Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

Breaking News 2, समाचार
काठमाडौँ, चैत २३ गते । जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५ वर्षीय राजकुमार यादव, ३० वर्षीय काशिन्द्र यादव, ५५ वर्षीय रामचन्द्र यादव, ४२ वर्षीय सकलदेव यादव र ४१ वर्षीय जितेन्द्र साहलाई कैद र जरिवानाको सजाय फैसला सुनाएको हो । जिल्ला अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार अदालतले आरोपितलाई जनही पाँच महिना कैद र रु पाँच हजार जरिवाना तथा पीडितलाई रु ५०÷५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । सोही ठाउँका ४२ वर्षीय लिलाधर दास तत्मा र उनकी श्रीमती ३५ वर्षीया दुखनीदेबी दास तत्मालाई २०७४ असार १३ गते साँझ ग्राम डिहवार थान मन्दिरमा असारी पूजा गर्न गएका बेला आरोपितले तल्लो जातको भनेर कुटपिट गरेको भन्दै पीडितले सोही दिन इलाका प्रहरी कार्यालय बोदे बर्साइन र असार १४ गते ज...
प्रतिष्ठानको दुई वर्षको कार्य विवरण सार्वजनिक

प्रतिष्ठानको दुई वर्षको कार्य विवरण सार्वजनिक

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २३ गते । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि दुई वर्षमा गरेका कामको विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त हुनुभएका गिरीले यो अवधि प्रतिष्ठानमा भएाका उपलब्धिपूर्ण काम सार्वजनिक गर्नुभएको हो । प्रदेश नं १ कै सबैभन्दा ठूलो अस्पताल र मेडिकल कलेजसमेत रहेको प्रतिष्ठानले राजनीतिक खिचातानी र कोभिड महामारीका बाबजुद पनि यो अवधिमा निकै ठूलो उपलब्धि हासिल गरेको डा गिरीले बताउनुभयो । प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासनसमेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको जनाएको छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको भनाइ छ । अस्पताल सेवातर्फ कोभिड–१९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको जनाइएको ...
उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

उदयपुरमा १ लाख १४ हजार बालवालिकालाई शुत्रबार देखी टाईफाई विरुद्धको खोप लगाईने

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २३ नेपाल सरकारको नियमित खोप अन्तरगत टाईफाई विरुद्धको खोप अभियान चैत्र २५ गते बाट देशैभर संञ्चालन गरिने भएको छ । देशभर रहेका ७ ओटै प्रदेशहरुमा यो खोप लगाईने छ । यसै क्रममा उदयपुरमा पनि १ लाख १४ हजार बालबालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । कार्यालयका प्रमुख वृज कुमार दासका अनुसार उदयपुरमा १५ महिना देखी १५ बर्ष सम्मका बालवालिकाहरुलाई टाईफाई विरुद्धको खोप लगाईने जनाएको छ । खोप जिल्लामा पहिलो र दोस्रो चरण गरी लगाईने प्रमुख दासले जनाए । पहिलो चरण २५ गते देखी ३० गते सम्म त्रियुगा, चौदण्डीगढी, बेलका, रौतामाई र लिम्चुङमा खोप अभियान संञ्चालन गरिने जनाईएको छ भने दोस्रो चरणमा बैशाख ४ बाट कटारी, ताप्ली र उदयपुरगढीमा खोप संञ्चालन गरिने प्रमुख दासले जनाएको छ । दासका अनुसार खोपका लागि आवश्यक स्रोत साधनहरु सबै उपलब्ध भैसकेको र यसको तयारी भव्...
आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

आर्थिक अभावले उपचार गर्न नसकेपछि सात वर्षदेखि खोरमा

Breaking News 3, समाचार
काठमाडौँ, चैत २३ गते । भोजपुरमा एक परिवारले आफ्नै सन्तानलाई काठको खोरमा राखेका छन् । भोजपुरको साल्पासिछो गाउँपालिका–२ का ३३ वर्षीय डेगराज चौहानलाई विगत सात वर्षदेखि र ३७ वर्षीय डम्वर चौहानलाई दुई वर्षदेखि घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरुको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको छ । आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताउनुभयो । छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको उहाँको भनाइ छ । छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था छ ।” अभावको पिल्सिएका चौहान परिवार यतिबेला सहयोगको अपेक्षामा छन् । “आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोराहरुमा मानसिक रोग छ...
बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा टिपर चालकको मृत्यु

बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा टिपर चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २३ गते । झापामा बिजुलीको हाइटेन्ट तारबाट करेन्ट लाग्दा एक जना टिपर चालकको ज्यान गएको छ । धनुषा हल्दिवारी गाउँपालिका– ५ का विकास तामाङको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टिपरबाट निर्माण सामाग्री झार्ने क्रममा सडक किनारमा रहेको हाइटेन्सन बिजुलीको तारमा ठोक्किँदा उनी बेहोस भएका थिए । तामाङलाई बिएण्डसी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनी कञ्चन निर्माण सेवा कम्पनीको बा १ प–७७४७ नम्बर टिपर चालक थिए ।...
उदयपुर किशोरी हत्याकाण्ड : दोषी पत्ता लगाई कडा कारवाहीको माग गर्दै रामपुर बजारमा प्रदर्शन

उदयपुर किशोरी हत्याकाण्ड : दोषी पत्ता लगाई कडा कारवाहीको माग गर्दै रामपुर बजारमा प्रदर्शन

