा आयो । स्वदेशी लगानीमा नै निर्माण सम्पन्न भएको सो आयोजनाले नेपालीले पनि ठूला भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सार्...
१९ दिनका लागि केसी सशस्त्रका आइजीपी

१९ दिनका लागि केसी सशस्त्रका आइजीपी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १ पुष्पराम केसी ससस्त्र प्रहरी बल नेपालको १९ दिनका लागि प्रहरी महानिरीक्षक (आइजीपी) बन्नुभएको छ । यसअघिका महानिरीक्षक शैलेन्द्र खनालले गत सोमबार आइजीपीको चार वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकास पाएपछि २०७८ चैत ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले केसीलाई ११औँ महानिरीक्षकमा बढुवा गरेको हो । खनाल महानिरीक्षक भएको चार वर्ष नपुगेको भए हालका आइजीपी केसी अतिरीक्तबाटै बाहिरिनुपर्ने थियो । खनालको ३० वर्षे सेवा अवधि हिसाब गर्ने हो भने केसीसँगै अवकास पाउनुहुन्थ्यो, तर ससस्त्रमा महानिरीक्षक भएको चार वर्ष पुगेपछि पनि अनिवार्य अवकास हुने बाध्यकारी व्यवस्था केसीका लागि अवसर बन्न पुग्यो । सशस्त्रमा ३० वर्ष सेवा अवधि वा आइजी भएको चार वर्ष जुनअघि आउँछ त्यही मितिबाट अनिवार्य अवकास लिनुपर्ने व्यवस्था छ । आइजीका प्रतिष्पर्धीमा उहाँसँगै ससस्त्र प्रहरी अतिरीक्त महानिरीक्...
उदयपुरमा ८ महिना भित्र मालपोतबाट ११ करोड बढि राजश्व संकलन

उदयपुरमा ८ महिना भित्र मालपोतबाट ११ करोड बढि राजश्व संकलन

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १ गते । उदयपुरमा चालु आर्थिक बर्षको ८ महिनामा मालपोत कार्यालयले ११ करोड बढि राजश्व संकलन गरेको छ । लिखत पारितको शतबार्षिकीको अवसरमा आयोजित अन्तरक्रियामा फागुन मसान्तसम्ममा कार्यालयबाट ११ करोड ५ लाख ७७ हजार राजश्व संकलन भएको हो । संकलित राजश्वमध्ये सबैभन्दा बढि रजिष्टे«शन दस्तुर र सेवा शुल्कमा ८ करोड ७७ लाख ११ हजार रहेको छ भने सबैभन्दा कम पुँजिगत लाभकर २ करोड २८ लाख ६६ हजार रहेको छ । कार्यालयमा भए गरेका कामको कार्यपत्र प्रतिवेदन प्रस्तुत गर्दै उपसचिव तथा कार्यालय प्रमुख कुमारबहादुर खड्काले पुँजिगत लाभकर संघीय सरकारको कोषमा र अन्य दस्ुतर र सेवा शुल्कवापतको राजश्व प्रदेश सरकारमा ४० र स्थानीय तहमा ६० प्रतिशत वाँडफाँट हुने बताए । उनका अनुसार ३ करोड ५० लाख ८४ हजार प्रदेश र ५ करोड २६ लाख २७ हजार स्थानीय तहमा पठाईने छ । ८ वटा स्थानीय तह रहेको उदयपुरमा जिल्ला मालपोत कार्यालयक...
नयाँ वर्षको दिन मात्रै फुल्ने फूल हेर्न लहानमा फूलबारी मेला

नयाँ वर्षको दिन मात्रै फुल्ने फूल हेर्न लहानमा फूलबारी मेला

Breaking News 2, रोचक, समाचार
काठमाडौं, वैशाख १ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको पडारिया चोकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारी जहाँ नयाँ वर्ष वैशाख १ गते मात्र फुल्ने फूल देख्न पाइन्छ । ‘सल्हेस’ फूलबारी ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ। सो रुखको फूलबारीको मध्यभागमा रहेको राजा सलहेसको गहबर (मन्दिर) सँगै टाँसिएको सो रुखको फूल आजसम्म रहस्यमय नै बनेको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख ओइलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ। त्यो रुख के को हो र कसरी यतिका वर्षसम्म बाँचिरहेका छन् भन्ने खोजको विषय बनेको छ । वनस्पतिविद्का अनुसार छैटौंरसातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस् जानकारी प्राप्त हुन सकेको छैन । राजा सलहेस को थिए, कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेसको जीवनगाथास...
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १ भरुवा बन्दुक पड्किर गएराति बारामा एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए । उनको उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । त्यसैगरी आज बिहान स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम लोक र...
विराटनगरबाट मानव अंगसहित एक डाक्टर पक्राउ

