Saturday, August 15News That Matters

खेलकुद

२ दिने जिल्ला अन्तर पालिका बक्सिङ, तेक्वान्दो, कराते प्रतियोगिता सुरु

२ दिने जिल्ला अन्तर पालिका बक्सिङ, तेक्वान्दो, कराते प्रतियोगिता सुरु

खेलकुद, समाचार
गाईघाट/माघ, २ गाईघाटमा २ दिने जिल्ला स्तरीय बक्सिङ, तेक्वान्दो र सितोरियो कराते खेल शुक्रबार देखी बालमन्दीर मावि बोक्सेमा सुरु भएको छ ।  खेलको उद्घाटन त्रियुगा नगरपालिकाकी उप–मेयर देवी कुमारी चौधरीले शुक्रबार गर्नुभयो ।  खेलमा जिल्लाभरीका पालिकाहरुको सहभागी रहने भनिएता पनि नगरपालिकाहरुले मात्र सहभागी जनाएको छ भने गाउँपालिकाहरु बाट सहभागी हुन नसकेको आयोजकले बताएको छ । “स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने नाराको” साथ नगर खेलकुद विकास समिति, जिल्ला बक्सिङ संघ, र गाईघाट तेक्वान्दो डोजाङ सितोरियो करातेको संयुक्त आयोजनामा खेल सुरु भएको आयोजक समितिका सदस्य तथा कराते गुरु प्रकाश राईले बताउनुभयो । खेलमा तेक्वान्दो तर्फ चार ओटै नगरपालिकाहरुले सहभागी जनाएको छ भने करातेमा त्रियुगा नगरपालिका र कटारी नगरपालिकाले सहभागी जनाएको छ । यता बक्सिङमा भने त्रियुगा नगरपालिका गाईघाटले ...
सशस्त्रको पोल्टटामा जिल्ला स्तरिय भलिबल प्रतियोगीताको उपाधी

सशस्त्रको पोल्टटामा जिल्ला स्तरिय भलिबल प्रतियोगीताको उपाधी

खेलकुद, समाचार
उदयपुर, माघ २६ गते । खोटाङमा सम्पन्न पुरुष भलिबल प्रतियोगिताको उपाधि उदयपुरस्थित सशस्त्र प्रहरी बल नम्बर ५ गणले हात पारेको छ । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपािलका ३ छोरम्बु सापातेलमा सम्पन्न प्रतियोगितामा प्रथम स्थान हासील गर्दै एपीएफ उदयपुरले नगद १ लाखसहित शिल्ड प्राप्त गरेको हो । बिभिन्न ठाउँबाट कुल १६ टिम सहभागी रहेको प्रतियोगितामा सितला प्रावि खमारेले दोस्रो स्थान सम्हालेको थियो । प्रतियोगिताको तेस्रो स्थान भने दिप्रुङ चुईचुम्माकै याम्खाले सुरक्षित गरेको छ । प्रतिस्पर्धामा नेपाली सेना, नेपाल प्रहरीसहित तीन बिभागीय टोलीको पनि सहभागिता रहेको थियो । शान्ति निकेतन मिना कर्ण मावि सापातेलले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा विजयी एपीएफ उदयपुर र सितला प्रावि खमारेबीच प्रतिस्पर्धा भएको थियो । पहिलो सेटमा २५–१८ फराकिलो जित खमारेले हात पारेका थियो । त्यसलगतै आक्रामक प्रस्तुती दिएको...
विश्व वरीयताको शिर्ष स्थानमा नेपाली महिला भलिबल टिम

विश्व वरीयताको शिर्ष स्थानमा नेपाली महिला भलिबल टिम

खेलकुद, समाचार
माघ २२ गते । नेपाली महिला भलिबल विश्व वरीयताको शिर्ष एक सयमा पर्न सफल भएको छ । अन्तर्राष्ट्रिय भलिबल महासंघले सार्वजनिक गरेको वरीयतामा नेपाल ८७औँ स्थानमा परेको हो । नेपालको ५७ अङ्क छ । त्यस्तै भारत ९७ अङ्कसहित ५४औँ स्थानमा रहेको छ । ३ सय ९१ अङ्कसहित चिन विश्व वरीयताको शीर्ष स्थानमा रहेको छ भने त्यसपछि अमेरीका ३ सय ८२ अङ्कसहित अमेरिका दोस्रो स्थान र तस्रो स्थानमा ३ सय २८ अङ्क सहित ब्राजिल रहेको छ ।...
स्पेनिस ला लिगामा रियल मड्रिडको जित

