उत्पादन क्षमता बृद्धीका लागि उदयपुर सिमेन्ट उद्योगले अघि सार्यो दुई नयाँ योजना
पूर्णपुष्टि, कार्तिक १७
देशकै सबैभन्दा ठुलो उदयपुर सिमेन्ट उद्योगले उत्पादन क्षमता बृद्धीलाई प्राथामिकता दिँदै नयाँ दुर्ई योजना अघि सारेको छ । सरकारी स्वामित्वका देशकै ठुलो उद्योगले अब थप उत्पादन क्षमता बृद्धी गर्ने भन्दै दुई योजनाका साथ उद्योग अघि बढेको बताए ।
पुराना मेसिन र प्रविधिबाट सञ्चालन हुँदै आएको उद्योगले क्षमताअनुरुप सिमेण्ट उत्पादन गर्न नसकेपछि व्यवस्थापन पंक्षले नयाँ प्रविधि भित्र्याई पुर्ण क्षमतामा सञ्चालन गर्ने योजना अघि सारेको हो । कतिपय मेसिन र प्रविधि झण्डै तीन दशक अघिकै रहेकाले उत्पादनमा क्रमश ह्रास आउन थालेपछि ‘मर्मत संभार तथा अपग्रेडिङ्ग अभियान अन्तर्गत नयाँ योजना अघि सारेको महाप्रबन्धक गोपीकृष्ण न्यौपानले बताए ।
क्लिन सेलमा आएको खरावीलाई परिवर्तन गर्ने र रिइन्फोर्समेण्ट सस्पेन्सन प्रिहिटर सिष्टम जडान गर्ने गरी उद्योगले नयाँ योजना अघि सारेको हो । त्यसका लागि उद्...







