Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

बिसन्चो यात्रा…

बिसन्चो यात्रा…

Breaking News 1, बिचार
जितन मुख्राछा जब मानिसको जन्म सँगै सुरुहुन्छ संसारलाई नजिकबाट नियाल्ने अनि वातावरण सँग घुलमिल हुने पहिलो पाइला । जीवनको दुख अनि सुखको खुड्किला सँग पौँठेजोरी खेल्न अनि सुरुहुन्छ परेर सिक्ने, पढेर सिक्ने सिकाइका यात्राहरु कति कुरा एक्लोपनले सिकाउँछ, कतिकुरा घरपरिवार, आफ्न्त समाज र परिवेशले सिकाउँछ । हरेक सिकाइका हरफ, बाटो अनि अर्थहरू फरक हुने गर्दछ । यो समाज यति विज्ञ र उत्कृष्ट छ कि कसैको अनुहारको बनावट, आवरण र रंग हेरेर नै उसको अहिलेको अवस्था, परिवेश बताउन सक्छ । यो समाज जतिनै आधुनिकीकरण हुँदै गइरहेको छ तिनै समाजको वर्ग, स्तरको तुलना अनि विभिन्न धारणाहरू धेरै मात्रामा देखापर्नु थालिरहेको छ । जसको फलस्वरुप आफ्नो अवस्था बुझ्दाबुझ्दै पनि अरुको स्तरको दाँजोमा सकीनसकी पुग्नुपर्ने बाध्यता छ । सामान्य खान, लगाउन र खुसीको जीवन बिताउन र आफ्नै परिवार सँग बस्न पाउनु नै आनन्दको जीवन व्यथित गर्नु रा...
उदयपुरमा झण्डै ५ लाख बढीको भन्सार छलीको सामान बरामद

उदयपुरमा झण्डै ५ लाख बढीको भन्सार छलीको सामान बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० चैत्र । उदयपुरमा भन्सार छलीको सामान पक्राउ गरिएको छ । त्रियुगा नगरपालिका वडा नं सालघारीबाट खटिएको प्रहरी टोलीले बिल बिजक नभएको सामान बरामद गरेको हो । जलजलेबाट गाईघाट आउँदै गरेको सार्वजानिक सवारी साधनमा अनलाईन बिल लगायतको कागजात नभएको ४ लाख ६१ हजार बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उक्त सवारी साधनबाट चिनि ५ बोरा, बाबा तेल २२५ काटुन, त्रिशक्ती तेल २० काटुन, भुजा १० बोरा, मुरुरी दाल २ बोरा, हरियो मोटर २ बोरा पान, तेल १० काटुन पक्राउ गरिएको सामान र साधानलाई जिल्ला भन्सार कार्यालय कार्वाहीको लागि पठाईएको छ ।...
उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई जलवायु कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम

उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई जलवायु कृषि प्रणाली सम्बन्धी तिन दिने तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३० चैत्र । उदयपुरका स्थानीय अगुवा कृषकहरुलाई बातावरण मैत्री कृषिको लागि तिन दिने तालिम दिईएको थियो । हुरेण्डेक उदयपुरको आयोजना तथा वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा गाईघाट स्थित ओरेक नेपाल उदयपुरको सभाहलमा तालिम सम्पन्न भएको छ । हुरेण्डेक उदयपुरका जिबिकोपार्जन अधिकृत आशिष खत्रीका अनुसार जिल्लाका ३ स्थानिय पालिका, ताप्ली गाउँपालिका, उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकाका ३१ जना अगुवा कृषकहरुलाई जलवायु मैत्री कृषि प्रणाली बारे २८ गते देखी ३० गते सम्म ३ दिने तालिम प्रदान गरिएको थियो । पछिल््लो समय बाली उत्पादनको नाममा बड्दो रासायनिक बिषदीको चरम प्रयोगले वातावरणको नास हुनुका साथै जमिनलाई प्रत्यक्ष रुपमा असर भई क्षती पुगाई रहेको अधिकृत खत्रीको भनाई छ । कृषकहरुले कम सयमा धेरै उत्पादन र छिटो उत्पादनको हुटहुटीले प्रयोग गर्ने बिभिन्न बिषादीले जमिनलाई प्रत्यक्ष क्षती पुगिरहेको...
उदयपुरमा किर्ते मुद्धाका एक फरार प्रतिवादी पक्राउ

