Friday, May 1News That Matters

भिडियो

नारदमुनी थुलुङ गाेल्डकप सुरुवात यसरी भयाे : ध्रुव राई, पूर्व बसाहा क्याम्पस प्रमुख

नारदमुनी थुलुङ गाेल्डकप सुरुवात यसरी भयाे : ध्रुव राई, पूर्व बसाहा क्याम्पस प्रमुख

Breaking News Video, खेलकुद, भिडियो, समाचार
https://www.youtube.com/watch?v=SebQdImPe-w
मेजर राइ, गाउँपालिका अध्यक्ष त्यागेर प्रतिनिधसभा सदस्यमा चुनाव भिड्दैछन् किन ? (खबर सम्बाद)

मेजर राइ, गाउँपालिका अध्यक्ष त्यागेर प्रतिनिधसभा सदस्यमा चुनाव भिड्दैछन् किन ? (खबर सम्बाद)

Breaking News 2, Breaking News Video, भिडियो, राजनीति
https://youtu.be/bwG8TemZH0Q पूर्णपुष्टि/उदयपुर, माघ ३ ।
विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

विशाल राई बने उदयपुर आईडल सिजन २ को बिजेता

Breaking News 1, Breaking News 2, Breaking News 3, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, गाईघाट, पुष २७ गते । उदयपुर आईडल सिजन २ को बिजेता बिशाल राई बनेका छन् । त्रियुगा नगरपालिका वडा नं १६ का विशाल पुस ६ गते गाईघाट बाँसघारी पार्टी प्यालेसमा भएको ग्राण्ड फिनालीबाट सिजन २ को बिजेता बनेका हुन् । उनले  ६ जना  फाइनलिस्टहरूलाई पछि पार्दै उपाधी चुमेका हुन् । राईले बिभिन्न चरणहरु पार गर्दै आईडलमा बलियो कब्जा जमाएका थिए । बिजेता बनेका बिशालले नगद रु एक लाख र ट्रफि हात पारेका छन् । आईडल उदयपुर कलाकार समाजको आयोजनामा भएको थियो । https://youtu.be/s2kADReZGaw...
राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/j21X3xD00hA पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ । उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव भब्यरुपले हुने भएको छ ।  दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मुल आयोजक समितिको आयोजना तथा संयोजनमा मंसिर २५ देखि तीनदिन बैरेनीचौरमा हुने भएको हो । मंसिर २५ गते दनुवार समुदायको मुख्यपर्वको रुपमा न्वाङ्गी पर्वलाई राष्ट्रब्यापीरुपमा आधिकारिक कार्यक्रम सार्बजनिक गरि सामुहिन न्वाङ्गी पुजा गरिदनेछ । उक्त दिन त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने जनाइएको छ ।   तीनदिनसम्म पर्वको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व स्पष्ट पार्दै उत्सव मनाउने भएको छ । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा उकास्ने अभियानलाई साझा गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा दनुवारहरुको परम्परागत न्वाङ्गी संस्कार, बृह...
साझा सेवा घर नयाँ भवनमा प्रवेश

साझा सेवा घर नयाँ भवनमा प्रवेश

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/wC7OMRSQkvM?si=_zcF0kyuwW1Z5muo पूर्णपुष्टि, उदयपुर, मंसिर ११ । उदयपुरको गाईघाटस्थित साझा सेवा घर उदयपुर आज नयाँ भवनमा प्रवेश गरेको छ । संघीय सरकार सहरी विकास मञ्त्रालयको अढाइ करोड लगानीमा त्रियुगा नगरपालिका १२ मा निर्मित नयाँ भवनमा आज साइत बनाइ प्रवेश गरेको सेवा घरकी अध्यक्ष गिता खड्का कार्कीले बताउनुभयो । नयाँ भवनमा वालवालिका रमाएका छन् । अभिभावक विहिन बालबालिकाको अभिभावक तथा संरक्षणको भुमिकामा रहेको साझा सेवा घरमा हाल ११ जना बालबालिका छन् । उनीहरुको पालनपोषण, शिक्षा, स्वास्थ्य र सबैखाले संरक्षकत्वको भुमिका सेवा घरको रहेको छ ।...
जेनजी उदयुपर सक्रियपूर्वक अगाडि बढ्ने संयोजकको भनाइ

