त्रिनपा १६ मा ऐलानी जग्गा नापी सँगै वाडवासीहरुमा खुसी, लालपुर्जा बाँड्न हतारो : मेयर
पूर्णपुष्टि, चैत्र २०
त्रियुगा नगरपालिकाको १६ नं वडामा पनि ऐलानी जग्गा नापी सुरु भएको छ । अव्यवस्थित वसोवासलाई व्यवस्थित बनाउने उदेश्यले नगरको १६ ओटै वडाहरुमा जग्गा नापी तथा लागत संकलन गर्ने अभियान अन्तर्गत १६ नं वडामा पनि नापी सुरु भएको हो ।
आईतबार वडाको साहिखोला स्थित गैरी टोल विद्यालयमा जग्गा नापी कार्यक्रमको उद्घाटन नगर प्रमुख वलदेव चौधरीले गरे । त्रियुगा नगरपालिकाको बिभिन्न वडाहरुमा यसको काम सुरु भैसकेको र आईतबार बाट १६ नं वडामा पनि नापी सुरु भएको वडाअध्यक्ष मान वहादुर राईले जनाए ।
राईले १६ नं वडामा विवाद रहित नापी कार्य तथा लागत संकलनमा सबैलाई सकरात्मक सहभागीका लागि पनि अनुरोध गरे । उनले धेरै आयोगहरुले लालपुर्जाका लागि जनताहरुलाई पटकपटक झुक्याई रहेको अवस्थामा अव स्थानीय सरकारले भने जनताहरुलाई लालपुर्जा प्रत्यक्ष रुपमा बाँडेरै छाड्ने गरी काम सुरु गरेको जनाए । त्रियुगा नगर...









