Saturday, July 11News That Matters

Author: पूर्णपुष्टि खबर

क्रिकेटर सन्दिप लामिछाने निर्दोष ठहर

क्रिकेटर सन्दिप लामिछाने निर्दोष ठहर

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ ।  क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्धामा उच्च अदालत पाटने निर्दोष ठहर गरेको छ । जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दिपलाई निर्दोष ठहर गरेको हो ।...
सन्दिप लामिछानेको मुद्धाको बहस सकियो, फैसला आजै हुने

सन्दिप लामिछानेको मुद्धाको बहस सकियो, फैसला आजै हुने

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । क्रिकेटर सन्दिप लामिछानेको नाबालिका बलात्कार सम्बन्धि मुद्धाको सुनुवाई सकिएको छ । मंगलबार उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा आज पेशी राखिएको थियो । न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बहस सकिएको हो । सन्दीपको मुद्दामा आजै फैसला सुनाउने अदालतको तयारी छ । यस अघि जिल्ला अदालत काठमाडौँले बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर आठ वर्षको जेल सजाय सुनाएको थियो । काठमाण्डौँ अदालतको फैसला विरुद्ध लामिछाने उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।...
६९० किलो गाँजा सहित ४ जना पक्राउ

६९० किलो गाँजा सहित ४ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलो लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमफेदी नगरपालिका–१४ मकवानपुरका २५ बर्षीय चन्द्र बहादुर पाख्रिन, लेटाङ नगरपालिका–६ मोरङका बल बहादुर लिम्बु, देवानगञ्ज गाउँपालिका–४ का ३० बर्षीय अरबिन्द पाल र शहिदभुमी गाँउपालिका(३ धनकुटाका १८ बर्षीय दिवस राई रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ लैजादै गरेको भन्ने बिशेष सूचानाको आधारमा जेष्ठ १ गते राती इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरी टोलीले देवानगञ्ज गाँउपालिका–५ मेहेता टोलको भित्री सडक खण्डबाट को. १ ख ७१२३ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट ४ सय ४० किलोग्राम गाँजा बरामद भएको थियो । ट्रकबाट गाँजा बरामद भएस...
सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ । सन नेपाल लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले घातक रोग वापतको रकम हस्ताण्तरण गरेको छ । बुधबार बेलका नगरपालिका–३ निवासी ४८ बर्षीय चित्र नारायण श्रेष्ठले घातक रोग वापत दावी भुक्त्तानी ३ लाखको चेक प्राप्त गरेका हुन् । श्रेष्ठलाई सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाट शाखाका प्रमुख बालकुमार राईले चेक हस्ताण्तरण गरेका थिए । उक्त्त कार्यक्रममा गाईघाट शाखाका प्रमुख बालकुमार राई, धरान शाखाका प्रमुख वेद कुमार खत्री, अभिकर्ता महेन्द्र कुमार राई, गंगा श्रेष्ठ र राजेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।...
लागुऔषध कारोबार गर्ने भारतीय नागरिकमाथि गोली प्रहार

लागुऔषध कारोबार गर्ने भारतीय नागरिकमाथि गोली प्रहार

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । मोरङको रतुवामाई नगरपालिका–६ बाट लागुऔषध ओसार पसारमा संलग्न रहेका १ जना भारतिय नागरीकलाई गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ बर्षीय भगिरथ हरिजन रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगका अनुसार लागुऔषध खैरो हेरोईनको ओसार पसार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले हरिजनलाई बुधबार दिउँसो ३ बजे मोरङको रतुवामाई नगरपालिका–६ कादुपाडाबाट नियन्त्रणमा लिएको हो । BR 38Q 3830 नम्बरको मोटरसाईकल चालक हरिजनलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि नै आक्रमण गर्दा १ जना प्रहरी कर्मचारी समेत सामान्य घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीमाथि नै गोली प्रहार ...
माओवादी मजदुर पार्टीद्धारा काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन

