Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन ः अध्यक्ष बालकृष्ण बस्नेत

कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई छैन ः अध्यक्ष बालकृष्ण बस्नेत

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २३ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताउनुभएको छ । सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताउनुभयो । अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गर्नुभयो । “हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।” पे्रस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूम...
कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन

कङ्गोमा घाइते नेपाली शान्ति सैनिकको निधन

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत २३ संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । ‘अप्रेसन बाली’ का क्रममा मङ्गलबार घाइते हुनुभएका सुर्खेत घर भएका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिनुभयो । प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते हुनुभएको थियो । घाइते गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिवका सहायक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै दिवंगत नेपाली सैनिकप्रति श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । शान्ति सैनिकमाथि गरिएक...
साथीबाटै किशोरीको ह*त्या भएको रहस्या बाहिरियो : उदयपुर किशोरी ह*त्याकाण्ड

साथीबाटै किशोरीको ह*त्या भएको रहस्या बाहिरियो : उदयपुर किशोरी ह*त्याकाण्ड

Breaking News 1, समाचार
https://youtu.be/jIEN_bbIG8w पूर्णपुष्टि, चैत्र २२ । उदयपुरमा मङ्गलबार ह*त्या भएकी किशोरी आफ्नै साथीबाट हत्या भएको रहस्या बाहिरिएको छ । प्रतिशोधका कारण संगै पढ्ने साथीले ह*त्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानबाट यस्तो रहस्या बाहिरिएको हो । बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारलाई संगै पढ्ने साथी बेलका नपा ३ की १७ वर्षिया सरिता ढकाल (खत्री) र उनको दाजु पर्ने काकाको छोरो १९ वर्षिय विनोढ ढकालले ह*त्या गरेको प्रारम्भिक अनुसन्धानबाट आशंका गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरिषक तेजप्रसाद दाहालले जानकारी दिनुभयो । संगै पढ्ने साथी–साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उहाँले बताउनुभयो । सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्ने उहाँको भनाई छ । घटनापछि प्रहरीले संकास्पद देखिए...
माओवादी केन्द्रको त्रियुगा नगर विस्तारित बैंठक सम्पन्न

माओवादी केन्द्रको त्रियुगा नगर विस्तारित बैंठक सम्पन्न

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २२ । नेकपा माओवादी केन्द्रको त्रियुगा नगर कमिटिको विस्तारित बैंठक आज सम्पन्न भयो । गाइघाटस्थित टाउन हल होटलमा सम्पन्न बैंठकमा पालिकाको १६ वटै वडाका वडा कमिटिहरुले पार्टीको वस्तुस्थिति र स्थानीय चुनावी अवस्था बारे रिपोटिङ गरेका थिए । संघीय सांसद एवम् केन्द्रिय नेता सुरेशकुमार राईको प्रमुख आतिथ्यमा भएको बैंठकले वडा कमिटिहरुलाई स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशनात्मक निर्णय गरेको जनाइएको छ । माओवादी केन्द्रीय सदस्य मणी खम्बु, वाईसिएल इन्चार्ज दिपक किराँतीसमेतको आतिथ्य रहेको बैंठकमा चुनाव केन्द्रीत छलफल, बहस भयो । प्रमुख अतिथि नेता राईले गठबन्धन गर्ने पार्टीको निर्णय बमोजिम लाग्न निर्देशन दिएका छन् । नगर अध्यक्ष गिता खड्का कार्कीको अध्यक्षतामा बैंठक भएको थियो ।...
नेपामा पहिलो पटक शुक्रबारदेखि टाइफाइड विरुद्धको खोप लगाइने

नेपामा पहिलो पटक शुक्रबारदेखि टाइफाइड विरुद्धको खोप लगाइने

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २२ गते । नेपालमा पहिलो पटक अशुक्रबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) लगाईने छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म (२४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ । सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । परिवार कल्याण महाशाखाका अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाइड...
पढाईमा ट्यालेन्ट कविता बिरामीका कारण २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन्

पढाईमा ट्यालेन्ट कविता बिरामीका कारण २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ कविता इमान्दारी, मेहनती र राम्रो पढाई भएको विद्यार्थी थिईन् । उनि पढाई प्रति निकै लगनशिल र संघर्ष गर्ने विद्यार्थी थिईन् । विरामीका कारणले यस बिचमा विद्यालय आउन नसकेको बुझिएको कविता २० दिन पछि ट्युसन जाँदै गर्दा बाटैमा मारिइन् । उनि विद्यालय पुग्न नपाउँदै क्रुर हत्या गरी मारिन बाध्य भईन् । यो भनाई विद्यालयका प्रधानाध्यापक सुर्यनारायण शाहको हो । कोसी जनता माध्यमिक विद्यालयमा कविता १० कक्षामा पढ्थिन्। ‘साथीले फोन गरेपछि उनी घरबाट निस्केकी थिइन्,’ ती साथीको बयान उद्धृत गर्दै प्रधानाध्यापक साह भन्छन् । साथी पनि उनीसँगै हिँडेको बुझिएको साह बताउँछन्। तर, साथी शंकास्पद तरिकाले घर फर्किइन् । उनको साथमा कोही छोरा मान्छे थिए । कविता घरबाट पैदल निस्केकी थिइन् । उनी प्राय पैदल नै विद्यालय जाने गर्थिन् । साहका अनुसार बेलका नगरपालिकाले स्कुलमा अतिरिक्त कक्षा सञ्चालन गरेको छ।...
कविताको हत्या आशंकामा पक्राउ गरिएका दुइ व्यक्तिको नाम प्रहरीले सार्वजानिक गर्यो

