Friday, May 15News That Matters

आर्थिक

कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

कोरोनाको कारण सिभिल बैँक गाईघाट शाखाले वडा कार्यालयबाटै बाँडे बृद्ध भत्ता

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ ५ सिभिल बैँक गाईघाट शाखाले कोरोना रोकथाम तथा नियन्त्रणलाई सहयोग पुराउँदै बृद्ध बृद्धाहरुलाई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बापतको बृद्ध भत्ता वितरण गरेको छ । बैँकले त्रियुगा नगरपालिका वडा नं ८ र ९ मा गएर बृद्ध भत्ता वितरण गरिरहेको बैँकका कर्मचारी दिल कटुवालले जानकारी दिए । बैँकमा धेरै भिँडभाँड हुने र कोरोना संक्रमण फैलिन सक्ने भन्दै सम्बन्धित वडाको पायक पर्ने ठाउँमा स्वास्थ्यको मापदण्ड र सामाजिक दुरीको समेत प्रयोग गरी भत्ता वितरण गरेको कटुवालले जानकारी दिए । यसरी वडामै भत्ता वितरणले जेष्ठ नागरिकहरुमा समेत सहज सम्मान पुग्नुका साथै बैँक आउन झन्झटीलो समेत नभएको बताए । बैँकले हिजो ८ नं वडामा वितरण गरिसकेको छ । आज ९ मा गर्ने जनाएको छ । भत्ता वितरण कार्यक्रममा बैँकका शाखा प्रमुख संजय सिग्देल सहित ४ जना खटिएको छ । भत्ता सम्बन्धित वडा सँग समन्वय गरी काम गरि वितरण ग...
१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

१५ वर्षदेखि घाँस बेच्दै चौधरी दम्पत्ती, पक्कीघर बनाउन नियमित बचत

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, माघ २ उदयपुरको त्रियुगा नगरपालिका–२ मोथियाहीका रामविलास चौधरीले घाँस बेचेर नियमित बचत गरिरहनु भएको छ । चौधरीले एकाविहानै गाईघाट बजारमा हरियो घाँस बेचेर दैनिक पाँचसय रुपैया बचत गर्दै आएको डेडवर्ष भयो । उहाँले घाँस बेच्न थालेको पन्ध्रवर्ष जति भइसके पनि बचतको ज्ञान भने डेडवर्ष अघिदेखि हो । गाउँकै एक सहकारी संस्थामा उहाँले नियमित बचत गर्दै आउनु भएको छ । आप्mनै छोराछोरीले बचतको ज्ञान दिएको उहाँले बताउनुभयो । “मैले घाँस बेचेर पैसा बचत गरेको एकवर्ष र आधा भयो” उहाँले भन्नुभयो –“बचत पैसाले पक्की घर बनाउने सोच छ ।” बचतले उहाँलाई काममा अझ उत्साह, विश्वास ल्याएको छ भने भविष्यप्रति ढुक्कता छ । घाँस बेचेको पैसाले उहाँलाई दैनिक पाँचसय बचत गर्न मात्र हैन खाद्यन्न तथा अन्य दैनिक उपभोग्य सामानहरु खरिद गर्न पुग्छ । छोराछोरीको पढाई, घरखर्चमा राम्ररी टेवा पुगेको छ । हरेक दिन एकाविहानै ३ः०० बजे ...
हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

हजारौँ व्यवसायीहरुको सहभागितामा त्रियुगा उद्योग बाणिज्य संघको साधारणसभा तथा अधिवेशन सम्पन्न

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २७ बिभिन्न अबरोध र समस्यालाई झेल्दै त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले छैँटौ बार्षिक साधारण सभा, अधिवेशन सँगै समिति चयनको काम सोमवार सम्पन्न गरेको छ । लामो समय सम्म विवादमा झेलिएको संघलाई संस्थागत बनाउन रमेश रसाईलीको नेतृत्वमा १२ सदस्यीय तयार भएको छ । केहि व्यक्तिहरुले साधारण सभा तथा अधिवेशनलाई असफल बनाउन अन्तिम सम्मै लागि परेपनि हजारौँ व्यवसायीहरुले साधारण सभा तथा अधिवेशनलाई साथ दिएको संघका वर्तमान अध्यक्ष रमेश रसाईलीले बताए । रसाईलीले अधिवेशन असफल बनाउन व्यवसायीहरु नभई व्यक्तिहरु लागि परेको भन्दै कुनै पनि क्षेत्रमा सामान्य तया यस्तो समस्या आउन स्वभाविक रहेको बताए । रसाईलीले यो व्यवसायीहरुको निष्पक्ष छाता संगठन रहेको हुँदा यहाँ व्यवसायीले अधिवेशनलाई साथ दिएमा अरु कुनै व्यक्तिहरुले प्रभाव नपार्ने बताए । उनले आफुले संघको नेतृत्व गर्दै गर्दा आउने दिनमा संस्था र व्य...
पुष  २६ र २७संघको साधारण सभा तथा अधिवेशन सफल बनाउन व्यवसायीहरुलाई अध्यक्ष रसाईलीको अनुरोध

