Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

एमाले उदयपुर अधिवेशन : मतदान सकियो, मत गणना सुरु

एमाले उदयपुर अधिवेशन : मतदान सकियो, मत गणना सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ चैत्र । एमाले उदयपुरको नावौँ अधिवेशनको मतदान कार्य सकिएको छ । मोतिगडाको इम्पायर होटल इनमा बुधबार साँझदेखी भएको मतदान बिहान सकिएको हो । मतदान सकिए सँगै मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत गणेश सापकोटाका अनुसार मतगणना कार्य सुरु गरिएको हो । अधिवेशनमा पदाधिकारी सबै पदहरुमा निर्वाचन भएको थियो । अध्यक्षका लागि भागवत राउत र परमेश्वर घिमिरे प्रतिपर्धामा छन भने उपाध्यक्षका लागि कालुमान लामा, दिल बहादुर तामाङ र भरत बहादुर थापाबीच प्रतिपर्धा भएको छ । यता सचिव पदका लागि टेक बहादुर राउत, महेश रोक्का र सम्भु पौडेल प्रतिसपर्धामा छन् । खुल्ला उपसचिवमा जिवनाथ दाहाल, दर्गानन्द चौधरी, धर्म बहादुर तामाङ, नारद निरौला, मन्दीप राई र हेम बहादुर खड्का प्रतिस्पर्धामा रहेका छन् भने महिला उपसचिवमा गिता खड्का, गंगा राई र महेश्वरी राईबीच प्रतिस्पर्धा चलेको छ ।...
उदयपुरमा एसईईको २५ ओटा केन्द्रमा ६०१७ ले एसईई दिँदै

उदयपुरमा एसईईको २५ ओटा केन्द्रमा ६०१७ ले एसईई दिँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि, १५ चैत्र । उदयपुरमा आजदेखी एसईई सुरु भएको छ । जिल्लामा एसईईको लागि २५ ओटा केन्द्रहरु तोकिएका छन् । यो बर्ष २५ ओटा केन्द्रहरुमा ६०१७ जना विद्यार्थीहरुले एसईईको परिक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरले जनाएको छ । कोशी जनता मावि रामपुर, जनता बेलका मावि पुरनदह, जनता मावि गुरुङचौरी, नारद आदर्श मावि खर्षे डाँडाँ, ज्योति मावि बेल्टार, धानपोखरी मावि ज्यामिरेझोर, जनता मावि हडिया, सत्यदेवी मावि भुल्के, राम जानकी मावि मोतिगडा, राष्ट्रिय मावि बगाहा, जनता मावि श्रीपुर, जनता मावि देउरी, जनज्योति मावि चुहाडे, बालमन्दिर मावि बोक्से, त्रियुगा नमुना मावि गाईघाट, लक्ष्मीपुर मावि पोर्ताहा, मावि मुर्कुची, मावि भलायोडाँडाँ, पंञ्चावती मावि उदयपुरगढी, जनप्रेमी मावि रिस्कु, त्रिवेणी मावि कटारी, मावि कल्याणपुर, जनता मावि गुँरासे, महेन्द्र रत्न मावि रुपाटार र क्या पर्शुराम पदमा राई मावि वालाम...
आजदेखी  एसईई हुँदै

आजदेखी एसईई हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १५ । आजदेखी  देशैभर माध्यमिक शिक्षा परीक्षा (एसईई) संञ्चालन हुदैँछ । आज बिहान ८ बजेदेखी सुरु हुने परिक्षा २७ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्यांक अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन्। आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। यो वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयबाट विद्यार्थीले परीक्षा दिँदै छन्। जसमा दुई लाख ५० हजार ७७२ छात्रा, दुई लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी भएका छन् । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुनेछ ।...
एमाले उदयपुरको अध्यक्षमा पाँच, उपाध्यक्ष र सचिवमा तीन/तीन जनाको उम्मेदवारी, फिर्ता गराउने जोडदार प्रयास

एमाले उदयपुरको अध्यक्षमा पाँच, उपाध्यक्ष र सचिवमा तीन/तीन जनाको उम्मेदवारी, फिर्ता गराउने जोडदार प्रयास

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १४ ।नेकपा एमाले उदयपुरको नेतृत्वमा पाँच जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक उम्मेदवार नामावलीमा उल्लेख अनुसार भागवत राउन, विमल कार्की, परमेश्वर घिमिरे, गोपाल खत्री र खड्गबहादुर परियार रहेका छन् । उपाध्यक्षमा भरतबहादुर थापा, दिलबहादुर तामाङ र कालुमान लामाको उम्मेदवारी परेको छ । सचिवमा सम्भु पौडेल, टेकबहादुर राउत र महेश रोकाको उम्मेदवारी छ । त्यसैगरी खुल्ला उपसचिवमा हेमबहादुर खड्का, जीवनाथ दाहाल, मन्दिप राई, दुर्गानन्द चौधरी, नारद निरौला, धर्मबहादुर तामाङको उम्मेदवारी परेको छ भने महिला उपसचिवमा महेश्वरी राई, गीता खड्का र गंगा राईको उम्मेदवारी परेको छ । प्रारम्भिक उम्मेदवारी नामावली अनुसार अध्यक्ष १ का लागि पाँचजना, उपाध्यक्ष १ का लागि तीनजना , सचिव १ का लागि तीन जनाको उम्मेदवारी परेको छ । खुल्ला उपसचिव १ जनाका लागि छजनाको उम्मेदवा...
कोशीमा बेपत्ता तिनै जनाको शव फेला पर्यो

