Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

अबिरल वर्षासंगै परेको चट्याङले लागेर भरिबल खेलाडीको मृत्यु

अबिरल वर्षासंगै परेको चट्याङले लागेर भरिबल खेलाडीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० गते । ताप्लेजुङको सिरिजंघा गाँउपालिका–२ लासा टोलका २३ वर्षीय मुकेश भट्टराईको चट्याङले लागेर ज्यान गएको छ । हिजो राति पौने ९ बजे अबिरल वर्षासंगै परेको चट्याङले लागेर घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
घरबाट हराई बेपत्ता भएकी महिला नदीमा मृत अवस्थमा फेला

घरबाट हराई बेपत्ता भएकी महिला नदीमा मृत अवस्थमा फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० ओखलढुङगा खिजिदेम्बा गाँउपालिका–७ कि ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भएकि थिईन् । परीयारको खोज तलास गर्ने क्रममा हिजो बिहान ११ बजे खिजिदेम्बा–७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घटना सम्बनधमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा चुनावी मोर्चा : केन्द्रमा सहमति नभए पनि जिल्लामा गठबन्धन गरेर मैदानमा उत्रने पाँच दलका नेताहरुको भनाई

उदयपुरमा चुनावी मोर्चा : केन्द्रमा सहमति नभए पनि जिल्लामा गठबन्धन गरेर मैदानमा उत्रने पाँच दलका नेताहरुको भनाई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत २० गते । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि उदयपुर जिल्लाका गठबन्धनमा आबद्ध रहेका पाँच दलका नेताहरुले मोर्चाबन्दी गरेर चुनावी मैदानमा उत्रने निर्णय गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका नेताहरुले शुक्रबार एक बैठक गरी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली काँग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल (दिवस), नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक राममणि पोखरेल, जनता समाजवादीका केन्द्रीय सदस्य खेमनारायण यादव (राहुल) र राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष लिल कुमार राई, प्रदेश सांसद नारायण बुर्जामगर, कैलाश राई सहितको उपस्थितिमा आगामी स्थानीय तहको निर्वाचनमा अधिकतम लचकताका साथ चुनावी तालमेल गर्ने निर्णय ...
पौडी खेल्ने क्रममा पानीमा डुबी बालकको मृत्यु

पौडी खेल्ने क्रममा पानीमा डुबी बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २० झापाको दमक नगरपालिका –२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । हिजो दिउसो साढे २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि खबर पाएपछि इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले मृत अवस्थामा बालक लाई पानीबाट बाहिर निकालेको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...
इटहरीमा भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकासहित ४ जना पक्राउ

इटहरीमा भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकासहित ४ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २० गते । इटहरीमा गत चैत १४ गते भएको बम विष्फोटमा संलग्न मुख्य योजनाकारसहित चार पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–२ का अमिर श्रेष्ठको घरमा डेरा गरी बस्ने लक्ष्मी देवी थापाको कोठामा भएको बिष्फोटमा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय सनसरीले सार्वजनिक गरिएको छ । इटहरी उप महानगरपालिका–२ का श्रेष्ठको घरमा डेरा गरी बस्ने ३२ वर्षीया लक्ष्मी देवी थापा, निजको छोरा १८ वर्षीय रबिन थापा, ढोडेनी गाउँपालिका–७ लम्जुङका २३ बर्षीय शेरजंग गुरुङ र कन्काई नगरपालिका–८ झापाका ४३ वर्षीय संजय भन्ने खगेन्द्र खरेल पक्राउ परेका हुन् । चैत्र १४ गते राती १० बजे लक्ष्मी देवी थापाको कोठामा बम विष्फोटको घटना भएकोमा तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खडका सहितको प्रहरी टोलीले घाईते अवस्थामा फेला परेका रविन थापा र शेरजंग गुरुङलाई उपचारको ...
लिम्चुङबुङकाे सबै वडामा अपाङ्ता परिचयपत्र वितरण गरिदै