पुष २६ र २७संघको साधारण सभा तथा अधिवेशन सफल बनाउन व्यवसायीहरुलाई अध्यक्ष रसाईलीको अनुरोध

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २३ त्रियुगा उद्योग बाणिज्य संघको कार्यवाहक अध्यक्ष रमेश रसाईलीले यहि पुष २६ र २७ गते हुन गईरहेको माहाधिवेशनलाई सफल बनाउ सम्पूर्ण उद्योग, व्यवसायी, व्यापारीहरुमा अनुरोध गर्नुभएको छ । रसाईलीले बिभिन्न बाधा अड्चन र समस्याका बावजुत पनि संघले यहि पुष अन्तिममै साधारण सभा तथा अधिवेशन सकाउने हिसावले काम गरिरहेको भन्दै सबैलाई अधिवेशनमा सहभागी भई सफल बनाउन अनुरोध गर्नुभयो । संघले साधारण सभा साथै अधिवेशन समेत गर्ने गरी कार्यक्रम अघि सारेको अध्यक्ष रसाईलीले जनाउनुभयो । उहाँले अबको संघ पहिलाको जस्तो अलपत्र नपर्ने र व्यपारी व्यवसायीहरुलाई नितिनियम बिहिन नबनाउने गरी अघि बढ्न साधारण सभा तथा अधिवेशन गर्न लागिएको जनाउनुभयो । साथै संघलाई चलायमान र मजबुद बनाउन साधारण सभा तथा अधिवेशन सँगै बिधिगत कार्यसमितिको समेत चयन गर्नु पर्ने भएकाले सबैको अमुल्य सहभागी तथा साथ सहयोगको आवश्यक ...
सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट

Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष २० सुनको भाउमा आज भारी गिरावट भएको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । हिजो तोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार ९ सय रुपैयाँले घटेर ९२ हजार २ सय रुपैयाँ पुगेको हो । त्यसैगरी चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
मुक्तिनाथ विकास बैंकको आज १६ औं वार्षिकोत्सव, विविध कार्यक्रमका साथ सेवा विस्तार

मुक्तिनाथ विकास बैंकको आज १६ औं वार्षिकोत्सव, विविध कार्यक्रमका साथ सेवा विस्तार

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १९ । मुक्तिनाथ विकास बैंक लिमिटेड आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । सो अबसरमा बैंकको उदयपुरस्थित गाईघाट शाखाले शुभकामना आदान–प्रदानसहित बोर्षिकोत्सव मनाएको छ । शाखा अन्तर्गतका सेवाग्राही, बैंक कर्मचारी र जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरुसंग शुभकामना आदान–प्रदानसहित वार्षिकोत्सव मनाइएको शाखा प्रवन्धक विनोदजंग थापाले बताए । आज, बैंकको केन्द्रिय कार्यालय र देशभरका विभिन्न शाखाहरुले वार्षिकोत्सव मनाएसंगै ३२ वटा नयाँ शाखाको उद्घाटनसमेत गरेको जनाएको छ । बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गका अनुसार बैंकले वटा शाखाको उदघाटन भयो । डिजिटल माध्यमद्धारा एकैसाथ ३२ वटै ठाउँमा केन्द्रीय कार्यालयबाट उद्घाटन भयो । बैंकका अध्यक्ष भरतराज ढकालले उद्घाटन गरेका हुन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ५ वटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ ...
सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

सुनचाँदी ब्यवसायीहरु साधारणसभाको पक्षमा, विनात्रास, स्वतन्त्रपुर्बक काम गर्ने अधिकारका लागि एकजुट

Breaking News 1, आर्थिक, समाचार
पूर्णपुष्टि (उदयपुर), पुस १४ । उदयपुर सुन चाँदी ब्यवसायी संघले व्यवसायीहरुलाई विना त्रास, स्वतन्त्रपूर्वक काम गर्ने वातावरणको माग गरेको छ । संघले आज सुन चाँदी ब्यवसाय सम्बन्धी बर्तमान अवस्था अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै यस्तो माग गरेको हो । ब्यवसायीहरुले संघको केन्द्रिय सह कोषाध्यक्षसमेत रहेका त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका कार्यवाहक अध्यक्ष रमेश रसाईलीको सुनचाँदी पसल रुजल ज्वेलर्समा एक्कासी छापा हानेको घटनालाई अर्थपूर्ण ढंगले हेरिएको बताएका छन् । संघको गरिमा तथा तमाम् ब्यापारी, ब्यवसायी हितमा रहेर लडिरहेका रसाईलीकै पसलमा एक्कासी छापा मारिनुले पूर्वाग्रही ढंगले उजुरी गरिएको आरोप उनीहरुको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान जो कोहीलाई गर्नु पाउनु स्वभाविक भएपनि रसाईली कै पसललाई मात्र टार्गेट गरिनु अहिलेको अवस्थामा शंकास्पद अवस्थामा हेरिएको उनीहरुले बताए । यसले ...
प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