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २३ गते । किशोरीको हत्यारालाई सार्बजनिक गर्न माग गर्दै स्थानीयले उदयपुरको रामपुर बजार क्षेत्रमा आज प्रदर्शन गरेका छन् । घटनाको २४ घण्टा वितिसक्दा पनि प्रहरीले अपराधी सार्बजनिक नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । बेनपा–६ किराँत चौककी १६ वर्षीया किशोरी कविता सुनुवारको हिजो विहान ट्युसन पढ्न जाने क्रममा विहान हत्या भएको थियो । शरीरमा चोटपटक तथा टाउकोमा गम्भिर चोट रहेको अवस्थामा उनको लास फेला परेको थियो । टाउकोमा ढुङ्गा र वियरको बोतल प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ । पिडित परिवार, आफन्तजन र स्थानीयहरुले बेलकाको बुद्धचौक, किराँतचौक, नगरपालिका चौक लगायतका ठाउँहरुमा चक्काजामसहित प्रदर्शन गरेका छन् । घटना लगत्तै हत्यामा संलग्नको आशंकामा बेनपा–३ बस्ने १९ वर्षीय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षीया सरिता ढकाल (खत्री) लाई प्रहरीले पक्राउ गरेको छ । मृतकको परिवार...
घुस रकमसहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ

घुस रकमसहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २३ गते । एक लाख रुपौयाँ घुस रकमसहित मालपोतका सर्भेक्षक र अमिन पक्राउ परेका छन् । नापी कार्यालय चाबहिलको १ नं. नापी टोली, बूढानीलण्ठमा कार्यारत सर्भेक्षक बिनोद के.सी. र अमिन प्रकाशराज भट्ट पक्राउ परेका हुन् । सर्भेक्षक के.सी. र अमिन भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका परेको थियो । सो निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिइ गएको टोलीले उनीहरुलाई सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ गरिरहेको अख्तियारले जनाएको छ । उनीहरुलाई ललितपुर महानगरपालिका –५, लगनखेल, महालक्ष्मी मार्गबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।...
नोबेलमा कार्यरत डा.यादवको हत्या भएको आशंका : ३ दिनभित्र दोषीलाई कारवाही गर्न माग गर्दै सप्तरीमा प्रदर्शन

नोबेलमा कार्यरत डा.यादवको हत्या भएको आशंका : ३ दिनभित्र दोषीलाई कारवाही गर्न माग गर्दै सप्तरीमा प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २३ गते । बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा. विजय यादवको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै सप्तरीमा विरोध प्रदर्शन भएको छ । मृतक डा. यादवका आफन्त तथा जिल्लाबासीले सदमुकाम राजविराजमा प्रदर्शन गरका छन् । प्रदर्शनका क्रममा ‘हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कार्वाही गर, घटनाको सम्बन्धमा न्यायीक छानविन गर, हत्यारलाई संरक्षण गर्न पाइदैन, गुन्डागर्दी बन्द गर, नोबेल अस्पताल मुर्दावाद, गृहमन्त्री मृर्दावाद लगायतका नारा लगाएका थिए । बिरोध प्रदर्शनपछि मृतकका आफन्तले सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत मोरङका प्रमुख जिल्ला अधिकारीलाई हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै ज्ञापन पत्र पठाएका छन् । सप्तरीको विष्णुपुर गाउँपालका– १ खुरुहुरिया घर भई विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत डा. विजय १८ चैतको राति आफ्नै डेराबाहिर मृत अवस्थामा फेला परेका थिए...
झाँक्री पार्क प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

झाँक्री पार्क प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईद्धारा उद्घाटन

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत २३ धनकुटाको महालक्ष्मी नगरपालिकाले निर्माण गरेको बन झाँक्री पार्क उद्घाटन गरिएको छ । महालक्ष्मी–६ र ७ नम्बर वडामा बनाइएको पार्कको आइतवार एक कार्यक्रमकाबीच औपचारिक उद्घाटन गरिएको हो ।प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले बन झाँक्रीको स्तम्भलाई ओढाइएको पर्दा उघारेर पार्क उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व मुख्यमन्त्री राईले महालक्ष्मीको पर्यटन प्रवद्र्धनका लागि पार्कले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । राईले बहुबर्षीय परियोजनाबाट पार्क बनेको भन्दै अब यसले पर्यटकहरुलाई आकर्षित गर्ने धारणा राखे । महालक्ष्मी नगरपालिकाका नगरप्रमुख पर्शुराम नेपालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद इन्द्रमणी पराजुली, जिल्ला समन्वय सिमितिका प्रमुख टंकबहादुर चुवान, प्रमुख जिल्ला अधिकारी युवराज कटेल, पूर्व प्रतिनिधिको तर्फबाट अग्नीप्रशाद पौडेल, महालक्ष्मीका उप–प्रमुख म...
प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत २३ विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता मंगलबारदेखि विराटनगरमा शुरु भएको छ । विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा मंगलबार भएको खेलमा विराटनगर र राजविराज विजयी भएका छन् ।बुधबारको पहिलो खेलमा आयोजक विराटनगरले झापाको मेची नगरपालिकालाई ३६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको सामान्य योगफल खडा गरेको थियो । विराटनगरकालागि सर्वाधिक लव कामत ५७ रनमा अविजित रहे । उनले ५६ बलमा ४ चौका प्रहार गरे । त्यस्तै साकिव हकले १७ रन बनाउँदा मिनस थापाले १५ रन जोडे । झापाका प्रेम सिंह र विशाल आर्चायले २–२ विकेट लिँदा सुमिरन राई र विराज डाँगीले १–१ विकेट लिए ।१ सय २३ रनको सामान्य लक्ष पाएको झापाले १७ दशमलव ४ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित ...