Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुल्यो

Breaking News 1, पर्यटन, समाचार
काठमाण्डौँ, चैत २६ सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो । सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपीसीसी०का अनुसार छ आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन् । दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्याहाँसम्म जान अनुमति दिइएको एसपीसीसीका उपाअध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । एसपीसीसीले अनुमति दिएपछि मात्रै आरोहणी तथा आरोहण व्यवसायी दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गरिने भएको छ । यस पटक आधार शिविरदेखि दोस्रो शिविरसम्म १५ ...
बाघले बेपत्ता बनाएको वृद्धको शव फेला

बाघले बेपत्ता बनाएको वृद्धको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः२० बजे भेटिएको हो । (रासस)...
टिपर दुर्घटनामा परी सहचालकको मृत्यु

टिपर दुर्घटनामा परी सहचालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ काठमाडौँको नाङ्गेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटा रहेका छन् । शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा गएराति बा४ख ६३७९ नं को टिपर  सडकबाट करिब १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको  मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)...
वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

वनमा घाँस काट्न गएका वृद्धलाई बाघले बेपत्ता बनायो

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २६ बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिनुभयो । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । (रासस)...
हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत २६ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताउनुभएको छ । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उहाँले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गर्नुुभएको हो । यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।” खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गर्नुभएको हो । प्रतियोगिता संय...
महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

महिलाहरुलाई चुनाव लड्न आर्थिक तगारो

Breaking News 1, राजनीति, समाचार
काठमाण्डौँ, चैत्र २६ स्थानीय तहको चुनाव नजिकिदै गर्दा विगतमा जनप्रतिनिधि बनेका बढी महिला नै मुख्य पदको आकांक्षी बनेका छन् । तर निर्वाचन खर्चिलो हुने डरले उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा अझै अन्योल देखिन्छ ।पालिकामा उपप्रमुख पदको जिम्मेवारी सम्हालिरहेका महिलाहरु प्रमुख पदका आकांक्षी बनेका छन् भने वडासदस्यहरु“टिकट पाए वडाध्यक्ष जित्छु र चलाउन पनि सक्छु भन्ने हिम्मत छ तर चुनावमा खर्च गर्ने पैसा छैन”, विर्तामोड नगरपालिका ६ की सदस्य यामुना आचार्य भन्नुहुन्छ, “रु २५ लाख खर्च लाग्छ वडाध्यक्षको चुनाव लड्न भन्छन् । घर बेची चुनावी खर्च गरेर रुखको फेदमा त बस्न सकिदैन ।” महिलालाई आर्थिक अधिकार नहुँदा चुनावमा उम्मेदवारी दिन समस्या भएको उहाँ बताउनुहुन्छ । वडा नम्बर ५ की सदस्य पवित्रा कोइराला ढुङ्गाना पनि आफ्नो वडाध्यक्ष पदकाका लागि जिकिर भए पनि पैसाका कारण समस्या भइरहेको बताउनुहुन्छ । विगतमा ज...
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलमा राजविराज र जनकपुर, फाइनल खेल शनिबार

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २५ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगरमा जारी प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै राजविराज नगरपालिका र जनकपुर उपमहानगरपालिका फाइनलमा प्रवेश गरेको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज (शुक्रबार) भएको पहिलो सेमिफाइनल खेलमा राजविराजले आयोजक विराटनगर महानगरपालिका र जनकपुरले विरगञ्जले महानगरपालिलाई पराजित गरेको हो । पहिलो खेलमा सप्तरीको राजविराजले विराटनगरलाई ४६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३७ रनको विशाल स्कोर खडा गरेको थियो । राजविराजकालागि अमित यादवले २७ रन बनाउँदा विकाश दासले ११ बलमा २ छक्का र २ चौका प्रहार गरि २४ रनमा अविजित रहे । त्यस्तै रोहन विकले २० रन बनाए । विराटनगरका दिपेश कँडेलले २ विकेट लिँदा मुकुन्द...
सरकारद्वारा पत्रकार पोखरेललाई गोरखापत्र संस्थान सदस्यमा मनोनित

सरकारद्वारा पत्रकार पोखरेललाई गोरखापत्र संस्थान सदस्यमा मनोनित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २५ । लामो समयदेखि सक्रिय पत्रकारितामा रहनु भएको सुनसरीको अपत्रकार सचिन पोखरेललाई नेपाल सरकार, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयबाट गोरखापत्र संस्थानको सञ्चालक सदस्यमा मनोनयन गरेको छ । सरकारको चैत २२ गतेको मन्त्रीस्तरको बैंठकले पत्रकार पोखरेललाई संस्थानको सञ्चालक सदस्यमा मनोनयन गरेको हो । गोरखापत्र संस्थानले नेपाली पत्रिकारिताको इतिहास बोकेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिका, द राईजिङ नेपाल, युवा मञ्च, मधुपर्क, मुना लगायत प्रकाशन गर्दछ । गोरखापत्रको १ नं. प्रदेश इन्चार्जसमेत रहनु भएको पोखरेलले सरकारले संस्थान सञ्चालक सदस्यमा गरेको मनोनयनले थप जिम्मेवार बनाएको बताउनुभयो । उहाँ नेपालको सर्बश्रेष्ठ न्यूज च्यानल एभिन्यूज खबरकोसमेत १ नं. ब्यूरो इन्चार्ज हुनुहुन्छ ।...
निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने

निर्वाचन आचारसंहिताबारे स्पष्ट गरिने

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, चैत २५ गते । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ । आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । रासस...
लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २५ सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा घर भई हाल धरान–१३ मा कोठा लिई बस्ने गरेका ५० बर्षीय काले बहादुर तामाङ, २० बर्षीय अभिषेक खड्का ,२१ बर्षीय मौषम नेपाली, ३९ बर्षीया मुना तामाङ रहेका छन् । बिशेष सुचनाका आधारमा हिजो राती पौने १२ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा निजहरुको साथबाट २ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।...