स्पेनिस ला लिगामा रियल मड्रिडको जित

खेलकुद, समाचार
 माघ १९ गते ।  स्पेनिस ला लिगामा रियल मड्रिडले जित हात पारेको छ । घरेलु मैदान ईस्तादियो सान्टियागोमा भएको खेलमा रियल माड्रिडले एट्लेटिकोलाई १–० गोलले पछि पार्दै जित हात पारेको हो । खेल सुरु भएको ५६औँ मिनेटमा रियलका बेन्जिमाले एक गोल गरेको थियो । जुन गोल नै निर्णायक गोलसँगै जित हात पारेको थियो । २२ खेलबाट रियलको ४९ अङ्क छ भने एक खेल कम खेलेको बार्सिलोनाको ४३ अङ्क रहेको छ । रियलसँगको खेलमा हार व्यहोरेका एट्लेटिको २२ खेलमा ३६ अङ्क रहेको छ ।...
वडा नम्बर ३ ले तेस्रो मेयरकपसँगै ३ लाख जित्यो

वडा नम्बर ३ ले तेस्रो मेयरकपसँगै ३ लाख जित्यो

खेलकुद, समाचार
जयराम पूर्वछाने मगर बेलाका/माघ १४ गते । उदयपुरको बेलका नगरपालिकामा संचालन भएको तेस्रो मेयरकपसँगै तीन लाख हात पारेको छ । तेस्रो मेयरकप फुटबल प्रतियोगीताको मंगलबार भएको फाईनल खेलमा वडा नम्बर ४ लाई ०–३ गोललेपछि पार्दै जित हात पारेको हो । प्रथम मेयरकप प्रतियोतामा बेनपाका मेयर दुर्गाकुमार थापाले एउटै टिमले तेस्रो मेयर कपसम्म जिते तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस जितसँगै वडा नम्बर ३ ले तीनलाख नगद हात पार्न सफल भएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकु”मुल नाराको साथ बेलाका नगरपालिकाको सहययोमा नगर युवा तथा खेलकुद विकास समितिको आयोजना र सुनाखरी क्लवको सहआयोजनामा प्रतियोगीता भएको थियो । प्रतियोगीतामा नगरको ९ वटै वडाबाट १० टिमले सहभागिता जनाएको थियो । गत माघ ७ गतेबाट संचालन भएको आयोजकले जनाएको छ । वडा नम्बर ३ का जर्सि नम्बर १८ का कृष्ण शाहले पहिलो हापको ७ औँ मिन...
ढल्क्यो जोवनको उपधि वडा न.४ बसाहालाई

ढल्क्यो जोवनको उपधि वडा न.४ बसाहालाई

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/माघ ११ गते । उदयपुरको चौदण्डिगढीमा पहिलो पटक आयोजना भएको ढल्क्यो जोवन फुटबल प्रतियोगीताको उपाधि वडा न. ४ बसाहाले चुमेको छ । वडा न. ४ बसाहाले आयोजक टिम वडा न. ६ लाई १–४ गोल अन्तरले पछि पार्दै उपाधी चुमेको हो । चौदण्डिगढी नगरपालिका– ६ को सिरुवानी स्थिित कालिका माविको खेल मैदानमा शनिबार भएको फाईनल प्रतियोगितामा निर्धारित समय भित्र दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्रई बे्रकरमा परिणत भएको थियो । ट्रईब्रेकरमा बसाहाले आयोजक टिमलाई १–४ गोलले पछि पार्दै उपाधि चुमेको थियो । उपाधी चुमेका वसाहालाई नगद ५० हजार रुपैयाँ, ट्रफि, मेडल र पत्रमाणपत्रका साथा नगरप्रमुख खगेन्द्र राई र उप–प्रमुख रिताकुमारी चौधरीले सम्मान गरेको थियो । उपविजेता आयोजक टिमलाई नगद २५ हजार रुपैयाँ, ट्रफि, मेडल र पमाणपत्रका साथ सम्मानीत भएका थियो । प्रतियोगिताको उत्कृष्ठ खेलाडि आयोजक टिमका विरेन्द्र...
उदयपुरमा पहिलो फुटसल प्रतियोगीता सम्पन्न

