देश/विदेशका लागि खुसीको खबर : दिक्तेलबजारको सबैभन्दा नजिकको विमानस्थलको उडान परिक्षण सफल
पूर्णपुष्टि, फागुन १५ ।
खोटाङको मनमाया राई खानीडाँडा विमानस्थलको सफल उडान परिक्षण भएको छ । यो दिक्तेलबजारको सबैभन्दा नजिकमा पर्ने विमानस्थल हो । गतवर्षको जेठ १ गते पहिरोले क्षती पुर्याएपछि विमानस्थल अवरुद्ध बनेको थियो । पुनःमर्मत पछि यहि फागुन १३ गते गरिएको परिक्षण उडान सफल भएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणको सफल परिक्षणसंगै नियमित उडान भर्न सकिने भएको छ । अवका दिनमा नियमित उडान भर्नका लागि सम्बन्धीत निकायमा पहल थालिएको छ । खोटाङका प्रदेश सांसद रामकुमार राई “पासाङ” ले नियमित उडान भर्नका लागि पहल थालिएको बताउनुभयो ।
परिक्षण उडान विहान १०ः३० बजे खानीडाँडामा विमानस्थलमा अवतरण भएको थियो । परिक्षण उडानकै क्रममा सांसद राई र विमानस्थलको जग्गादातासमेत रहनुभएकी अर्का प्रदेश सांसद उषाकला राई पनि आउनुभएको थियो । साथै नेपाल बायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपराज ज्वारचन लगायतका टोली ...