उदयपुरमा किर्ते मुद्धाका एक फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र २९ । उदयपुरमा किर्ते मुद्धाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ दुर्गा टोल बस्ने ३५ बर्षीय मो. समसद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार मंगलबार जिप्रकाबा खटिएको प्रहरी टोलीले समसदलाई पक्राउ गरेको हो । जिल्ला अदालतको मिति २०७३÷०८÷०८ गतेको फैसलाले लगत नं. २२२९ किर्ते मुद्धामा किर्ते मुद्धामा समसदलाई ११ महिना ७ दिन कैद सजाय तोकेको डिएसपी चौधरीले बताए । मंगलबार जिप्रकाबा खटिएको प्रहरी टोलीले समसदलाई पक्राउ गरेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
नेपालमै पहिलो पटक उदयपुरबाट लामो दुरीको सवारीमा सिसि टभि र जिपिएस जडा

नेपालमै पहिलो पटक उदयपुरबाट लामो दुरीको सवारीमा सिसि टभि र जिपिएस जडा

Breaking News 1, समाचार
पूर्णपुष्टि, २८ चैत्र । गाईघाटबाट काठमाण्डौँ सम्म चल्ने लामो दुरीका दिवा तथा रात्री कालिन सवारीमा सिसि टिभि र जिपिएस जडान गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले नेपालमै पहिलो पटक सवारीमा औपचारिक रुपमा सिसि टिभि र जिपिएस जडान गरेको हो । उदयपुर प्रहरी प्रमुख एसपी रमेश थापाले यस जडानले सुरक्षित यात्रा र सुरक्षि यात्रुमा सहयोग पुग्ने जनाए । थापका अनुसार सिसि टिभिले यात्रुको सामान हराउने, घटनाको पहिलो रेकर्डहरुलाई सुरक्षित गर्न सकिने, अनुसन्धानका लागि आवश्यक फुटेजहरुको व्यवस्था गर्न सकिने र जिपिएसले सवारी साधनको लोकेसन, सवारीको अवस्था, तिव्र गतिको अवस्थालाई पक्ता लगाउने, गन्तव्य भन्दा पर वा वर भए संकेत गर्ने र सहि स्थानमा रोक्न सूचना दिने, सवारी चोरीमा नियन्त्रण, सवारीको सामानको अवस्था पत्ता लगाउने अश्वभाविक रुपमा सवारीको सामानहरु हल्लिएरमा सूचना संकेत दिने, सवारी दुर्घटना भएमा साउजीलाई...
मोतिगडा क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतना

मोतिगडा क्याम्पसका विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनी बिरुद्ध सचेतना

Breaking News 1, समाचार
पूर्णपुष्टि, २७ चैत्र । उदयपुरकै प्रतिष्ठित तथा पुरानो त्रियुग जनता बहुमुखी क्याम्पस मोतिगडामा लागु औषध दुव्र्यसन विरुद्ध सचेतना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । क्याम्पसकै मुख्य आयोजना तथा स्वतन्त्र विद्यार्थी युनियनको सह–आयोजना र जिल्ला प्रहरी कार्यालय उदयपुरको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनको असर र यसबाट हुने क्षतीबारे बुझाईएको छ । पछिल्लो समय धेरै युवा युवतीहरु दुव्र्यसनको सिकार भएको भन्दै विद्यालय स्तरमै यस्को चेतना प्रभाह गर्नु पर्ने उदेश्यले क्याम्पसमा कार्यक्रमको आयोजना गरिएको क्यामपस प्रमुख डा. कोईलाश राईले जनाए । राईले विद्यालयमा सिकाईएका कुराहरु प्रभावकारी हुने समेत जनाएको छ । विद्यार्थीहरु एक असल र इमान्दारी अवस्थाको रुपमा रहने भन्दै उनिहरुले सिकेका कुराहरु कार्यन्वयन हुने र अन्य व्यक्ति, समुदाय र समाजमा समेत आफ्नो...
कोशी प्रदेशमा माओवादीका तिन मन्त्रीले बुझाए राजीनामा

कोशी प्रदेशमा माओवादीका तिन मन्त्रीले बुझाए राजीनामा

Breaking News 1
पूर्णपुष्टि, २६ चैत्र । कोशी प्रदेशमा माओवादी केन्द्रका तिन जना मन्त्रीले राजीनामा बुझाएको छ । कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका तीन मन्त्रीले सोमबा मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले राजीनामा बुझाएका हुन् । माओवादीले आजै मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रदेश सरकारमा माअ‍ेवादीका १३ सांसद छन् ।...
त्रियुगा नगरपालिका वडा नं १६ को यी हुन ८ महिनाको प्रगति, के छ आगमी भावी योजना ?

