Sunday, July 12News That Matters

Author: पूर्णपुष्टि खबर

भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । गाईघाट–फत्तेपुर सडकखण्डको भुल्केमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । त्रियुगा नगरपालिका २ भुल्केमा निर्माणाधिन हुमपाइपकाे खाल्डोमा स्थानीयले विहान फेला पारेका हुन् । घटना रातीको हुनसक्ने आकलन गरिएको छ । घटनास्थलमा अहिले प्रहरीले प्रकृति मुचुल्का उठाउनुका साथै अनुसन्धान गर्दैछ । मृतक पुरुषको शब नजिकै स २ प ६६२२ नम्बरको एक मोटरसाईकल दुर्घटनाग्रस्त अवस्थामा छ । स्थानीयका अनुसार मृतक त्रिनपा २ मोथियाहीका अन्दाजी २० वर्षिय आनन्द चौधरी रहेका छन् । उनी नेपालटारमा ग्यारेजमा काम गर्थे । हरेक सुक्रबार घर आउने गरेका थिए । दुर्घटनाग्रस्त मोटरसाईकल र मृतकको शब भएको खाल्डोको दुरी अस्वभाविक देखिएकोले घटना संकास्पद होकी भन्ने आशंका रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।...
बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

बाेलेराे दुर्घटनामा मृतक संख्या दुई

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १९ । हिजाे उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा भएकाे बोलेरो दुर्घटनामा मृतककाे संख्या दुई रहेकाे छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईका अनुसार मृत्यु हुनेहरुमा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङ र साेही ठाउँकी ३३ वर्षिया लालकुमारी तामाङ रहेका छन् । बीरबहादुरकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने लालकुमारीकाे उपचारकाे क्रममा बिराटनगरमा मृत्यु भएकाे हाे । अन्य घाइतेहरुकाे भने उपचार भइरहेकाे छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेराेको ब्रेक फेल भई दुर्घटना भएकाे थियाे । बाेलेराे डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।...
उदयपुरको कटारीमा बोलेरो दुर्घटना, १ को मृत्यु, १३ घाइते

उदयपुरको कटारीमा बोलेरो दुर्घटना, १ को मृत्यु, १३ घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन १८ । आज उदयपुरको कटारी नगरपालिका –७ मजेतपुरमा आज दिउँसो बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ना १ ज ८३३३ नम्बरको बोलेको दुर्घटना हुँदा कटारी नपा–८ थलियाका ७० वर्षिय बीरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी सुवास राईले जानकारी दिनुभयो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ११ जनाको अवस्था गम्भिर छ । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल पठाइएको छ । अन्य दुईजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ । कटारी बजारदेखि थलियातर्फ जाँदै गरेको बोलेको ब्रेक फेल भई डेडसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा बिभिन्न मुद्धाका १९ जना फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । जिल्ला प्रहरी कार्यालय उदयपुरले बिभिन्न मुद्धाका २१ फारर प्रतिवादी पक्राउ गरेको छ । बिभिन्न मिति, समय र स्थानबाट फरार रहेका प्रतिवादीहरुलाई बिषेश सूचनाको आधारमा प्रहरीले पक्राउ गरी फैसाला कार्यन्वयनको लागि अदालत पठाएको हो । यस्तो छ पक्राउ पर्नेहरुको बिवरण १.जि.उदयपुर त्रियुगा न.पा.१२ बस्ने वर्ष ४१ को क्षेत्र ब. खत्री फैसला मिति २०७७/१०÷१९ गते । मुद्धा चेक अनादर रु.१०००।– २. ऐ.११ वस्ने वर्ष ३४ को मनोज कटुवाल फैसला मिति २०६४/०२/२१ गते । मुद्धा कुटपिट रु.२५०/– ३.ऐ.ऐ. बस्ने वर्ष ४४ को टंक ब. कटुवाल फैसला मिति २०७२/१२/१७ गते। मुद्धा सार्वजानिक अपराध रु.१५००/– ४.ऐ.६ बस्ने वर्ष ४२ को सुरजु गियादेवि मलवार फैसला मिति २०६८/०३/२९ गते। मुद्धा कुटपिट रु.१२००/– ५.ऐ.९ बस्ने वर्ष ३६ की सर्मीला कार्की फैसला मिति २०६७/०९/२७ गते । मुद्धा जालसाझी÷गाली बईज्जती रु.१७/– ६...
नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम सम्पन्न (फोटो सहित)

नेपालमै पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम सम्पन्न (फोटो सहित)

