Monday, July 13News That Matters

Author: पूर्णपुष्टि खबर

गाईघाटबाट १४ बर्षिय बालिका एक हप्तादेखी बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

गाईघाटबाट १४ बर्षिय बालिका एक हप्तादेखी बेपत्ता, खोजि गरिदिन परिवारको आग्रह

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ माघ । गाईघाटबाट एक बालिका गत शुक्रबारदेखी बेपत्ता भएकी छिन् । रौतामाई गाउँपालिका वडा नं ५ घुम्ने फोक्सिन्टार स्थाई घर भई हाल त्रियुगा नगरपालिका वडा नं ११ स्थित गाईघाट संगम टोल बसोवास गर्दै आएकी पूनम राई (कुन्ती कुमार) राईको १४ बर्षिया प्रेरणा राई (जेनिसा) एक हप्तादेखी बेपत्ता भएकी हुन् । जेनिसा गाईघाटकै त्रियुगा नमुना मावि कक्षा ७ मा अध्यानरत थिईन् । उनि गत शुक्रबारदेखी आफु बस्ने कोठाबाटै बेपत्ता भएको परिवारले जनाएको छ । जेनिसाको बुबा कुन्ती कुमार राई (पुनम) का अनुसार छोरी भान्जी कृस्चिना राई सँगै गाईघाट बस्दै आएकी थिईन । तर भान्जी कृस्चिना पाहाड बिबाह खान गएको मौका पारी छोरी बेपत्ता भएको बुबाको भनाई छ । परिवारले छोरी हराएको भन्दै प्रहरीमा समेत निवेदन दिएको छ । परिवारले तिव्र गतिमा छोरी खोजिरहेको भएपनि अहिले सम्म फेला पर्न सकेको छ । सबै क्षेत्रबाट छोरी खोजिदिन आह्वा...
तिव्र गतिका कारण गाईघाटका एक युवाले गुमाए ज्यान , अर्को गम्भीर

तिव्र गतिका कारण गाईघाटका एक युवाले गुमाए ज्यान , अर्को गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २५ । मदनभण्डारी राजमार्गको गाईघाट–बेल्टार सडकखण्ड अन्तर्गत पर्ने असारीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवाले ज्यान गुमाएको छ । बिहिबार त्रियुगा नगरपालिका १३ असारी स्थित प्रदेश १–०५–००१–४०८५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्रियुगा नगरपालिका ११ पुरानो पेट्रोलपम्पका २२ वर्षिय किरण कटुवालले ज्यान गुमाएको हो । उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक कटुवाल सँगै पछाडि सवार त्रिनपा १० बाँसबारीका २१ वर्षिय सुनिल दाहाल गम्भिर घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको छ । उनलाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ । तिब्रगतिका कारण मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज सुन्दरश्याम पोखरेलले जनाए ।...
उदयपुरमा लागुऔषध र गाली बेईजती मुद्धाका २ फरार प्रतिवादी पक्राउ

उदयपुरमा लागुऔषध र गाली बेईजती मुद्धाका २ फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २४ । उदयपुरमा लागुऔषध र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने ईसाक राई र त्रिनपा–१३ पोर्ताहा बस्ने उजुरु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार मंगलबार जिप्रका र अप्रपोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालतले लागुऔषध मुद्धामा राईलाई २७ दिन कैद सजाय र गाली बेईजती मुद्धामा चौधरीलाई ५०० रुपैया जरिवाना तोकेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
आगलागीमा क्षती भएको रौतामाईका कृषलाई बिमा दाबी रकम भुक्तानी

