Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरका एक युवकले गरे लबुचे हिमालको सफल आरोहण

उदयपुरका एक युवकले गरे लबुचे हिमालको सफल आरोहण

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । उदयपुरका एक युवाले लबुचे हिमालको सफल आरोहण गरेका छन् । जिल्लाको बेलका नगरपालिका–७ मैनामैनीका जलन राईले बुधबार ६ हजार १ सय ९० मिटर अग्लो लबुचे हिमालको सफल आरोहण गरेका हुन् । खुम्बु क्षेत्रमा २ वर्ष अघि द माउन्टेन मेडिकल ईष्टिच्युटमा ल्याब कक्षमा कर्मचारीका रुपमा पुगेकै कारण आफु हिमालको सफल आरोहण गर्न सफल भएको बताएका छन् । आरोहीहरुको अनुभव र संगतले आफु आरोहणमा जाने जोश पलाएको राईको भनाई छ । ‘यो सफलताका लागि खुम्बु क्षेत्रका कृयाशिल व्यक्तित्व, आफन्तहरुको साथ रहेको छ ‘राईले भने’ उहाँहरुको साथ सहयोगले यो सफलता पाएको हुँ । लबुचेको आरोहणसँगै राईले आगामी लक्ष्य आईशल्याण्ड पिक , आमादब्लम र सगरमाथा चढ्ने रहेको बताए ।...
एमालेले टुंग्यायो कोशीमा ३ मन्त्रीको नाम

एमालेले टुंग्यायो कोशीमा ३ मन्त्रीको नाम

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । नेकपा एमालेको नेतृत्वको कोशी प्रदेश सरकारमा एमालेले पठाउने तिन जना मन्त्रीको नाम टुंगो लागेको छ । एमाले स्रोतका अनुसार एमालेबाट लिलावल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीको नाम टुंगोमा पुगेको छ । अहिलेसम्म ३ जनाको नाम फाइनल जस्तै छ तर निर्णय भईनसकेको एमाले संसदीय दल स्रोतले जनाएको छ । यस अघि एमालेबाट राम राना बिनाविभागीय मन्त्री बनिसकेका छन् । कोशी प्रदेशमा रहेको ९ मन्त्रालय मध्ये एमालेले मुख्यमन्त्रीसहित ५ र माओवादी केन्द्रले ३ मन्त्रालय लिने सहमति भईसकेको छ । दुबै दलबाट एक–एक जना बिनाविभागीय मन्त्री भईसकेका छन् । उता माओवादी केन्द्र भने आफ्नो मन्त्रीको नाम टुङ्गो लगाउन सकेको छैन् । कोशी प्रदेशमा १३ जना सांसद रहेको माओवादीमा दलका नेता इन्द्रबहादुर आङ्बोबाहेक सबै मन्त्रीका आकांक्षी छन् । यसअघि गणेश उप्रेतीलाई सरकारमा पठाएको माओवादी केन्द्रले अब दुर्गा चापाग...
सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला

सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । सगरमाथामा बेपत्ता भएका २ मंगोलियन आरोहीमध्ये एकको शव फेला परेको छ । जेठ १ गतेदेखि चौथो क्याम्पबाट बेपत्ता भएका युखजर्गल सिडेनडम्बाको शव फेला परेको पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिए । निर्देशक गुरुङका अनुसार उनिसँगै बेपत्ता भएका मंगोलियाकै अर्का आरोही प्योरभिस्रन खाग्बाजाभको खोजी जारी रहेको छ । प्रतिकुल मौसम पछि ३ दिन यता आरोहण समेत प्रभावित बनेको विभागले जानकारी दिएको छ ।...
प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यहि जेष्ठ ७ गते विश्वासको मत लिन लागेका हुन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिएको थियो भने समर्थन समेत फिर्ता लिएको थियो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको सभामुख देवराज घिमिरेलाई जानकारी गराईसकेको र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत लिनेबारे पत्र प्राप्त भएक...
दुई जनाको ज्यान लिने टिफर चालक ५ बर्षपछि पक्राउ

दुई जनाको ज्यान लिने टिफर चालक ५ बर्षपछि पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ । उदयपुरमा सवारी ज्यान मुद्धाका फरार टिफर चालक ५ बर्ष पछि पक्राउ परेको छ । चितवन भण्डारा राप्ती नगरपालिका–६ बस्ने २६ बर्षीय सरोज प्रजा चेपाङलाई सवारी दुर्घटना गरेको ५ बर्षपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार चेपाङलाई बिहिबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चितवनबाट पक्राउ गरेको हो । २०७६÷३÷४ गते बिहान अन्दाजी ९ बजेर ४८ मिनेटको समयमा चौदण्डीगढी नगरपालिका–७ लाटीखोला स्थितमा शनिबारे बाट बेल्टार तर्फ आउँदै गरेको रसुवा कम्पनी प्रा.लि.को वा २ क ७०९ नम्बरको टिफरले सोही दिशा तर्फ जादैँ गरेको स ४ प ३६१ नं. मोटरसाईकललाई ठक्कर दिएको थियो । टिफरको ठक्करबाट मोटरसाईकल चालक चौदण्डीगढी नगरपालिका–४ बस्ने ४७ बर्षीय खगेन्द्र राई र पछाडी सवार ४७ बर्षीय जिवन कुमार साम्पाङ राईको घटन...
जिल्ला उदयपुर करागारका २३६ जना कैदीको नि:शुल्क आँखा जाँच

