बुटवलका सामुदायिक विद्यालयको गुणस्तरीय छलाङ
काठमाण्डौँ, चैत २५
केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ ।
पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक विद्यालयलाई विद्यार्थी थेग्न गाह्रो भइरहेको छ । सजिलै भर्ना हुने अवस्था नभएपछि नेताको भनसुन गराएर समेत बालबालिका भर्ना गराउन अभिभावक विद्यालय पुग्छन् ।
समुदायले हेर्ने दृष्टिकोण बदल्न सामुदायिक विद्यालयले जोडतोडले मेहनत गरे, तीनै तहका सरकारले शिक्षामा लगानी गरे । बुटवलका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न बुटवल उपमहानगरपालिकाले विशेष लगानी ग¥यो र योजना बुन्यो । नयाँ संरचना निर्माण र विज्ञान प्रयोशाला निर्माणले ...









