Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, चैत १९ भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच यहाँस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरूबीच बहुआयामिक नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उहाँहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गर्नुभएको थियो । दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका जनताको पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा आपसी हित र साझा चासोका विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारे विचारविमर्श गर्नुभएको थियो । नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो मैत्री र सहयोगको विशेष सम्बन्धलाई थप प्रगाढ एवं सुमधुर बनाउने नवीकृत अवसरका रुपमा दुई देशका प्रधानमन्त्रीको यो भेटवार्तालाई लिइएको छ । बहुपक्षीय सहयोग र साझेदा...
पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो ः बाइडेन

पुटिनका कारण विश्वभरि मूल्यवृद्धि भयो ः बाइडेन

Breaking News 1, समाचार, संसार
काठमाण्डौँ, चैत १९ अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभरि मूल्य वृद्धि भएको आरोप लगाउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि तेल र ग्यासको मूल्य बढेपछि अन्य क्षेत्रमा पनि मूल्य वृद्धि भएको उहाँको भनाई छ । विश्वभरि अहिले मूल्य वृद्धि भएको र कतिपय देशमा उर्जा, खाद्यान्नलगायतको अभाव समेत भएको उल्लेख गर्दै उहाँले त्यसको दोषी पुटिन नै भएको दावी गर्नुभयो । शुक्रबार उहाँले भन्नुभयो, “रुसले युक्रेनमाथि आक्रमण गरेको आज ३८ दिन भइसक्यो, आक्रमणको असर दिन प्रति दिन विश्वभरि फैलिँदै र थप गहिरो पर्दै गएको छ, रुसको आक्रमणले युक्रेनमा मात्र नभइ विश्वभरि नै हानी गरेको छ ।” उहाँले मूल्यवृद्धि घटाउन पनि पुटिनले भूमिका खेल्नु पर्नेमा जोड दिदै मूल्य नघटेमा त्यसको दोषी पुटिन नै हुने टिप्पणी गर्नुभयो । “यो मूल्यवृद्धि अझै कहाँसम्म पुग्ने हो भन्ने कुरा अन...
ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

ढुङ्गाखानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १९ धुनिबेँसी नगरपालिका वडा न १ स्थित जयसिद्धी रोडा ढुङ्गा उद्योग प्रालिले सञ्चालन गरेको ढुङ्गा खानीमा पहिरो खस्दा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीमा काम गर्ने मजदुर शैलेश भन्ने शिरीष तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयोे छ । उक्त घटनापछि खानीको काम रोकिएको छ भने प्रहरी टोली घटनास्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । (रासस)...
बोलेरोको ठक्करबाट एकको मृत्यु, एक जना घाईते

बोलेरोको ठक्करबाट एकको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १९ झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन् । उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो । घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार भएका र बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । (रासस)...
प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाद्वारा महात्मा गान्धीप्रति श्रद्धाञ्जलि

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १९ भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जानुभई उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । सो अवसरमा उहाँले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गर्नुभएको थियो । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा अहिंसात्मक आन्दोलनका प्रणेता गान्धीको ‘भारत छोडो’ अभियान तथा उहाँको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै हस्ताक्षर पनि गर्नुभयो । प्रधानमन्त्रीका साथमा प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादव, मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानबहादुर देउवा, परराष्ट्र सचिव भरतराज पौड्यालगायत महात्म...
दुर्गम गाउँपालिकामा बजार अनुगमन

दुर्गम गाउँपालिकामा बजार अनुगमन

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १९ सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गर्नुभएको छ । उहाँ नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे हो ।उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । अनुगमनका क्रममा म्याद नाघेका मिठाई, गुँद पाप्पड, जुस, सुपारी, सुजी मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको थियो । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री गर्ने हुँदा नष्ट गर्नु परेको उहाँले बताउनुभयो । यसअघि बजार अनुगमन सदरमुकाम खलङ्गा केन्द्रित मात्रै हुने गरेको थियो । नयाँ वर्षको बेला गाउँमा झन् अखाद्य वस्तु ढुवानी हुने हुँदा अपी हिमाल ...
कैलालीको पद्मा अस्पतालमा बिरामीको मृत्यु पछि तोडफोड, अत्तरियामा तनाव

कैलालीको पद्मा अस्पतालमा बिरामीको मृत्यु पछि तोडफोड, अत्तरियामा तनाव

Breaking News 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत १९ कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोसित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुप¥र्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।” तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ । सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा आज बिहान मृत्यु भएपछि बिरामीका ...
सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

