Sunday, June 28News That Matters

आर्थिक

शेयरबजारमा २ घन्टा कारोबार हुने

शेयरबजारमा २ घन्टा कारोबार हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ३० गते ।  लकडाउनले बन्द रहेको शेयरबजार अव २ घण्टा कारोबार हुने गरी खुलेको छ । सरकारले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेपछि केही शर्तसहित शेयरबजार विहान ११ बजेदेखि १ बजेसम्म कारोबार हुने गरी खुलेको हो । लकडाउनले बन्द रहेको शेयरबजार ५० दिनपछि खुलेको नयामक निकाय धितोपत्र बोर्डले जनाएको छ । अब शेयर कारोबारमा २ प्रतिशतको वृद्धि आउने बित्तिकै सर्किट ब्रेक लाग्नेछ । प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने छ । कारोबार आदेश प्रविष्ट गर्दा २ प्रतिशतसम्म परिवर्तन हुनसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको बोर्डले जनाएको छ । चैत ९ गतेसम्मको कारोबारमा नेप्से १२ सय ५१ दशमलव ४५ विन्दुमा रहेको छ ।...
आउदो बजेटमा कर नबढ्ने

आउदो बजेटमा कर नबढ्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख २८ गते । आउँदो बजेटमा कोरोनाले थच्काएको आर्थीक स्थितिलाई उकास्ने गरी कार्यक्रम आउने अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बताएका छन् । राष्ट्रिय सभामा आर्थिक वर्ष २०७७÷७८ को विनियोजन विधेयक र बजेटका प्राथमिकता प्रस्तुत गर्दै कोरोनाले थच्काएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताएका हुन् । कोरोनाको प्रभा कम गर्न गहन जिम्मेवारी गरेको र चुनौती पन्छाउँदै नेपाललाई समृद्धिको बाटोमा र्डोयाउने गरी बजेट आउने मन्त्रि खतिवडाको दाबी छ । अन्तर्रा्ष्ट्रिय उडान बन्द गर्नुपरेको, सिमानाको आवागमन बन्द गरेको, आन्तरिक आवागमनमा रोक लगाउँदा मानवीय क्षति नभएको र संक्रमित कम नै रहेको तर अर्थतन्त्रमा भने ठूलो असर गरेको जनाईएको छ । बजेटमा खास गरी नागरिकले सहज र सुलभ स्वास्थ्य सेवा पाउने कुरालाई जोड दिइने छ । व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आ...
कतारले डिपोर्ट गरेर नेपाल पठाएका श्रमिकको तलब पठायो

कतारले डिपोर्ट गरेर नेपाल पठाएका श्रमिकको तलब पठायो

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख २७ गते ।  गत मार्चमा कतार सरकराले डिर्पोट गरेर नेपाल पठाएका नेपाली श्रमिकले तलब पाउने भएको छ । अल ब्याण्डरी इन्जिनियरीङ ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा कार्यरत ८४ जना र अलुमुनियम गल्फ रे कम्पनीमा कार्यरत १० जना नेपाली श्रमिकले तलब लगायत नियमानुसार पाउन बाँकी रकम पाउने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । सबैको तलब ३ लाख ४६ हजार ३ सय २० कतारी रियाल र काम गरेबापतको उपदान (ग्राचुइटी) २६ हजार ८ सय १ रियाल हुन गएको र उक्त रकम नेपाल पठाइसकेको दूतावासले जनाएको छ । दूतावासको समन्वयमा ती कम्पनीबाट पाउनु पर्ने रकम प्राप्त गरी गएको अप्रिल २२ गते नै टीटी गरी कन्सुलर सेवा विभाग काठमाण्डौमा पठाइसकेको दूतावासले जनाएको छ । त्याहाका प्रहरीले नेपालीलाई कोरोना जाँच गर्ने भनेर एक हप्तासम्म हिरासतमा लिएका थिए । पछि तलब र पाउनुपर्ने सेवासुविधा केही नदिएर डिपोर्ट गरेर न...
दिवसको अवसरमा त्रियुगा नगरपालिकाको विशेष घोषणा

दिवसको अवसरमा त्रियुगा नगरपालिकाको विशेष घोषणा

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १९ गते ।  उदयपुरको त्रियुगा नगरपालिकाले एक सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरुको लागि निःशुल्क खता खोली दिने भएको छ । नगरभित्र रहेका मजदुरहरुलाई लक्षित गरी निःशुल्क खाता खोली दिने नगरले घोषणा गरेको हो । ‘एक श्रमिक एक निःशुल्क खाता, विपद्का बेला हामी छौँ साथ’ भन्ने नाराका साथ विशेष राहत प्याकेजको घोषणा गरेको मेयर बलदेव चौधरीले बताए । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीले सबैभन्दा ठुलो क्षति श्रमिक वर्गमा परेको छ । यति बेला स्थानिय सरकारको हैसियतले नगरभित्रका श्रमिकहरुको थप टेवा पु¥याउन निःशुल्क बैंक खाता सञ्चालनमा ल्याउने घोषणा गरेको उनले बताए । प्रत्येक मजदुरको नममा नगरले एक सय रुपैयाँ बराबरको बैंक खाता खोली दिने भएको छ । नगर भित्र कार्यरत असंगठनित मजदुरहरु (डकर्मी, सिकर्मी, सबै किसिमका चालक, कृषी मजदुर, ठेलागाडा, रिक्सा चालकलगायत...
सरकारले कर तिर्ने समय बढ्यो

