जंगलमा मानव कङ्काल फेला, बेपत्ता युवतीसँग सम्बन्धित हुनसक्ने आशंका
पूर्णपुष्टि, साउन २८ । म्याग्दीको बेनी नगरपालिका-९ आङ्खखेत कालीमुलको जङ्गलमा एक मानव कङ्काल फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कङ्काल गाडिएको स्थान नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पल पनि भेटिएको छ।
गङ्गटा खोज्न गएका स्थानीयवासीले आइतबार दिउँसो यी वस्तुहरू फेला पारेपछि प्रहरी र जनप्रतिनिधिलाई सूचित गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार "कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइँदैछ। अनुसन्धान कार्य पनि साथसाथै अगाडि बढाइएको छ।"
यो घटना गत पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका-९ घतानकी १९ वर्षीया मीना परियारको केससँग जोडिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलमा पुगेका मीनाका आफन्तले फेला परेका गहना र कपडा मीनाकै भएको दाबी गरेका छन्। मीनालाई बेपत्ता बनाएको आरोपमा एक स्थानीय युवकलाई पक्राउ गरी पु...