विराटनगरबाट मानव अंगसहित एक डाक्टर पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १ गते । विराटनगरबाट मानव अंगसहित एक जना भारतीय डाक्टर पक्राउ परेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई पक्राउ गरेको हो । विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानब अंगसहित पक्राउ जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ । उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । ...
त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

त्रिनपा ५ श्रीपुरमा एमाले र कांग्रेस परित्याग गरी ६४ जना माओवादीमा प्रवेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १ त्रियुगा नगरपालिका ५ श्रीपुरमा हालै ६४ जनाले माओवादी पार्टी रोजेको छ । कांग्रेस र एमाले पार्टी परित्याग गरी करिब ६४ जनाले माओवादी पार्टी प्रवेश गरेको हो । नवप्रवेशीहरुलाई माओबादी केन्द्र संघीय निर्वाचन क्षेत्र नं १ का इन्चार्ज तथा प्रदेश सदस्य द्रोण पौडेल ९निरज०, अर्का प्रदेश सदस्य सम्झना पाख्रिन ९योद्धा०, त्रियुगा नगर कमिटी इन्चार्ज बिमल किराती, नगर अध्यक्ष गीता खड्का कार्की, उपाध्यक्ष तथा त्रियुगा १६ का वडाध्यक्ष मानहादुर राई र वाईसिएल उदयपुर इन्चार्ज दिपक किरातीले स्वगत गरेका छन् । नेपाली जनताको हितमा एजेन्डा तयार पार्ने पहिलो पार्टीनै माओवादी पार्टी रहेको भन्दै अन्य पार्टीहरुको कुनै आश नरहेको प्रवेशीहरुले जनाएको छ । नवप्रवेशी एमाले नेता भुपध्जव कार्कीले मुलुकमा परिवर्तन गर्ने, विकास र समृद्धि ल्याउने एक मात्र दल नेकपा माओबादी भएको भन्दै अहिलेको परिवर्तनलाई ...
सोलुबाट  बिराटनगर आउँदै गरेको बोलेरो दुर्घटना : ३ प्रहरीको मृत्यु

सोलुबाट बिराटनगर आउँदै गरेको बोलेरो दुर्घटना : ३ प्रहरीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, वैशाख १ गते । ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा सवारी दुर्घटना हुँदा तीन जना प्रहरीको ज्यान गएको छ । भूपेन्द्र कार्की, मनिक राजवंशी र रूपक विष्टको सवारी दुर्घटनामा ज्यान गएको हो । बुधवार सोलुखुम्बुबाट बिराटनगर आउँदै गरेको बा. १७ च १०९४ नम्बरको बोलेरो दुर्घटना भएको थियो । प्रहरीका अनुसार बोलेरो १५० मिटर तल खसेको थियो । बोलेरोमा सवार प्रहरी हवल्दार कार्की र प्रहरी जवान राजवंशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी जवान विष्टको भने उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौँमा ज्यान गएको हो ।...
स्नायु चिकित्सक सम्मानित

स्नायु चिकित्सक सम्मानित

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाण्डौँ, बैशाख १ उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्नायु चिकित्सकमा सुरज थुलुङ, पकज नेपाल, निलम खड्का, राजेशमान जोशी, अजित श्रेष्ठ, गुणराज पौडेल, विदुर केसी, निकुञ्ज योगी, प्रत्युस श्रेष्ठ, सुमन रिजाल, विवेक वैद्य, श्यामबाबु पटेल, शिखर श्रेष्ठ, सागर कोइराला, सुरेश विश्वकर्मा, विभूषण श्रेष्ठ हुनुहुन्छ । उहाँहरुले सो संस्थामा विभिन्न समयमा एमसीएच अध्ययन तथा एफसिपीएच तालिम लिनुभएको थियो । वरिष्ठ स्नायु चिकित्सक प्रा डा दिनेशनाथ गङगोंल र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले संयुक्तरूपमा ती चिकित्सकहरूलाई दोसल्ला ओढाइ सम...