आगलागीमा क्षती भएको रौतामाईका कृषलाई बिमा दाबी रकम भुक्तानी

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ माघ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय गाईघाटले गतवर्ष आगलागीबाट गोठसहित बाख्रा जलेर क्षती भएका रौतामाई वडा नं। ५ का एक कृषकलाई इन्स्योरेन्स वापतको रकम हस्तान्तरण गरेको छ । कृषक रौतारानी कृषि फर्मका मानबहादुर कटुवालको क्षती भएकोमा बाख्राको १२ लाख ६१ हजार र गोठको ८ लाख ५० हजार रुपैया इन्स्योरेन्स रकम भुक्तानी दिएको हो । हिजो एक कार्यक्रमको आयोजना गरी पालिका अध्यक्ष विरेन्द्र कुमार मगर, पशुसेवा शाखा प्रमुख चुडाराज थापा, वडाध्यक्ष पाण्डब राईको उपस्थितिमा कृषकलाई चेकमार्फत रकम हस्तान्तरण गरेको इन्स्योरेन्स शाखा प्रमुख डिवि कटुवालले बताए । उक्त अवसरमा शाखा प्रमुख कटुवालको अध्यक्षतामा विमा सचेतना कार्यक्रमसहेत भएको थियो ।...
ओखलढुँगा साईकल प्रतियोगितामा जुनियर तर्फ उदयपुरको निमा प्रथम

ओखलढुँगा साईकल प्रतियोगितामा जुनियर तर्फ उदयपुरको निमा प्रथम

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, २३ माघ । ओखलढुँगामा भएको साईकल प्रतियोगिताको जुनियर तर्फ उदयपुरका निमा शेर्पा प्रथम भएको छ । जुनियर १८ वर्षभन्दा मुनिको प्रतियोगितामा ६ जना सहभागि थिए । निमा शेर्पा प्रथम, अश्विन खत्री दोस्रो र छिरिङ पासाङ शेर्पा तेस्रो भएको छ । उनीहरुले क्रमशः ५ मिनेट २० मिलीसेकेन्ड, ५ मिनेट ४ सेकेन्ड १३ मिलीसेकेन्ड र ५ मिनेट १४ सेकेन्ड १६ मिलीसकेन्डमा तोकिएको दूरी पार गरेका थिए । सोमबार सम्पन्न प्रतियोगिता विजेतालाई नगद सहितका पुरस्कार प्रदान गरिएको साईकल संघ ओलढुँगाका अध्यक्ष राम रत्न साक्यले बताए । साक्यका अनुसार प्रतियोगिताको इलिट महिला पुरुष दुवै तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।...
कंग सामुदायिक वन उपभोक्ता समूहको समितिमा हेरफेर, सचिवमा सम्भु खड्का

कंग सामुदायिक वन उपभोक्ता समूहको समितिमा हेरफेर, सचिवमा सम्भु खड्का

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ माघ । जोगिदहमा रहेको कंग सामुदायिक वन उपभोक्त समूहको समितिमा हेरफेर भएको छ । समितिको सचिव पदमा नयाँ पदाधीकारी समेटिएको छ । सरिना बि.क सचिव रहेको समितिमा हाल सम्भु खड्कालाई सचिवमा राखिएको छ भने कोषाध्यक्षमा सरिना बि.क लाई राखिएको छ । यता सरिना सार्कीलाई भने निर कुमारी सार्कीको ठाउँमा कोषाध्यक्षमा सारिएको छ भने निर कुमारीलाई सदस्यमा सारिएको छ । त्यस्तै समिति हेरफेरमा नयाँ सदस्य संकर सार्कीलाई नियुक्ती गरिएको छ । सगरमाथा विमान स्थल निर्माण क्षेत्रमा काटिएको काठ बेचबिखन र दर भाउ बारे उपभोक्तहरुले चरम संका गर्दै बिवाद चुलिएपछि काठ बिक्रि वितरणमा ढिलाई भएको थियो । उक्त काठ बेचेर मन्त्रालयलाई नै पठाउनु पर्ने भनिएपछि उपभोक्ताहरुले असन्तुष्टी जनाएका थिए । समुदायको बन मासेर काठ मन्त्रालय पठाउनु नहुने र नमिल्ने भन्दै उपभोक्ताहरु असन्तुष्टीको पक्षमा उभिएका थिए । उपभोक्ताहरुले भन...
गाईघाटमा दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र

गाईघाटमा दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र

Breaking News 1
पूर्णपुष्टि, २३ माघ । गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा यहि फागुन १ देखी हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार हाल निर्माण तयारी सँगै प्रचार प्रसारको काम भैरहेको छ । महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी बढाईएको छ । महोत्सवलाई त्रियुगा नगरपालिकाले समन्वय गरेको छ भने नेपाल उद्योग माहासंघले काठमाण्डौँले प्रवद्र्धक गरेको छ ।...
उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जना पक्राउ

उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ २३ । उदयपुरमा काठ बोकेको ट्रक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बिरगञ्ज मनपा–१० बस्ने ३६ बर्षीय बलराम गिरी र ताप्लेजुङ फुङ्लिङ नगरपालिका–३ बस्ने २३ बर्षीय राजेश सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार सोमबार चौनपा–६ स्थितमा काठ बोकेको ट्रक सहित उनिहरुलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले ताप्लीबाट इनरुवा तर्फ जादै गरको ना.५ ख १५१ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा लोड भएका अन्दाजी ५ पाँच सय क्यू. फिट उत्तिस जातको गोलिया काठमा टाँचा नलगाई आवश्यक कागजाँच समेत नभएको अवस्थामा ट्रक चालक गिरी र सह चालक सुनुवारलाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । उक्त काठ सहित नियन्त्रणमा लिई ईप्रका बेल...
स्तन क्यान्सर पीडित बोक्सेकी मनमायालाई अटो व्यवसायीहरुको आर्थिक सहयोग

स्तन क्यान्सर पीडित बोक्सेकी मनमायालाई अटो व्यवसायीहरुको आर्थिक सहयोग

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ माघ । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेकी मनमाया मगर क्यान्सरले थलिएकी छिन् । उनि एक बर्षदेखी स्तन क्यानसरबाट पिडित छिन् । आर्थिक अवस्था कम्जोरका कारण उपचारमा असज भोगिरहेकी मगरलाई गाईघाटका अटो व्यवसायीहरुले आर्थिक सहयोग गरेको छ । ५५ वर्षीया मनमाया क्यान्सरले थलिएपछि निरन्तर उपचार हुँदै आएको छ । तर आवश्यक खर्चको अभावमा उपचार उत्ति सहज नभएको परिवारको भनाई छ । हाल चितवनको भरतपुरस्थित क्यान्सर हस्पीटलमा उपचाररत उनलाई गाईघाट बोक्से अटोव्यवसायी समूहले ६ हजार १ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्ने कुरालाई आत्मा साथ गर्दै अटो व्यसायी सर्वधन राईले आफुहरुको सानो सहयोग क्यान्सर पिडित मनमायालाई हस्तान्तरण गरेको जनाए । कसैको जीवन बाँच्छ भने सुरक्षित यात्रा मात्र नभई सामाजिक सहयोगका लागि पनि तत्पर छौँ राईले भने, । राईका अनुसार यसअघि...
उदयपुर एक्स्पो २०८० धुमधामका साथ सम्पन्न

उदयपुर एक्स्पो २०८० धुमधामका साथ सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, २३ माघ । उदयपुर एक्सपो २०८० सोमावार सम्पन्न भएको छ । गाईघाट स्थित त्रियुगा नदीमा संञ्चालन भएको एक्स्पो १२ दिन पछि समापन गरिएको हो । माघ ११ देखी सुरु भई १४ गते बाट औपचारिकता पाएका मेला सफलता पूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । जिल्ला उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा संञ्चालित मेलाले स्थानीय व्यपारीहरुको लागि बिषेश स्टलको र व्यपारको व्यवस्था गरेको थियो । सँगै अन्य जिल्ला बाहिरबाट पनि ब्यपारीहरु सहभागी भई आम्दानी गर्न सफल भएको छ । मेलामा रैथाने सामाग्री र परिकार, खेलकुद, मनोरञ्जन र ब्यपारलाई बिषेश प्राथामिकता दिईएको थियो । दुई दर्जन बढी राष्ट्रिय कलकारहरुलाई मेलामा सहभागी गराई दर्शकहरुलाई मनोरञ्जनमा सहभागी गराउनुका साथै मेलाको रौनकतामा बिषेश जोड दिईएको थिायो । समय थपेर २६ गते सम्म लगाउने भनिएको मेला थकान र धेरै खटानका कारण स्थगित गर्नु परेको आयोजकले जनाएको छ । मेला जिल...