महिला सशक्त्तिकरण विना समृद्धि असम्भव – लेख
महिलाको लागि आउने बजेट केवल टाठाबाठा महिलासम्म मात्र जसोतसो पुगेको अवस्थामा अब त्यहासम्म होेईन गाउँगाउँका महिला तथा घरभित्र र मेलापातमा अल्झिएका महिला सामु पुग्नुपर्छ । यदि तेसो हो भने महिलाजागरुक स्वयम भै आफ्नो हक अधिकारको लागि आफै खोज्न थाल्छन् ।
- निश्चलता कार्की (लेखक)
जहाँ महिलाको सम्मान हुन्छ त्यहां देवताको वास हुन्छ,अर्थात देवता पनि खुसी हुन्छन । उक्त भनाई हाम्रा वेद, पुराण लगायतका धर्म ग्रन्थहरुबाट प्रस्ट हुन्छ । आधा धर्ती ढाकेका महिलाको समाजमा उत्थान हुनुपर्दछ । महिला र पूरुष एक सिक्काका दुई पाटा हुन् भने समाज र विकासका परिपुरक पनि हुन् । अझ भन्नुपर्दा घरमा एउटी महिला वा आमा शिक्षित हुँदा सम्पूर्ण परिवार नै शिक्षित हुन्छन् । यसरी परिवार शिक्षित र सक्षम भए गाउँ, समाज, राष्ट्र हुदै बिश्व जगत नै शिक्षित सक्षम र संमृद्ध हुनसक्छ । एक महिलाको भूमिकाले घर निर्माणदेखि राष्ट्र निर्...