जिल्ला उदयपुर करागारका २३६ जना कैदीको नि:शुल्क आँखा जाँच

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ ।  ३१ औं मदन आश्रित स्मृती दिवसको अवसरमा जिल्ला उदयपुर करागारका २३६ जना कैदीबन्दीको नि:शुल्क आँखा जाँच गरिएको छ । बिहिबार मदन आश्रित स्मृती दिवसको अवसरमा मदन भण्डारी फाउण्डेसन र नेपाल नेत्र ज्योति सङ्घ मदन भण्डारी आखाँ अस्पताल उदयपुरद्धारा आयोजित कार्यक्रममा २२४ जना पुरुष र १२ जना महिला गरी जम्मा २३६ जना कैदीको आँखा जाँच गरिएको हो । आँखा जाँच गरिएको मध्ये ५७ जनालाई चस्मा, ९२ जनालाई औषधि सिफारिस गरिएको छ भने ३ जनाको अपरेसन नै गर्नुपर्ने अवस्था रहेको छ । औषधि, चस्मा र अपरेसनको खर्च भन्डारी आँखा अस्पताल र मदन भन्डारी फाउन्डेसले व्यहोर्ने छ । उक्त कार्यक्रममा कोशी प्रदेश सभाकी उप–सभामुख सिर्जना दनुवार, कोशी प्रदेश सभा सदस्य गिता रेग्मी, त्रियुगा नगरपालिकाकी उप–मेयर महेश्वरी राई प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो । औषधी, चस्मा र शल्यक्...
सरकार निर्माणको तयारीमा मुख्यमन्त्री कार्की, अर्थ मन्त्रालयमा एमाले-माओवादीको दाबी

सरकार निर्माणको तयारीमा मुख्यमन्त्री कार्की, अर्थ मन्त्रालयमा एमाले-माओवादीको दाबी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ । कोशी प्रदेश सरकार निर्माण प्रकृया अघि बढाउने तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्भव भएसम्म आजै सरकार निर्माण गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री कार्कीले सरकार निर्माण गर्ने तयारी गरेतापनि सत्ता घटक माओवादी केन्द्रसँग मन्त्रालय भागबन्डाको विषयमा सहमति भईसकेको छैन । कोशीमा माओवादीले आर्थिक मामिला तथा योजना मन्धालयसहित तीन वटा मन्त्रालयमा दाबी गरेको छ भने मख्यमन्त्री कार्की माओवादीलाई उक्त मन्त्रालयम दिन तयार छैनन् । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रलाई भौतिक पूर्वाधार मन्त्रालय, पर्यटन वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय लिन प्रस्ताव गरेका छन् । कोशीमा नौं वटा मन्त्रालय मध्ये एमालेले पाँच मन्त्रालय पाउने सहमति छ भने एउटा मन्त्रालय नेकपा एकीकृत समाजवादी पार्टीका लागि छुट्याइएको छ । तर, केन्द्रीय गठबन्धनमै असन्तुष्टि राखिरहेको एकीकृत समाजव...
पूर्व शिक्षकको हत्या आरोपमा एक जना पक्राउ

पूर्व शिक्षकको हत्या आरोपमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर बेलौरीका ३५ वर्षीय महेश भण्डारी रहेका छन् । बेलौरी नगरपालिका–६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या गरेको आरोपमा भण्डारीलई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश जोशी जानकारी दिए । डिएसपी जोशीका अनुसार मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको खुलेको छ । घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
स्लोभाकियाका प्रधानमन्त्री माथि गोली प्रहार

स्लोभाकियाका प्रधानमन्त्री माथि गोली प्रहार

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । बुधबार दिउँसो स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा ५९ वर्षीय प्रधानमन्त्री फिकोमाथि गोली प्रहार भएको हो । रक्षामन्त्री रोबर्ट कलिनाकका अनुसार प्रधानमन्त्री फिकोको अहिले उपचार भइरहेको छ । बुधबार नै करिब ३ घण्टा लगाएर उनको अपरेसन गरिएको छ । रक्षामन्त्रीका अनुसार प्रधानमन्त्री फिकोको स्वास्थ्य अवस्था नाजुक रहेको छ । प्रधानमन्त्री फिकोमाथि आक्रमणकारीले ५ पल्ट गोली हानिएको फुटेज सार्वजनिक भएको छ । पेट, हात र खुट्टामा चोट लागेका उनलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । फिको गत सेप्टेम्बरमा भएको चुनावमा पपुलिस्ट–नेसनलिस्ट गठबन्धनमार्फत प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने पहिचान भने सार्वजनिक गरिएको छैन ।...
जिप दुर्घटना हुँदा बालक सहित २ जनाको मृत्यु

जिप दुर्घटना हुँदा बालक सहित २ जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ । पाल्पामा जिप दुर्घटना हुँदा बालक सहित २ जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मृत्यु हुनेमा निस्दी गाउँपालिका(४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमै रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक (डिएसप) सुगन्ध श्रेष्ठका अनुसार बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका–४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जिप बेलुका पौने ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दुई घाईते भएका १५ जना मध्ये दुई जनाको उपचारको क्रममा गएराती मृत्यु भएको डिएसपी श्रेष्ठले बताए । १३ जना घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ भने चालक सहित १० जनाको अवस्था भने सामान्य रहेको छ । दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय हुन...