सरकारले कर तिर्ने समय बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १८ गते ।  सरकारले लकडाउनका कारण परेको समस्यालाई मध्ये नजर गर्दै कर तिर्ने समय थप गरेको छ । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्ले पारित गरेको कार्यविधि अनुसार अब धेरैजसो कर असार मसान्तसम्म तिर्दा जरिबाना नलाग्ने भएको छ । यसअघि वैशाख २५ गतेसम्म तिर्नु पर्ने सबै शीर्षकका करको समय सरकाले बढाएको छ । करको सुचि तल हेर्नुस्  ...
नेपालीको आय एक वर्षमा ९ हजार बढ्यो

नेपालीको आय एक वर्षमा ९ हजार बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १७ गते ।  नेपालीको पछिल्लो एक वर्षमा औसत आय झण्डै ९ हजार रुपैयाँले बढेको छ । यो आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ अमेरिकी डलर अर्थात एक लाख २६ हजार ८५ रुपैयाँ पुगेको हो । यो गत आर्थिक वर्षको भन्दा आट हजार सात सय ५० रुपैयाँले बढी हो । गत आवमा नेपालीको प्रतिव्यक्ति आय एक लाख १७ हजार दुई सय ६७ रुपैयाँ थियो । प्रतिव्यक्ति आय कुल गार्हस्थ उत्पादनलाई आधार मानेर निकालिन्छ । यस वर्ष नेपालको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।...
नेपाललाई यूरोपेली संघले ९ अर्ब ८० करोड सहयोग गर्ने

नेपाललाई यूरोपेली संघले ९ अर्ब ८० करोड सहयोग गर्ने

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, बैशाख १६ गते ।  नेपाल सरकारलाई यूरोपेली संघले नौ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन संघले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो । कोरोनाको महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी यूरोको ‘टिम यूरोप प्याकेज’ स्थापना गरिएको नेपालमा रहेको यूरोपेली संघ प्रतिनिधिमण्डलले जनाएको छ । आगमी वैशाख २२ गते कोरोना विरुद्धको खोप विकास गर्न विश्वव्यापी रूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले अनलाइन प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।...
ब्याज भुक्तानीमा सहुलियत दिइने

ब्याज भुक्तानीमा सहुलियत दिइने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ गते ।  असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको ब्याजमा नेपाल राष्ट्र बैंकले सहुलियत दिने भएको छ । नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वक्तव्य जारी गरेर चौथो त्रैमासिकमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जनाएको हो । कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउने जनाएको छ । साना तथा मझौला उद्योग, पर्यटन र कोरोनाको प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी बैंकले प्रदान गरिने पुर्नकर्जा सहज ढङ्गले प्रवाह गर्न पुर्नकर्जा कार्यविधिमा संशोधन गर्ने जनाएको छ । यस्तै ६० अर्ब रुपैयाँको अहिलेको पुर्नकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाउने र बैंकिङ क्षेत्रबाट हुने कर्जा...
प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा २८ करोड ७८ लाख

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख १२ । प्रदेश १ सरकारले कारोना रोकथाम, नियन्त्रण र उपचारको लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. २८ करोड ७८ लाख ८६ हजार सात सय २५ रुपैयाँ जम्मा भएको छ । यो कोषमा प्रदेश सरकारले २५ करोड रकम जम्मा गरेको थियो । यो कोषमा विभिन्न संघसंस्था, वित्तिय क्षेत्र, उद्योगी, व्यवसायी, कर्मचारी लगायतले रकम जम्मा गर्ने क्रम जारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मुकुन्द प्रसाद निरौलाले जानकारी दिनुभयो । कोषबाट कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि १२ करोड ६ लाख खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत योग्य प्रसाद राईले जानकारी दिनुभयो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।...
४१ अर्बको खाद्यान्न आयात

४१ अर्बको खाद्यान्न आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १० गते ।  कृषिप्रधान देश नेपालमा वर्षेनी खाद्यान्न आयात बढ्दै गएको पाईएको छ । चालु आर्थिक वर्षको ९ महिनामा करिब ४१ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो । गत साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको यहि समयसम्मको तुलनामा ६१ करोड रुपैयाँले बढी आयात भएको हो । आयातीत खाद्यान्न मध्ये धान चामलको ठूलो हिस्सा रहेको छ । साउनदेखि चैत्रसम्म २६ अर्ब रुपैयाँ भन्दा बढीको धान चामल आयात भएको छ । १९ अर्ब ३२ करोड रुपैयाँको चामल, ५ अर्ब ६० करोड रुपैयाँको धान र ८४ करोड रुपैयाँको कनिकालगायत खाद्य वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।...