उदयपुरमा पहिलो फुटसल प्रतियोगीता सम्पन्न

खेलकुद, समाचार
उदयपुर, माघ ११ गते । उदयपुरमा पहिलो पटक भएको फुटसल प्रतियोगीता शनिबार सम्पन्न भएको छ । सगरमाथा मोडेल स्कुलको आयोजनामा भएको प्रतियोगीता सम्पन्न भएको हो । “स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराको साथ सप्ताहिक कार्यक्रम अन्तरगत भलिबल, एथलेटिक्स, म्याम रेस र म्यूजिकल चियर खेलमा प्रतिस्पधा भएको थियो । विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गर्दै खेलको माध्येमबाट अगाडी बडाउने उद्देश्य रहेको सथरमाथा मोडेल स्कूलका प्रधानध्यापक पुरुषोतम सापकोटाले बताए । म्यूजिकल चियर प्रतियोगीतामा अभिभावकलाई समेत सहभागि गराएको उनले बताए । कार्यक्रममा १२ औँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता पुष्प विकलाई अभिन्दन गरेको थियो । त्यस्तै १ न. प्रदेशबाट रजत वजेता विद्यार्थी रोशन चोधरीलाई पुरस्कृत गरिएको प्रअ सापकोटाले बताए । प्रतियोगीताका विजेता उपविजेतालाई पदक र प्रमाण पत्रले ...
एकदिवसीय सिरीजको कप्तनमा क्विन्टन डी कक

एकदिवसीय सिरीजको कप्तनमा क्विन्टन डी कक

खेलकुद, समाचार
माघ ८ गते ।  दक्षिण अफ्रिकाको एकदिवसीय सिरीजका लागि क्विन्टन डी कक कप्तान नियुक्त भएको छ । फाफ डु प्लेसीलाई पछि पार्दै डी कक नयाँ कप्तामा बनेको हो । कप्तानीमा इङ्ग्ल्याण्डविरुद्धको सिरिजका लागि टिम घोषणा गरिएको छ । फाफ डु प्लेसीलाई इङ्ग्ल्याण्डविरुद्धको सिरिज बाहिर राखिएको छ । टिममा नयाँ लुथो सिम्पाला, कायल वेरिएन, सिसान्डा मगला, जानमेन मलनार र बिजोर्न फर्चुइन रहेका छन् । यस्तै कागिसो रबाडा गरी पाँच जनाले स्थान पाएका हुन् । तबरेज शम्सी, लुङ्गी एन्गिडी, जोन जोन स्मट्सले टिममा स्थान पक्का गरेपनि उनीहरुले पहिला फिटनेस टेस्ट पास गर्नुपर्ने छ ।...
माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने

माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने

खेलकुद, समाचार
उदयपुर, पुस २५ गते । ताप्लिमा आगमी माघमा अन्तर पालिका स्तरीय भलिव प्रतियोगीता हुने भएको छ । हिमालचुली क्लवको आयेजना र ताप्ली गाउँपालिकाको सहयोगमा आगामी माघ १३ गतेबाट प्रतियोगीता सुरु हुने भएको हो । हिमालचुली क्लब पिपलभञ्याङ्गको २५ औं वार्षीक उत्सव तथा रजत जयन्तिको अवसर प्रतियोगीता हुन लागेको  आयोजकले जनाएको छ । आगामी माघ १३ गतेदेखि १५ गतेसम्म संचालन हुने प्रतियोगीताको विजेतालाई नगद एक लाख ५० हजार रुपैयाँ र उपविजेतालाई नगद एक लाख रुपैयाँ र सान्तोनालाई नगद ५० हजार रुपैयाँका साथ सम्मान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन मुलुकका जुन सुकै पालिकाले पनि पाउने क्लवका अध्यक्ष टोपबाहदुर ठकुरीले बताए । प्रतियोगीतामा सहभागिताका लागि नाम दार्ता गराउँको लागि पालिकाको सिफारिस र सम्बन्धित पालिकाको मतदाता परिचय पत्र समेत ल्याउनुपर्ने उनले बताए । प्रतियोगीताको लागि टिम दर्ता आगामी मा...
स्पेनिस सुपरकपको फाईनलमा

स्पेनिस सुपरकपको फाईनलमा

खेलकुद, समाचार
पुस २५ गते ।  एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बार्सिलोनालाई ३–र्२ गोल अन्तरले पछि पार्दै मड्रिड फाइनलमा प्रवेश गरेको हो । गतराती भएको खेलमा मड्रिडका कोकी क्लिनिकले ४६औँ मिनेटमा, अल्भरो मोराटाले ८१औँ मिनेटमा र एन्जिल कोरियाले ८६औँ मिनेटमा गोल गर्दै टिमलाई फाईनलमा पु¥याएको थियो । बार्सिलोनाका लियोनल मेस्सीले ५१औँ र एन्टोनी ग्रिजम्यानले ६२औँ मिनेटमा गोल गरेका थिए । उक्त जित सँगै सुपर कपको उपाधिका लागि एट्लेटिकोले रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।...