माओवादी मजदुर पार्टीद्धारा काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरमा माओवादी मजदुर पार्टीले काला बजारी भष्ट्रचार विरुद्ध प्रदर्शन गरेको छ । त्रियुगा नगरपालिका वडा नं ११ स्थित पिपल चोकमा माओवादी मजदुर पार्टी केन्द्रिय संगठन समिति उदयपुरले काला बजारी भष्ट्रचारी अन्त गर भन्दै विरोध प्रदर्शन गरेको हो । गत बैशाख २५ गते माओवादी मजदुर पार्टी केन्द्रिय संगठन समितिले देशमा भ्रष्टचार, कालाबजारी, कर चुहावट भएको भन्दै विरोध प्रदर्शन गरेको केन्द्रिय महासचिव हिमाल सिंह राईले बताए । विरोध प्रदर्शनमा माओवादी मजदुर पार्टीका केन्द्रिय महासचिव हिमाल सिंह राई, केन्द्रिय सदस्य जगत कटुवाल, प्रदिप फुयाल, उर्मिला राई र जिल्ला सदस्य कुमारी परियार लगाएतको उपस्थिति रहेको थियो ।...
थ्रीएम ब्रदरहुड युवा समूहद्धारा मोतिगडामा जेब्रा क्रसिङ निर्माण

थ्रीएम ब्रदरहुड युवा समूहद्धारा मोतिगडामा जेब्रा क्रसिङ निर्माण

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा ‘थ्रीएम ब्रदरहुड’ युवा समूहले जेब्रा क्रसिङ निर्माण सुरु गरेको छ । जिल्लामा अत्याधिक सवारी दुर्घटना बढेको भन्दै स्थानिय युवाहरुले जेब्रा क्रसिङ निर्माण सुरु गरेको हो । थ्रीएम ब्रदरहुडका संयोजक वीरसबाबु शाहीले सुरुवाती चरणमा मोतिगडा चोक आसपास बिभिन्न ४ ठाउँमा जेब्रा क्रसिङ निर्माण भइरहेको बताएका छन् । पछिल्लो समय सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या अस्वभाविक रुपमा बढेपछि न्यूनीकरणका लागि स्थानीय युवाहरुलाई जेब्रा क्रस निर्माण गर्न स्थानीय स्ट्यान्डर्ड भिजन इन्टरनेशनल एकेडेमीले रङलगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो । जेब्रा क्रसिङ निर्माणमा त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष तीलकबहादुर कटुवाल, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष देवराज राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट ट्राफिक प्रहरी हवल्दार भुवन...
राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेष्ठ १ । राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले सहमती जनाएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध सृजना नगर्ने र त्यसछि सरकारले ल्याएको कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने निर्णय गरेको हो । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संघीय संयुक्त बैठकमा भाग लिने र राष्ट्रपतिको सम्बोधन सनेपछि सरकारले ल्याएका कुनै पनि कार्यसूचीमा प्रवेश नगर्ने जनाकारी दिए । संघीय संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ, जहाँ राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची छ । साँझ ६ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सहकारी अनियमितामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन नगरे त्यो बैठक अवरुद्ध गर्...
भारतमा उपचार गरी घर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परी युवतीको मृत्यु

भारतमा उपचार गरी घर फर्कने क्रममा एम्बुलेन्स दुर्घटनामा परी युवतीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेष्ठ १ । कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरी घर फर्किएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका–९ कि १८ वर्षीया अञ्जली परियार रहेकी छिन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति सकुशल रहेको छ भने एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।...
अनियमितरुपमा शिक्षक नियुक्ती बदर

अनियमितरुपमा शिक्षक नियुक्ती बदर

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, जेठ १ । त्रियुगा नगरपालिका ५ दमौटिस्थित जनता माध्यामिक विद्यालयले नियम मिचेर गरेको शिक्षक नियुक्ती शिक्षा विकास तथा समन्वय इकाइले अनियमित ठहरेको छ । इकाइले पुनः विज्ञापन गरेर मात्र पदपूर्ती गर्न विद्यालयलाई पत्र काटेको छ । नियमानुसार पुनः विज्ञापन आव्हान गरेर मात्र शिक्षक नियुक्त गर्नुपर्ने भएको छ । उक्त नियुक्तीलाई नगर शिक्षाले मान्यता दिन खोजेको थियो । सो विद्यालयले करारका एक शिक्षकले स्थायीमा नाम निकालेपछि खाली ठाउँमा विज्ञापन नै नगरी बैकल्पिक उम्म्दवारकाे हैसियतमा नियुक्ती गरेको थियो । त्यसरी बैकल्पिक नामका ब्यक्तिलाई सोझै नियुक्ती शिक्षा ऐनले अनियमित ठहरे पछि पुनः विज्ञापन गरी पदपूर्ती गर्नुपर्ने भएको हाे । नियम मिचेर पदपूर्ती भएपछि सचेत अभिभावकहरुले सम्बन्धीत निकायहरुमा उजुरी गरेका थिए ।  ...