अनलाइन गेम बिङ्गो खेल्ने १६ जना पक्राउ
पूर्णपुष्टि, चैत २१ गते ।
अनलाइन गेम बिङ्गो खेलेको आरोपमा काठमाडौंको बौद्धबाट प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्लाटिङस्थित खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।...