त्रियुगा नगरपालिका वडा नं १६ को यी हुन ८ महिनाको प्रगति, के छ आगमी भावी योजना ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ चैत्र । त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको दोस्रो चौमासिक समिक्षा भव्य रुपमा सम्पन्न गरेको छ । समिक्षा सँगै आगामी योजनाका लागि सुझाव संकलन समेत गरिएको छ । आईतबार वडा कार्यालय जाल्पा चिलाउनेमा वडाका जनप्रतिनिधि, वडा कर्मचारी, टोल विकास संस्था, बुद्धिजिवी, शिक्षक लगायत आम वडावासीको उपस्थितिमा समिक्षा तथा सुझाव संकलन गरिएको वडा अध्यक्ष मान वहादुर राईले जनाए । समिक्षामा वडाले गरेको चौमासिक प्रगति विवरण पनि सार्वजानिक गरिएको अध्यक्ष राईका अनुसार वडाको बिकास र गतिविधि सँगै भावि दिनको लागि योजनाहरु निर्माण गरिने गरी समिक्षामा छलफल गरिएको छ । वडाले ६० भन्दा बढी बुद्धामा प्रगति विवरण सार्वजानिक गरेको छ । वडाले भौतिक पूर्वधार तर्फ ३०, सामाजिक तर्फ १६, आर्थिक ३, बातावरण तथा विपद तर्प २ र सुशासन तथा सेवा प्रभावह तर्फ ८ गरी ५९ वडा भन्दा बढी काम गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ । ...
रौतामाईको मालवासेमा आगलागी, घर र गोठ जलेर नष्ट

रौतामाईको मालवासेमा आगलागी, घर र गोठ जलेर नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २६ । उदयपुरको रौतामाई गाउँपालिका ४ मालवासेमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । आगलागीबाट मिन्द्र बहादुर सार्कीको घर जलेर नष्ट भएको वडा सचिव लिला भक्ता कार्कीले जानकारी दिए । सचिव कार्कीका अनुसार शनिबारदेखी काउले जंगलबाट सल्केको आगो गाउँपस्दा सार्कीको घर सहित गुवाली जलेर नष्ट भएको थियो । आगलागीमा परी लत्ताकपता, नगद ६० हजार र १ तोला सुन समेत जलेर नष्ट भएको छ । आगलागीबाट पशुचौपायमा भने क्षती नपुगेको सविच कार्कीको भनाई छ। बाँधीएको पशु चौपायालाई भने स्थानीयहरुले दाम्ला काटेर आगोबाट सुरक्षीत स्थानमा सारिएको थियो । सोही ठाउँमा आईतबार गोविन्द भुजेलको गुवालीमा समेत आगलागी भएको छ। शनिबार देखी काउले जंगलमा भिषण आगलागी भैरहेको र निभाउन सकस परिरहेको सचिव कार्कीले जनाए । घरमा लागेको आगो अझै पनि निभाई नसकेको अवस्था छ । रौताबाट प्रहरी टोली घटना स्थल तर्फ पुगेको र प्रहरी सहित स्था...
प्रदेश मन्त्री सुनुवारलाई उदयपुर अस्पतालको मागपत्र पेश

प्रदेश मन्त्री सुनुवारलाई उदयपुर अस्पतालको मागपत्र पेश

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ चैत्र । जिल्ला अस्पताल उदयपुरले कोशी प्रदेशका स्वास्थय मन्त्री प्रदिप कुमार सुनुवारलाई माग पत्र पेश गरेको छ । सोमवार उदयपुर अस्पताल निरिक्षणको क्रममा आएका मन्त्री सुनुवारलाई अस्पतालको बिबिध समस्याको माग पत्र पेश गरिएको छ । अस्पतालले तत्काललका लागि सय बेडको अस्पताल निर्माण, अक्सिजन तथा आईसीयुको व्यवस्थापन र कर्मचारी व्यवस्थापन लगायतको माग पत्र पेश गरिएको हो । अस्पताल व्यवस्थापन समितिको अध्यक्ष गौर बहादुर बिश्वकर्माले पछिल्लो समय जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको तर जनशक्ति भने घट्दै गएको जनाए । यसलार्य तत्काल व्यवस्थापन प्रदेश सरकारले गर्नु पर्ने उनले माग राखे । अस्पतालको अवस्था र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सके जटि प्रकारको बिरामी र धेरै बिरामीहरुलाई सेवा उपलब्ध गराउन सकिने उनले जनाए । मन्त्री सुनुवारले निरिक्षणको क्रममा आवश्यक रहेको पूर्वधार र जनशक्तिक...