बिज्ञापन बोर्डका अध्यक्ष हुमागाई र उदयपुरका पत्रकारहरु बिच गाईघाटमा भेटघाट तथा छलफल
पूर्णपुष्टि, पुष ३
नेपाल सरकार बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई र उदयपुरका पत्रकारहरु बिच शनिवार गाईघाटमा भेटघाट तथा छलफल कार्यक्रम भएको छ । बिभिन्न जिल्लाहरुमा बोर्डले गरेको काम कार्वाही प्रति हुलाक कार्यालय तथा पत्रकारहरु सँग प्रतिक्रिया लिने क्रममा खोटाङ हुँदै उदयपुर आईपुगेका हुमागाईले जिल्ला हुलाक कार्यालयमा पत्रकारहरु बिच आफ्नो धारणा राख्दै भेटघाट तथा छलफल गरेको छ ।
हुमागाईले पछिल्लो समय बोर्ड स्थापना पश्चात बिज्ञापन सम्बन्धि निति नियमहरुको कामलाई व्यवस्थित गरेको जनाएको छ । बोर्ड आएपछि पत्रकारहरुलाई सहज भयो भएन सहजीकरणको लागि के गर्न सकिन्छ जस्तो प्रश्नहरु लिएर अध्यक्ष हुमागाई बिभिन्न जिल्लाहरुमा गुमिरहेको छ ।
हुमागाईले बोर्डले हाल सम्म बिज्ञापनको व्यवस्था, बिज्ञापन बजार बढाउने व्यवस्था, बिधुतिय माध्यमहरुको भुक्तानि सम्बन्धि प्रक्रिया सुरु, सरकारको बिज्ञापन एकद्ध्वा...