प्रविधिमा छलाङ मारेको एनएमबी बैँकको दाबी, अब विदेश बाटै पनि खाता खोल्न सकिने

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, पुष १३ आफुहरु अन्य बैँकहरु भन्दा बढी प्रविधिमय रहेको एनएमवी बैँकले दावी गरेको छ । ग्राहकहरुलाई सहज र छिटोका लागि प्रविधिलाई जोडेर प्रविधिमय बनेको जनाएको छ । एनएमवी बैँकका १ नं प्रदेश प्रमुख उत्सव घिमिरेले मंगलबार गाईघाटमा पत्रकारहरु सँगको भेटघाटमा पछिल्लो समय सहज र छिटोका लागि प्रविधिमा खेल्न सक्नु पर्ने भन्दै एनएमवी बैँक त्यो प्रविधिमा उत्कृष्ट रहेको जनाए । घिमिरेले पछिल्लो समय बिदेशमा रहेको नेपालीहरुले समेत एनएमवीमा अनलाईन फर्म मार्फत खाता खोल्न सकिने जनाएको छ । बिदेश बाट पैसा पठाउँन नेपालीहरुले बिभिन्न समस्या खेप्दै आएको र गैरकानुनी रुपमा हुण्डी लगायत माध्यम बाट पैसा पठाउँदा ठगिने जस्ता क्रियाकलापहरुलाई मध्येनजर गर्दै ग्राहकहरुको विश्वासनियतामा एनएमवी पछिल्लो समय जोडिएको घिमिरेले बताए । एनएमवी बैँकलाई ग्राहक सम्म पुग्नु एटिएम, डेविट कार्ड, क्रेटिट कार्ड, क्युआर कोर्...
काठमाडौंमा “लिम्चुङबुङ रेस्टुरेन्ट” उद्घाटन

काठमाडौंमा “लिम्चुङबुङ रेस्टुरेन्ट” उद्घाटन

Breaking News 1, आर्थिक, पर्यटन, समाचार
पूर्णपुष्टि (काठमाडौं), पुस १० । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको नामको प्रवद्र्धनसमेतका लागि देशको राजधानी काठमाडौंमा एक रेस्टुरेन्टको नाम “लिम्चुङबुङ रेस्टुरेन्ट” राखिएको छ । काठमाडौंको जम्बुडाँडाछेउ गोठाटारमा “लिम्चुङबुङ रेस्टुरेन्ट” सञ्चालन गरिएको हो । लिम्चुङबुङ वडा नं. २ की साया राईले सञ्चालन गरेको सो रेस्टुरेन्टको उद्घाटन लिम्चुङबुङ पालिका अध्यक्ष मेजरकुमार राईले आज गर्नुभयो । उद्घाटन गर्दै उहाँले लिम्चुङबुङ पालिकाको नाम देशैभर चिनाउने अभियानमा यसले पनि टेवा पुर्याएको बताउनुभयो । यो पालिकाबासीको प्रगतिको प्रसंशा गर्दै उहाँले रेस्टुरेन्टको नाम आप्mनै पालिकाको रोजेकोमा धन्यावाद ज्ञापन गर्नुभयो । लिम्चुङबुङ कृषि र पर्यटनको हिसावले अगाडी बढाउदै गरेको पालिका भएकाले पालिकाबासीको यस्तो सिर्जनसिल कामले टेवा पुग्ने बताउनुभयो । रेस्टुरेन्टको कारण पनि अव काठमाडौंमा लिम्चुङबुङको नाम फैलन...
चौदण्डीका नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुबाट आफ्नो तलब कटाएर मृगौला पिडित निशानलाई सहयोग

चौदण्डीका नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुबाट आफ्नो तलब कटाएर मृगौला पिडित निशानलाई सहयोग

Breaking News 1, आर्थिक, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, पुष ९ चौदण्डी नगरपालिकाका मेयर, उपमेयर तथा कर्मचारीहरुले मृगौला पिडित निशानलाई आफ्नो तलब कटाएर उपचार खर्च सहयोग गरेको छ । चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई, उपमेयर रिता कुमारी चौधरी, प्रशासकीय अधिकृत धुर्वराज आचार्य लगायत कर्मचारी तथा जनप्रतिनिधिले मृगौलाले थलिएको निशानलाई उपचार खर्च सहयोग गरेको हो । चौदण्डीगढी नगरपालिकाकाका कर्मचारी तथा जनप्रतिनिधिहरुबाट ३७ हजार भन्दा बढी आर्थिक सहयोग जुटाएर बिराट नर्सिङ अस्पतालमा उपचार सहयोग खर्च पठाएको बिरामी निशानको बुबा जिवन राईले बताए । राईले सहयोगी सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुलाई हार्दिक धन्यवाद दिँदै अन्य क्षेत्रहरुबाट पनि थप सहयोगको अपेक्षा गरेको जनाए । उनिहरुले आफ्नो महिनावारी बापतको तलब कटाएर उपचार खर्च सहयोग गरेको जनएको छ ।...