Monday, May 12News That Matters

ट्रेन्डिङ

उदयपुरगढीमा माहाकाली भगवतीको मूर्ति स्थापना

उदयपुरगढीमा माहाकाली भगवतीको मूर्ति स्थापना

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, ६ कार्तिक उदयपुरको ऐतिहासिक स्थल उदयपुरगढीमा माहाकाली भगवतीको मुर्ति राखिएको छ । ऐतिहासिक तथा पुरातात्वीक महत्वो बोकेको उदयपुरगढीको पुननिर्माण तथा स्तरउन्नति कार्य सम्पन्न भए सँगै उक्त मूर्ति स्थापना गरिएको हो । सदरमुकाम गाईघाटबाट ३८ किलोमिटर उत्तर पश्चिमा र समुद्र सतहदेखि ११६० मिटरको उचाईमा रहेको उदयपुरगढी गाउँपालिका वडा नं ५ मा ऐतिहासिक उदयपुरगढीको पुननिर्माण भएसँगै गढीले पुरानो आकार समेत लिएको छ । करिव तीनकरोड ५० लाख रुपियाँयो खर्चमा पुननिर्माण गरिएको सो पुरानो गढीको आइतबार नेपाली सेनाका पूर्वि पृतना मुख्यालय ईटहरीका प्रमुख उपरथी आसवहादुर तामाङ् र उदयपुरगढी गाउँपालिकाका प्रमुख मानवहादुर केप्छाकी मगरले संयुक्त रुपमा एक समारोहकाबीच शीलालेख अनावरण गरी उद्घाटन गरेको छ । सोक्रममा पृतनापती तामाङले यस किसिमका गढिहरुको संरक्षण गर्नु नेपाली सेनाको संस्थागत दायित्व भएको बताउनु...
त्रियुगा नगर महोत्सवको सबै खेल सम्पन्न, कुन खेलको उपाधी कस्ले जित्यो ?

त्रियुगा नगर महोत्सवको सबै खेल सम्पन्न, कुन खेलको उपाधी कस्ले जित्यो ?

Breaking News 1, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, चैत्र १२ उदयपुर गाईघाट स्थित जारी त्रियुगा नगर महोत्सवको सम्पूर्ण खेल आज सकिएको छ । शुक्रबार देखी जारी महोत्सवमा बिभिन्न लोपनमुख खेलहरु सँगै स्वास्थ्य सिविरको पनि अयोजना गरिएको थियो । जिल्लाकै ठुलो नगरपालिका समेत रहेको त्रियुगा नगरपालिकाको २५ औँ बर्षको रजत महोत्सवको अवसरमा उक्त खेलहरु गराईएका थिए । गाईघाटको पूर्वपश्चिम वसपार्क स्थित खेलमैदानमा डोरी तनाई, डण्डी वियो, हण्डीफोर, म्युजिकल चियर, तातो आलु, भाले समाई लगायतको खेल खेलाईएको थियो । डोरी तनाई खेलमा बोक्सेको दुवै टिम प्रथम र दोस्रो भएका छन। बोक्से फ्युजन क्लव (ए) र फ्युजन क्लव (बी) बिच फाईनल प्रतियोगितामा (ए) ले उपाधी हात पारेको छ भने (बी) दोस्रो बनेका छन् । डोरी तनाईकै महिला तर्फ उदयपुर स्पोर्ट क्लव प्रथम भएका छन् । उनिहरुले त्रियुगा नगरपालिकाका महिला कर्मचारीहरुलाई हराउँदै प्रथम बनेको हो । डोरी तनाई...
जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन

Breaking News 1, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुर र सामुदायी रेडियो उदयपुर १०२ पोप्लो ४ मेगाहर्जको आयोजनामा सञ्चालित युवा महिला नेतृत्व विकास कार्याशाला तथा सरोकारवाला संगकोे अन्तरक्रिया कार्याक्रम आज सम्पन्न भएको छ । हिजो र आज गरी दुई दिने सञ्चालित अन्तरक्रिया कार्याक्रममा जिल्ला स्तरीय युवा महिला सञ्जाल उदयपुर गठन भएको छ । आठ वटै पालिकालाई समेटेर सञ्जाल गठन गरिएको छ । सञ्जालको संयोजकमा त्रियुगा नगरपालिकाका रञ्जु दनुवारलाई चयन गरिएको छ । त्यस्तै, सदस्यहरुमा त्रियुगाकै रेणुका चौधरी र अर्चना दनुवार रहेका छन् । चौदण्डीका आस्मा कार्की, बेलकाका पवित्रा राई र कटारीको पवित्रा दाहाल सदस्यमा चयन भएका छन् । उदयपुरगढीका सुस्मीता कार्की, ताप्लीका रेखा ज्यु ठकुरी र लिम्चुङबुङका सत्यकला राई सञ्जालका सदस्यहरु रहेका छन् ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Purnapusti TV, ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदै १८   मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको क्रममा उनको कोशी अस्पताल बिराटनगरमा  मृत्यु  भएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।...
उदयपुरको आँखा अस्पतालमा हरित अभियान

उदयपुरको आँखा अस्पतालमा हरित अभियान

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल आगामी पुस महिनाबाट सञ्चालनमा आउने भएको छ । आँखा अस्पताल परिषरमा रहेको पितृस्मरण स्थलको बार्षिक उत्सवमा व्यवस्थापन पंक्षले पुस महिनाबाट सञ्चालन गर्ने जानकारी दिएको हो । नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा रहेको उक्त अस्पतालको भौतिक पुर्वाधार सम्पन्न भैसकेको र अस्पताललाई चाहिने सबै उपकरण उपलब्ध भैसकेकाले उद्घाटन तयारीमा रहेको संघका सभापति तथा केन्द्रिय सदस्य भागवत राउतले जानकारी दिए । अस्पताल परिषरलाई गृनरी बनाने उदेश्यले संघको आह्वानमा आफ्ना पुर्वज पृतिको स्मरणमा त्यस क्षेत्रमा पाँच सय बढि विरुवा रोपिएको उनले बताए । आफ्ना पुर्वजको सम्मान पनि हुने र उहाँहरुको सम्झनामा केही गरे जस्तो देखिने साथै अस्पतालाई हरित बनाउन पनि मद्दत पुग्ने भएकाले अभियान सञ्चालन गरिएको उनले बताए । परिषर स्थलमा रोपिएका विरुवाको स...
पहिरोमा परेर ६ जनाको मृत्यु, २ अझै बेपत्ता

पहिरोमा परेर ६ जनाको मृत्यु, २ अझै बेपत्ता

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १८ पहिरोमा परेर छ जनाको ज्यान गएको छ, भने दुईजना अझै बेपत्ता छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ,–११ पकुवा र मोदी गाउँपालिका–५, अम्बोटमा पहिरोमा परी छ जनाको ज्यान गएको छ भने, दु्ई जना हराइरहेका छन् । पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय खटिएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।...
ढुंगाले किचेर ताप्लेजुङमा एक मजदुरको मृत्यु

ढुंगाले किचेर ताप्लेजुङमा एक मजदुरको मृत्यु

ट्रेन्डिङ, समाचार
पूणर्पुष्टि, भदौ १७ ताप्लेजुङ फुङलिङ नगरपालिका १० सिम्लेमा रहेको सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाऊपालिका १ का ४४ बर्षीय खग प्रसाद तामाङ रहेका छन् । आज दिउसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथीबाट ठुलो ढुंगा झरेर किच्दा घटनास्थलमानै मृत्यु भएको हो । उनि सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।...
खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १६ झापा अर्जुनधारा ४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद रु.४९ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको र लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।...