कविता मृत्यु घटना : अनुसन्धानका लागि दुई जना प्रहरीको नियन्त्रणमा
पूर्णपुष्टि, चैत्र २२
उदयपुरको बेलका नगरपालिका ३ बुद्धचोककी कविताको रहस्यमय घटनामा छानविनको लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । १५ वर्षीया कविता सुनुवारको रहस्यमय मृत्यु प्रकरणमा अनुसन्धान थालेको प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूबारे पूर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई केही बेरअघि नियन्त्रणमा लिइएको जनाए । घटना अनुसन्धानको क्रममा दुईजनालाई नियन्त्रणमा लिएको दाहालले बताए ।...









