हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न
पूर्णपुष्टि, पुष २७
बिभिन्न अबरोध र समस्यालाई झेल्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले छैँटौ बार्षिक साधारण सभा, अधिवेशन सँगै समिति चयनको काम सोमवार सम्पन्न गरेको छ । लामो समय सम्म विवादमा झेलिएको संघलाई संस्थागत बनाउन रमेश रसाईलीको नेतृत्वमा १२ सदस्यीय तयार भएको छ । केहि व्यक्तिहरुले साधारण सभा तथा अधिवेशनलाई असफल बनाउन अन्तिम सम्मै लागि परेपनि हजारौँ व्यवसायीहरुले साधारण सभा तथा अधिवेशनलाई साथ दिएको संघका वर्तमान अध्यक्ष रमेश रसाईलीले बताए ।
रसाईलीले अधिवेशन असफल बनाउन व्यवसायीहरु नभई व्यक्तिहरु लागि परेको भन्दै कुनै पनि क्षेत्रमा सामान्य तया यस्तो समस्या आउन स्वभाविक रहेको बताए । रसाईलीले यो व्यवसायीहरुको निष्पक्ष छाता संगठन रहेको हुँदा यहाँ व्यवसायीले अधिवेशनलाई साथ दिएमा अरु कुनै व्यक्तिहरुले प्रभाव नपार्ने बताए । उनले आफुले संघको नेतृत्व गर्दै गर्दा आउने दिनमा संस्था र व्य...









