दोस्रो वडा अध्यक्ष गोल्डकप 7A साईड फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबलाई
पूर्णपुष्टि, माघ २७ । दोस्रो वडा अध्यक्ष गोल्डकप साईड 7A फुटबल प्रतियोगिताको उपाधि दुधौली फुटबल क्लबले जितेको छ । शनिबार भएको फाईनल खेलमा दुधौली फुटबल क्लब सिन्धुलीले ताल तलैया फुटबल क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
त्रियुगा नगरपालिका वडा नं १० नयाँ बस्ति स्थित गंगा खेल मैदानमा भएको खेल निर्धारित समयमा गोल रहित बराबरी भएपश्चात खेल टाईब्रेकरमा परिणत भएको थियो । टाईब्रेकरमा दुधौली फुटबल क्लबले ताल तलौया फुटबल क्लबलाई हराउँदै उपाधिमाथि कब्जा गरेको हो । दुधौलीका लागी जर्सि नं ८ का सुनिल खड्का, जर्सि नं ५ का बिशाल भण्डारी, जर्सि नं १३ का अक्सय दनुवार र अनिस रोक्काले गोल गरे भने दुधौलीका लागी सबिन घिमिरे र सिजल राईले मात्र गोल गर्न सफल भए ।
विजेता क्लब दुधौलीले मेडल, ट्रफी र प्रमाण पत्र सहित नगद १ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गरेका गरे । प्रतियोग...