कविताको हत्या आशंकामा पक्राउ गरिएका दुइ व्यक्तिको नाम प्रहरीले सार्वजानिक गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ कविता सुनुवारको हत्या आसंकामा सोधपुछका लागि पक्राउ गरिएको दुई व्यक्तिको नाम प्रहरीले सार्वजानिक गरेको छ । बेलका नगरपालिका ३ किराँत चोककी कृष्ण सुनुवारका १५ बर्षिय छोरी कविता सुनुवारको मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी बेला संकास्पद शव फेला परेपछि प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा सोधपुछका लागि पक्राउ परेका एक महिला र एक पुरुषको नाम जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजानिक गरेको हो । पक्राउ पर्नेहरुमा भारत ईन्डिया० सिक्किम राज्य बियुङ घरभई जिल्ला बेलका न.पा ३ स्थित जित बहादुर ढकाल (खत्री) को घरमा बस्दै आएको १९ बर्षिय बिनोद ढकाल र बेलका न.पा. ३ बस्ने जित बहादुर ढकाल (खत्री) को छोरी १७ बर्षिया सरिता ढकाल (खत्री) रहेकी छिन् । उनिहरुलाई रामपुर बाट गाईघाट ल्याएर नाम सार्वजानिक गरिएको हो ।...
 कविताको शव पोष्टमार्टमका लागि धरान पठाईयो

 कविताको शव पोष्टमार्टमका लागि धरान पठाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ ट्युसन जाने क्रममा संकास्पद मृत फेला परेको कविताको शव पोष्टमार्टमका लागि धरान पठाईएको छ । घटना स्थलको मुचुल्का उठाएर मृतक कविताको शव धरान स्थित विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । १५ बर्षिय मृतक कविता स्थानीय विद्यालयमै कक्षा १० मा अध्यानरत थिईन् । उनि बिहान ५ बजे ट्युसन पढ्न भनी घरबाट निस्केकी थिईन् । पछि घर देखी करिब २ किलो मिटर पर खोलामा स्थानीयले उनको शव घोप्टो परेको अवस्थामा फेला पारेका थिए । स्थानीयले शव फेला पारेको भन्दै प्रहरीलाई खवर गरेपछि प्रहरीले घटना स्थल पुगेर मुचुल्का तयार पारेको छ । एसइइका लागि निरन्तर ट्युसन पढ्दै गरेकी कविताको शव मंगलबार विहान फेला परेका थिए ।...
कमसल सडक अनुगमनकै क्रममा भत्काइए

कमसल सडक अनुगमनकै क्रममा भत्काइए

Breaking News 3, समाचार
झापा, चैत २२ गते । बिर्तामोड नगरपालिका क्षेत्रभित्र बनाइएका कतिपय सडक मापदण्डविपरीत बनेका हुँदा अनुगमनका क्रममै भत्काउनुपरेको अनुभव सुनाउनुहुन्छ नगरकी उपप्रमुख पवित्रा महतरा । उहाँले प्राविधिकहरूको कमजोरी र ठेकेदारको लापरवाहीका कारण तोकिएको मापदण्डभन्दा कमसल कालोपत्र सडक बनेकाले भत्काएर पुनः निर्माण गराएको बताउनुभयो । एक महिनाअघि मात्र वडा नं ८ को प्रगतिनगर शङ्करवाडी टोल जाने निर्माणाधीन कालोपत्र सडक अनुगमनमा पालिकाको इञ्जीनियर, प्राविधिकसहित पुग्नुभएकी उहाँले ठेकेदार कम्पनीले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन बनाएको भन्दै भत्काइदिनुभएको थियो । पाँच वर्षको अवधिमा बिर्तामोड नगरपालिका आफैँले ५४ किलोमिटर कालोपत्र सडक, ५८० किलोमिटर मर्मतसहित ग्राभेल, ६५ वटा पुल, बक्स कल्भर्ट, तीनवटा फलामे पुल, १२ किलोमिटर पक्की पुल, ३९८ जनालाई विपन्न आवास ९टिनको छानो० र १३९ जनालाई जनता आवासमार्फत ९टिनक...
१ महिनामा १२७ महिलामाथि हिंसा, २७ बलात्कार

१ महिनामा १२७ महिलामाथि हिंसा, २७ बलात्कार

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २२ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को तथ्याङक अनुसार पछिल्लो एक महिनामा नेपालभर १ सय २७ महिला तथा बालिका हिंसाका सिकार भएका छन् । ओरेकको तथ्याङक अनुसार घरेलु हिंसा, बलात्कार, बलात्कार प्रयास, हत्या, यौन दुव्र्यवहार, सामाजिक हिंसा, मानव बेचविखन जस्ता घटना भएको पाईएको छ । पछिल्लो समयमा बलात्कारको घटना बढ्दो अवस्थामा रहेको तथ्याङक देखाएको छ । महिला तथा बालिकामाथि हुने हिंसा मध्ये २१ प्रतिशत बलात्कार र २ प्रतिशत बलात्कार प्रयास रहेका छन् । जसमध्ये २७ वटा बलात्कार र ३ वटा बतात्कार प्रयास रहेका छन् । त्यस्तै ३ जनाको बलात्कार पछि हत्या भएको तथ्याङकमा उल्लेख छ । हिंसाका घटनाहरु आफ्नै चिनेजानेको व्यक्तिहरुबाट हुने गरेको पाईएको छ । जसमध्ये ४८ प्रतिशत आफन्तबाट र १५ प्रतिशत आफुले आत्मिय मानेका साथीहरुबाट नै हिंसा भएको तथ्याङकले देखाएको छ । बलात्कार भएका मध्ये सबैभन्दा बढी ५...