Breaking News 1
पूर्णपुष्टि, फागुन १८ । नेपालमा पहिलोपटक अन्तराष्ट्रिय स्तरको प्याराग्लाइडिङ तालिम (एप्पी प्रो टनडम वर्कसप) सम्पन्न भएको छ । तालिम कोशी प्रदेशको उदयपुरमा फ्लाईङ वन्डर्स प्याराग्लाइडिङ स्कुलले आयोजना गरेको छ । विभिन्न देशमा ब्यवसायिकरुपमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइलटहरुलाई थप सुरक्षा र सिपका लागि तालिम दिइएको आयोजक प्याराग्लाइडिङ स्कुलका मुख्य प्रशिक्षक सुरेन गुरुङले बताए । प्रशिक्षक गुरुङसहित विदेशी प्रशिक्षकहरु रौलान्ड र अभि मल्लिक गरी तीन जना प्रशिक्षक थिए । जिल्लाको बेलका नगरपालिका वडा नं. ८ बोप्ताङडाँडा सञ्चालन गरिएको तालिममा चार देश चाइना, हङकहङ, भारत र नेपाल गरी १९ जना सहभागि थिए । तालिमका लागि उपयुक्त ठाउँ भएकाले दशदिने तालिमका सहभागिहरु थप अभ्यासमा जुटेका छन् । पोखरामा बन्द भएको प्याराग्लाइडिङ उडानको विकल्प उदयपुर बनेको छ । पर्यटन प्रवद्र्धनसंगै विदेशी पर्यटन भित्राउन ...
तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

Breaking News 1
पूर्णपुष्टि, फागुन १८ । सप्तरीको तिरहुत गाउँपालिका–३ पिप्राही स्थित मनकामना शिव शंकर महादेव मन्दिरको प्राङ्गणमा श्री १०८ महारुद्र यज्ञ सुरु भएको छ । बिहिबारबाट सुरु भएको महारुद्र यज्ञमा ३ सय बढी व्रतालुद्धारा कलश यात्रा निकालिएको थियो । पिप्राहीको मनकामना शिव शंकर महादेव मन्दिरबाट निकालिएको कलश यात्रा सोही गापा–५ मा रहेको गुप्त गंगा तालमा महादेव भगवानको विधिगत पुजा आरधना गरी कलशमा जल भरी पुन यज्ञ मण्डपमा ल्याई कलश स्थापना गरिएको थियो । महारुद्र यज्ञ संयोजक समितिका अध्यक्ष ननु यादवका अनुसार अग्नी स्थापना हवनादिक (यज्ञ) फागुन १८ गते शुक्रबारबाट सुरु गरी फागुन २६ गते सम्म संचालन हुनेछ । नौ दिनसम्म हुने महारुद्र यज्ञ स्थानियहरु मिलेर मानव कल्याणका निम्ति लगाईएको अध्यक्ष यादवले बताए । महारुद्र यज्ञमा महादेव–पावर्ती लगाएत अन्य देवी देवताहरुको मुर्ती समेत बनाईएको थियो । यस यज्ञमा व्रत बस्ने व्...
तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

तिरहुत गापामा श्री १०८ महारुद्र यज्ञ सुरु

Breaking News 3
पूर्णपुष्टि, फागुन १८ । सप्तरीको तिरहुत गाउँपालिका–३ पिप्राही स्थित मनकामना शिव शंकर महादेव मन्दिरको प्राङ्गणमा श्री १०८ महारुद्र यज्ञ सुरु भएको छ । बिहिबारबाट सुरु भएको महारुद्र यज्ञमा ३ सय बढी व्रतालुद्धारा कलश यात्रा निकालिएको थियो । पिप्राहीको मनकामना शिव शंकर महादेव मन्दिरबाट निकालिएको कलश यात्रा सोही गापा–५ मा रहेको गुप्त गंगा तालमा महादेव भगवानको विधिगत पुजा आरधना गरी कलशमा जल भरी पुन यज्ञ मण्डपमा ल्याई कलश स्थापना गरिएको थियो । महारुद्र यज्ञ संयोजक समितिका अध्यक्ष ननु यादवका अनुसार अग्नी स्थापना हवनादिक (यज्ञ) फागुन १८ गते शुक्रबारबाट सुरु गरी फागुन २६ गते सम्म संचालन हुनेछ । नौ दिनसम्म हुने महारुद्र यज्ञ स्थानियहरु मिलेर मानव कल्याणका निम्ति लगाईएको अध्यक्ष यादवले बताए । महारुद्र यज्ञमा महादेव–पावर्ती लगाएत अन्य देवी देवताहरुको मुर्ती समेत बनाईएको थियो । यस यज्ञमा व्रत बस्ने व्...
१६ नं वडाका जनप्रतिनिधि, कर्मचारी सहित टोल विकासका पदाधिकारीलाई ३ दिने क्षमता बिकास तालिम