जेनजी उदयुपर सक्रियपूर्वक अगाडि बढ्ने संयोजकको भनाइ

Breaking News 2, भिडियो, राजनीति, समाचार
https://youtu.be/MqSOB0Ggkvw पूर्णपुष्टि/उदयपुर, कार्तिक २३ । जेनजीको नेतृत्व को ? यो प्रश्न धेरै उठ्ने गर्छ । पछिल्लो समय केन्द्र, प्रदेश र जिल्लामा नेतृत्व तोक्ने क्रम छ । उदयपुरको संयोजक सुरेन्द्र राई तोकिएसंगै अव जेनजी के कसरी अगाढि बढ्छ ? पूर्णपुष्टिले सोधिखोजी गरेको छ । जेनजी संयोजक राईले सक्रियपूर्वक जेनजी गतिविधि अगाडी बढ्ने बताएका छन् । उनले संगठन विस्तारसंगै जेनजी एजेन्डालाई सार्थक बनाउने काम अगाडि बनाउने बताएका छन् । जेनजीको नाममा विभिन्न संगठन र गतिविधि भइरहेको सन्दर्भमा सहि गर्ने र गलत गर्ने छानेर समेटिने र कतिपयलाई निगरानी तथा खबरदारी गर्ने बताएका छन् ।...
नयाँ सिडियो र उदयपुरका पत्रकार भेटघाट, अन्तरक्रिया र प्रतिबद्धता साटासाट

नयाँ सिडियो र उदयपुरका पत्रकार भेटघाट, अन्तरक्रिया र प्रतिबद्धता साटासाट

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/9NSY0ziX0_8 पूर्णपुष्टि/उदयपुर, कार्तिक २० । उदयपुर जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन भएको छ । तीनदिन अघि आइपुगेका प्रजिअ जिल्लाका विभिन्न पक्षहरुसंग अन्तरक्रियामा छन् । सुदुरपश्चिममा जन्मि–हुर्की पूर्वको कोशी प्रदेश अन्तर्गत उदयपुर आइपुगेका उनी नयाँ भुगोल, नयाँ जिल्लाको बस्तुस्थिति, समस्या र चुनौती बुभ्mने क्रममा छन् । जिल्लास्थित सुरक्षा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीयतहका प्रमुख उपप्रमुखहरुसंग अन्तरक्रिया सकेपछि आज पत्रकारहरुसंग भेटघाट गरेका हुन् । बाँकेबाट सरुवा भइ आएका प्रमुख जिल्ला अधिकारी हुन् धर्मराज जोशी । १४ वर्षअघि सेक्सनअफिसरको रुपमा सेवामा प्रवेश गरेका उनी हुलाक, अख्तियार, जिल्ला विकास समिति, स्थानीयतह, सहयाक सिडियो हुँदै प्रमुख जिल्ला अधिकारीको भुमिकामा पुगेका छन् । पत्रकारहरुसंगको भेटघाटमा उनले पत्रकारिताको दुरुपयोगले ल्या...
पर्यटनको उद्गमस्थल उदयपुरगढी

पर्यटनको उद्गमस्थल उदयपुरगढी

Breaking News 2, पर्यटन, भिडियो, मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक १९ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ५ स्थित अढाई सय वर्ष पुरानो ऐतिहासिक स्थल उदयपुरगढी पुननिर्माणसंगै पर्यटकीय आकर्षण बढेको छ । भग्नावशेष मात्र रहेको गढीको पुनःनिर्माण गरिएपछि आकर्षण थपिएको हो । १५ औं शताब्दीको उत्तरार्थतिर राजा उदयचन्द्र सेनले उदयपुरगढीबाट राज्य सञ्चालन गरेको इतिहास छ । उदयपुरगढी गाउँपालिका र कोशी प्रदेश सरकारको करिब दुई करोड २५ लाखको लगानीमा गढीको पुनः निर्माण भएको गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बताउनु भयो । उहाँले उक्त ठाउँ देशकै सय पर्यटकीय गन्तब्य मध्ये एक भएकोले जिल्ला मात्र हैन प्रदेशमै उत्कृष्ठ बनाउने योजना रहेको बताउनुभयो । पुनः निर्मित संरचनाले ऐतिहासिक युद्धभुमी गढीको झलक दिएको छ । गढीको मुख्यगेट, तोप, राजाचढेको घोडा, मन्दीर र पर्खालहरु पौराणिक र ऐतिहासिक महत्वका छन् । गढी छेउमै प्राचिन दरबारका भग्नावशेष, पञ्चा...