सामुदायिक विद्यालय सुधारमा व्यवस्थापन समिति अग्रसर

Breaking News 1, शिक्षा, समाचार
काठमाण्डौँ, चैत १९ के गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने ? शिक्षा क्षेत्रमा नियमित उत्पन्न भइरहने यो प्रश्नमा सम्बन्धित विद्यालयका अभिभावक घोत्लिने हो भने समाधानका उपाय निस्कँदै जान्छन् । जसरी बालबालिकाको पहिलो पाठशाला घर मानिन्छ, त्यसैगरी विद्यालय सुधार वा रेखदेखको पहिलो जिम्मेवारी पनि अभिभावककै रहन्छ । संविधानतः स्थानीय तहको मातहतमा रहेका सामुदायिक विद्यालयलाई नियमित र नीतिगत नेतृत्व गर्ने काम विद्यालय व्यवस्थापन समितिले गर्छ । स्थानीय तहकै मार्गदर्शनमा गठन, पुनःगठन हुने व्यवस्थापन समितिमा स्वयंसेवीरुपमा ‘केही गरौँ’ भन्ने भावना बोकेका व्यवस्थापकीय दक्षता भएका अभिभावकले नेतृत्व गरेमा सामुदायिक विद्यालय सुध्रन गाह्रो नहुने उदाहरण काभ्रेको पनौती नगरपालिकामा पनि देख्न सकिन्छ । कुनै बेला बन्दको अवस्थामा पुगेको धनेश्वर माध्यमिक विद्यालय अहिले उल्लेख्य विद्यार्थी सङ्ख्यासहित...
ताप्लीको १ नं वडामा एमाले टोल कमिटीलाई सपथ सँगै पार्टी प्रवेश कार्यक्रम

ताप्लीको १ नं वडामा एमाले टोल कमिटीलाई सपथ सँगै पार्टी प्रवेश कार्यक्रम

Breaking News Video
पूर्णपुष्टि, चैत्र १८ ताप्ली गाउँपालिकामा एमालेका टोल कमिटीलाई सपथ ग्रहण गराईएको छ । सपथ सँगै अन्य पार्टी परित्याग गरि आएकाहरुलाई समेत पार्टी प्रवेश गराईएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले १ नं वडा कमिटीको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम नेकपा एमाले टोल कमिटीमा रहेको युवाहरुलाई लक्षित गर्दै आयोजना गरिएको राष्ट्रिय युवा संघ जिल्ला कमिटी सदस्य तथा ताप्ली इन्चार्ज समिप राईले जनाए । उनले यस कार्यक्रमले नजिकदै गरेको स्थानीय चुनावलाई सहयोग पुराउनुका साथै युवाहरुको भुमिकालाई मजवुद बनाउने जनाए । सपथ कार्यक्रम सँगै कांग्रेस पार्टी परित्याग गरी एमालेमा आएका श्रीमान राई र डिग बहादुर मगरलाई पार्टी प्रवेश समेत गराईएको इन्चार्ज राईले जनाए । नवप्रवेशी दुवैजनालाई प्रदेश कमिटी सदस्य राजन शाही र जिल्ला कमिटी सचिवालय सदस्य तथा ताप्ली इन्चार्ज बावुराम राई लगायतका नेता...
मोतिगडाको स्ट्याण्डर्ड भिजन बोर्डिङमा निशुल्क दन्त सिविर, अधिकांश विद्यार्थीमा दन्त समस्या

मोतिगडाको स्ट्याण्डर्ड भिजन बोर्डिङमा निशुल्क दन्त सिविर, अधिकांश विद्यार्थीमा दन्त समस्या

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र १८ त्रियुगा नगरपालिका ३ मोतिगडाका एक वोर्डिङ स्कुलले विद्यार्थी र अविभावको लागि निशुल्क दन्त सिविरको अयोजना गरेको छ । स्ट्याण्डर्ड भिजन बोर्डिङ स्कुललको आयोजना तथा गाईघाट स्थित सेतो पुल छेउमा रहेको बिषहारा मल्टिस्पेशालीटी डेन्टल क्लिनिको समन्वयमा एक दिने निशुल्क सिविरको आयोजना गरिएको हो । बोर्डिङ संञ्चालक समितिका अध्यक्ष नवराज सिंह ठकुरीले बोर्डिङमा रहेको साना वालवालिकाहरुलाई बिषेश ध्यान पुराएर सिविरको आयोजना गरेको जनाए । ठकुरीले बालवालिका सहित अविभावको समेत दत्त परिक्षण गरिएको जनाए । बिषहरा मल्टिस्पेशालीटी क्लिनिकका डा. नारायण चौधरीले उक्त सिविरमा विद्यार्थी तथा अविभावको दन्त परिक्षण गरेको छ । डा. चौधरीका अनुसार सिविरमा १४६ जना वालवालिका विद्यार्थी र १५ जना अबिभावकहरुले दन्त परिक्षण गरेको जनाएको छ । चौधरीले सिविरमा सामान्य मुखको परिक्षण गर्दा मात्रै पनि दाँतक...