कोशीमा बेपत्ता तिनै जनाको शव फेला पर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ चैत्र । कोशीमा बेपत्ता लोक बहादुर मगरको पनि शव फेला परेको छ । मगरको रिदम र रेखा भन्दा ८ किलो मिटर तल कम्फुघाट पुल मुनी शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । रिदमको मंगलबार दिउँसो घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको थियो भने रेखाको बुधबार बिहान रिदमको भन्दा एक किलोमिटर तल शव फेला परेको थियो । लोक बहादुरको भने उनिहरुको भन्दा निकै तल बुधबारकै दिन दिउँसो शव फेला परेको हो । बेपत्ता अवस्थामा रहेको लोक बहादुरको पनि शव फेला परे सँगै बेपत्ता तिनैजनाको शव फेला परेको हो । उनिहरु आईतबार होली खेल्ने क्रममा कोशीमा बेपत्ता भएका थिए । बेपत्ता तिनै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र जनप्रतिनिधिहरुले तिव्र खोजी कार्य गरिरहेका थिए । वडाअध्यक्ष हिम मगरले करिब ४ दिन पछि तिनै जना बालवालिकाको शव फेला परेको जनाए । अध्यक्ष मगरको अनुसार त्रियुगा नगरपालिका वडा नं १४ स...
उदयपुरमा वन मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा वन मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १४ । उदयपुरमा वन मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ राजावास बस्ने २७ बर्षीय सिव सदा र सोही स्थान बस्ने २८ बर्षीया सोनिया सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले वन मुद्धामा सिव र सोनिया सदालाई ३ महिना कैद र रु. १५५१.३३ पैसा जरिवाना तोकेको थियो । फरार रहेका उनिहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कर्यान्वयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
कोशीमा बेपत्ता बालिका रेखा मगरको पनि शव फेला पर्यो

कोशीमा बेपत्ता बालिका रेखा मगरको पनि शव फेला पर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १४ चैत्र । आईतबार देखी कोशीमा बेपत्ता १२ बर्षिया रेखा मगरको पनि शव फेला परेको छ । स्थानीय र प्रहरीको खोजी कार्यमा रेखाको शव बुधबार बिहान रिदमकै शव देखी केही तल फेला परेको प्रहरीले जनाएको छ । रिदमको शव मंगलबार घिर्लिङ भन्ने ठाउँमा फेला परेको थियो । बेपत्ता तिन मध्ये रेखा र रिदमको शव फेला परेको छ भने लोक बहादुर अझै बेपत्ता अवस्थामा छ । उनको पनि खोजी कार्य भैरहेको छ । होली खेल्ने क्रममा यी तिनै जना कोशीमा धाप्लाङ बाँजगराबाट बेपत्ता भएको थियो । उनिहरु सँगै छिरेका अन्य ५ जनालाई भने स्थानीयहरुले सकुशल उद्धार गरेका थिए ।...
उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला

उदययपुरमा कोशीमा बेपत्ता तिन मध्ये एक जनाको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ चैत्र । उदयपुरमा कोशीमा बेपत्ता भएको तिन मध्ये एक बालकको शव फेला परेको छ । मंगलबार स्थानीय र प्रहरीले बालकको शव फेला पारेको हो । फेला पर्नेमा ९ बर्षिय रिदम मगर रहेको छ । रिदम सहित तिन जना आईतबार कोशीमा बेपत्ता भएको थियो । बेपत्ता मध्ये रिदमको भने घिर्लिङ भन्ने ठाउँमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । अन्य दुईजना १२÷१२ बर्षिय लोक वहादुर राई र रेखा मगरको भने अझै शव फेला पर्न बाँकी रहेको छ । उनिहरुको खोजी कार्य भैरहेको छ ।...
एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

एमाले सिध्याउन खोजी पछि गठबन्दन बदलियो : पोखरेल

Breaking News 1, समाचार
पूर्णपुष्टि, १३ चैत्र । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले कांग्रेससंगको हिजोको गठबन्धनले एमाले सिध्याउन खोजेपछि राष्ट्रहितसमेतका लागि अहिलेको गठबन्धन गरिएको बताएका छन् । नेकपा एमाले नवौं उदयपुर जिल्ला अधिवेशनको उद्घाटन गर्न उदयपुर आइपुगेका उपाध्यक्ष पोखरेलले पत्रकार भेटघाटमा सो कुरा बताएका हुन् । उनले अहिलेको गठबन्धनलार्ई दिगोरुपमा टिकाउन लागी पर्ने पनि बताएका छन् । जातीय सांस्कृतिक झाँकीसहित र्याली गरी जिल्ला अधिवेशनको उद्घाटन एमाले उपाध्यक्ष पोखरेलले गरेका छन् । दुईदिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व चयनसमेत गर्नेछ । १०५ सदस्यीय नयाँ जिल्ला पार्टी समितिका लागि जिल्लाको चार गाउँपालिका र चार नगरपालिकागरी आठ स्थानीय तहका ६५० जना प्रतिनिधिले भाग लिदैछन् ।...
एमाले उदयपुरको जिल्ला अधिवेशन आज र भोली

एमाले उदयपुरको जिल्ला अधिवेशन आज र भोली

Breaking News 1, समाचार
पूर्णपुष्टि, १२ चैत्र । नेकपा एमाले उदयपुरको जिल्ला अधिवेशन आज भोली गाईघाटमा हुने भएको छ । मोतिगडाको होटल इम्पायर इन मा अधिवेशन हुने भएको हो । अधिवेशनको औपचारिक कार्यक्रम मंगलबार र वन्दसत्र भने भोली बुधबार हुने एमाले उदयपुरले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपाध्यक्ष इश्वर पोखरेलले गर्ने भएको छ ।  ...