दुर्गम कुईनेखानी गाउँमा सडक पुग्यो
काठमाण्डौँ, चैत २४
रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो ।
थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु ५० लाख र गाउँपालिकाको रु ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।
स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । “सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ”, छन्त्यालले भन्नुभयो । सडक स्तरोन्नतिपछि...