१६ नं वडाका जनप्रतिनिधि, कर्मचारी सहित टोल विकासका पदाधिकारीलाई ३ दिने क्षमता बिकास तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । त्रियुगा नगरपालिका वडा नं १६ मा कर्मचारी, जनप्रतिनिधि र टोल विकास संस्थाका पदाधिकारीहरुलाई ३ दिने क्षमता विकास तालिम दिईएको छ । कार्यालयको कामलाई चुस्त दुरुस्त जनमुखी बनाउन तालिम प्रदान गरिएको वडा सचिव महेश खानालले जनाए । तालिममा स्थानीय सरकार संञ्चालन ऐनको बारेमा उपस्थितिहरुलाई जानकारी गराईएको सचिव खानालको भनाई छ । जनप्रतिनिधि, कर्मचारी तथा टोल विकासका पदाधीकारीहरुको संयुक्त उपस्थितिमा वडा कार्यालयको काम कार्वाहीबारे तालिममा छलफल भएको छ । जनप्रतिनिधि, कर्मचारी र टोल विकास संस्थाहरुबीच काम कार्वाही बढी जसो हुने हुँदा सम्बन्धित पक्ष पहिला जानकारमुखी बन्नु पर्ने वडाको भनाई छ । यी तिन निकाय आफ्नो काम र जिम्मेवार प्रति सचेत र सजग बने जनताको काम सहज र सरल बन्नेमा ढुक्क रहन सकिने वडाले जनाए । तालिममा कार्यालय व्यवस्थापन सम्बन्धि क्षमता बिकास, ब्यक्तिगत घटना...
१६ नं वडाको निशुल्क स्वास्थ्य सिवरमा ९४ जना बिरामीले लिए प्रत्यक्ष सेवा

१६ नं वडाको निशुल्क स्वास्थ्य सिवरमा ९४ जना बिरामीले लिए प्रत्यक्ष सेवा

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । त्रियुगा नगरपालिका वडा नं १६ मा संञ्चालन गरिएको निशुल्क स्वास्थ्य सिविरमा ९४ जना बिरामीहरुले प्रत्यक्ष रुपमा सेवा लिएका छन् । १६ नं वडा कार्यालय र बिहानी महिला सामुदायीक संस्था सुकौराले वडावासीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । यस सिविरलाई जिल्ला अस्पताल उदयपुर, सुखायु आयुर्वेद अस्पताल गाईघाट, त्रिुयुगा नगरपालिका स्वास्थ्य शाखा र जाल्पा चिलाउने स्वास्थ्य चौकीले सहयोग तथा समन्वय गरेको छ । वडा अध्यक्ष मानवहादुर राईका अनुसार वडाको आर्थिक बर्ष २०८०/८१ को स्वीकृत बार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत सिशिर संञ्चालन गरिएको हो । सिविरमा महिलाहरुले बिषेश सेवा लिएको अध्यक्ष राईको भनाई छ । जस अन्तर्गत ५५ महिलाको बच्चादानीको परिक्षण, १७ जनाको पायल पिस्टुला परिक्षण, २७ जनाको भिआईए जाँच र अन्य १४ जना बिभिन्न बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार गर...
सवारी दुर्घटना तिन जनाको मृत्यु २ जना घाईते

सवारी दुर्घटना तिन जनाको मृत्यु २ जना घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, १८ फागुन । मोरङको बेलवारी नगरपालिका(१ स्थित पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको प्रदेश १ (०२(००१ ख ९६७६ नम्बरको टिपरले बिपरीत दिशाबाट आऊँदै गरेको बाग्मती प्रदेश ०३(००१ ख २७१८ नम्बरको बसलाई ठक्कर दिंदा टिपर अनियन्त्रित भई सोहि दिशा तर्फ आउदै गरेको मे १ ज २८५६ नम्बरको बोलेरोलाई समेत ठक्कर दिई दुर्घटना हुँदा बोलेरोमा सवार ५ जना घाईते भएका थिए । घाईतेहरुलाई उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा बोलेरो चालक बिर्तामोड नगरपालिका(२ झापाका ३६ बर्षीय कृष्ण गजुरेल, बोलेरोमा सवार कमल गाउँपालिका(२ का ५२ बर्षीय यदुकान्त भट्टराई र कमल गाउँपालिका(४ की ४४ बर्षीया दिपा खानालको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा घाईते भएका बिर्तामोड(२ की ४८ बर्षीया गायत्री भट्ट...