लिम्चुङबुङकाे सबै वडामा अपाङ्ता परिचयपत्र वितरण गरिदै

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ । लिम्चुङबुङ गाउँपालिका, महिला तथा बालबालिका  शाखाकाे आयाेजनामा पाँचै वडामा अपाङ्गता परिचयपत्र वितरण थालिएकाे छ । घुम्तिशिविर वडा-वडा मै आयाेजना गरेर वितरण थालिएकाे हाे । गाउँघरमै सेवा पुर्याउने उद्देश्यले चैत १८ गते वडा नं. १ बाँसबाेटेदेखि शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण थालिएकाे पालिकाकाे महिला तथा बालबालिका शाखाले जनाएकाे छ । शिबिर क्रमिकरुपले सबै वडामा राखिनेछ । यसैक्रममा आज वडा नं. २ ताम्लिछामा शिविर सञ्चालन गरि परिचयपत्र वितरण भएकाे छ । त्यहा ३ जनालाई अपाङ्ग परिचयपत्र वितरण भयाे । ताम्लिछाकाे बालाभञ्जयाङ बस्ति स्थित शंकर बि.क. काे घरमै पुगेर  ख बर्गकाे निलाे कार्ड प्रदान गरिएकाे छ ।  पालिकाकी उपाध्यक्ष रमिला राईले समन्वय समिति टाेलीका साथ बि.क. लाई परिचयपत्र प्रदान गर्नुभयाे । यसैगरी चैत २० गते वडा नं. ४ बलम्तामा, चैत २१ गते वडा नं. ५ जाँतेमा र अन्तिमदिन ...
भुतपुर्व ब्रिटिश गोर्खाहरुको संस्था नै माओवादी केन्द्रमा प्रवेश

भुतपुर्व ब्रिटिश गोर्खाहरुको संस्था नै माओवादी केन्द्रमा प्रवेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १९ भुतपुर्व ब्रिटिश गोर्खाहरुको संस्था नै माओवादी केन्द्रमा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा आयोजित कार्यक्रममा कृष्ण कुमार राईको नेतृत्वमा रहेको गोर्खाहरुको समुहको ८१ जना पदाधिकारीसहित माओवादी केन्द्रमा समाहित भएको हो । भुतपुर्व सैनिकहरुको सय भन्दा बढि संख्यामा रहेका भुतपुर्व ब्रिटिशहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार पार्टीमा प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार्यक्रमभन्दा यो विशिष्ट महत्वको रहेको बताउनुभएको छ । प्रचण्डले हिजो आफ्नो रगत पसिना विदेशीको लागि बगाएका गोर्खाहरुको समुह माओवादी केन्द्रमा समाहित हुने कुरालाई नजरअन्दाज गर्न नहुने बताउनुभयो । उहाँले यसले माओवादी केन्द्रले लिएको नीति र उसको व्यवहार सही छ भन्ने पुनःपुष्टि गरेको ब...
घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन

घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १९ घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ । जैविक ९गल्ने० फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम गर्न सकिने भएको छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बानेश्वर काठमाडाँैको सहयोग र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना गरिएको बायोग्यास प्लान्टले यो सम्भावनालाई उजागर गरेको छ । करिब रु २४ करोडभन्दा बढीको लागतमा निर्माण भएको सो ग्यास प्लान्टबाट ग्यास उत्पादन थालिएको हो । सो प्लान्टको शनिबार उद्घाटन गर्दै नगरप्रमुख न...
तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो

तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १९ काठमाडौँ उपत्यकाका इन्धन भर्ने पम्पहरुमा तेल हाल्ने सर्वसाधारणको चाप एक्कासि बढेको छ । घण्टौँ लाइनमा बसेर उनीहरु तेल हाल्न बाध्य भएका छन् । इन्धन अभाव हुने र मूल्य बढ्ने आशङ्काले यसरी तेल हाल्न लाइनमा बसेका सर्वसाधारणले प्रतिक्रिया दिए । इन्धन ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखेर डिपोबाट तेल नउठाएको समाचार सार्वजनिक भएपछि तेल अभाव हुने आशङ्काले एक्कासि लाइन बढेको हो । ढुवानीकर्ताले भाडा समायोजनको माग गरेका जनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले पहिले÷पहिले ग्यास अभाव हुने भयो भन्ने हल्लामा एकै जनाले चार÷पाँचवटा सिलिन्डर जम्मा गरेजस्तै देखिन लागेको उल्लेख गर्दै चाप बढेकाले शान्ति र सुरक्षालाई ध्यानमा राखेर पम्पहरुमा प्रहरी टोली नै खटाउनु परेको जानकारी दिनुभयो । अहिले आवश्यताभन्दा बढी तेल भर्न सर्वसाधारण लाइनमा बसेका छ...
नेपालमा नियमित रुपमा रेल सेवा सुरु हुँदैः स्थानीयवासी खुसीयालीमा

नेपालमा नियमित रुपमा रेल सेवा सुरु हुँदैः स्थानीयवासी खुसीयालीमा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १९ धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्नुभएपछि सो रेल सेवा नियमित रुपमा सुरु हुनेछ । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढवर्षपछि रेल सेवा सञ्चालन हुन लागेको हो । पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आएपनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ । रेल उद्घाटनका लागि जयनगर स्टेशन र जनकपुरधाम स्टेशनलाई सजाइएको छ । दुबै स्टेशनमा भर्चुअल विधिबाट हुने उद्घाटन हेर्न एलसिडी टिभी लगाइएको छ भने टेन्ट पण्डालसहित अन्य सरसजावट गरिएको छ । उद्घाटनका सम्पूर्ण तयारी पूरा भएको नेपाल रेल...