Saturday, May 16News That Matters

मनोरञ्जन

माघमा रिलिज हुने ‘दि कर्मा’

माघमा रिलिज हुने ‘दि कर्मा’

मनोरञ्जन, समाचार
मंसिर ३ गते ।  आगामी माघमा चलचित्र ‘दि कर्मा’ सार्वजनिक गर्ने भएको छ । चलचित्रको अफिसियल पोष्टर सार्वजनिक गर्दै आगमी माघ १७ गते ‘दि कर्मा’ रिलिज हुने भएको हो । जयराज रायले निर्माण गरेको चलचित्रको निर्देशक देवकुमार श्रेष्ठले गरेका छन् । यस चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित कथालाई समेटिएको छ । भारतका मोडल करण वर्माको साथमा चलचित्रमा नीता ढुंगाना, परमिता आरएल राणा, वुद्दि तामाङ, देवकुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतकाको अभिनय रहेको छ । चलचित्रमा सुशिल पोखरेलको पटकथा तथा संवाद गरिएको हो ।...
पहिलो आइएमइ लोकस्टारमा उदयपुरे विनोद सेकेन्ड रनरअप

पहिलो आइएमइ लोकस्टारमा उदयपुरे विनोद सेकेन्ड रनरअप

मनोरञ्जन
उदयपुर/कार्ति, ९ उदयपुरको कटारी रिस्कुको विनोद दनुवार नेपालको पहिलो नेपाल आइएमइ लोक स्टारको सेकेन्ड रनर अप बन्न सफल भएको छ । शुक्रबार काठमाण्डोमा भएको ग्राण्ड फिनालीमा दनुवार दोस्रो रनर अप बन्न सफल भएको हो । दोस्रो रनरअप सँगै दनुवारले नगद रु १० लाख र सिटीजन लाईफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जिवन विमा पुरस्कार प्राप्त गरेको छ । त्यस्तै पहिलो रनर अप चेतन गोतामे बनेका छन् भने लोक स्टारको उपाधी सनी विश्वकर्माले जितेका छन् ।  चेतनले नगद रु २५ लाख र १५ लाख बराबरको सिटिजन लाईफ इन्स्योरेन्सको तर्फबाट जिवन बिमा प्राप्त गरेका छने भने सनीले नगद ५० लाख र २५ लाख बराबरको सिटीजन लाईफ इन्स्योरेन्सको तर्फबाट जिवन बिमा पुरस्कार प्राप्त गरेका छन् ।      ...
नायिका मिरुनालाई नयाँ चलचित्र

नायिका मिरुनालाई नयाँ चलचित्र

मनोरञ्जन, समाचार
कात्तिक ५ गते । नायिका मिरुना मगरले अभिनय गरेको तीन वटा चलचित्र हलमा लागिसेको छ । नायिका मगरले अभिनय गरेका ‘लालपूर्जा, रोज र साइनो’ चलचित्रले व्यापार राम्रो गरेको छैन । त्यसैले उनीलाई ‘अनलक्की’ नायिका भन्ने गरिन्छ । नायिका मगरले अभिनय गरेको चलचित्रले राम्रो व्यापार नगरेपनि उनीलाई चलचित्रको अभाव छैन । उनी अभिनित चलचित्र ‘च च हुई’ मंसिर ६ गतेबाट रिलिज हुँदैछ । त्यसपछि अर्काे नयाँ चलचित्रमा समेत अभिनय गर्ने भएकि छिन् । उपेन्द्र सुब्बाको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिरुनाले काम गर्ने पक्का भएको हो । यस चलचित्रमा मिरुना र नायक दयाहाङ राईले काम गर्ने पक्का भएका छन् । दया र मिरुनाको यो चलचित्रको छायांकन कात्तिकको १४ गतेबाट सुरु हुँदैछ । चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहने भएकाले मिरुना अहिले चलचित्र ‘ च च हुई’को प्रचारमा लागि परेकी छिन् ।...
कात्तिक २२ गते ‘जीवन काँडा कि फूल’ रिलिज हुने

कात्तिक २२ गते ‘जीवन काँडा कि फूल’ रिलिज हुने

मनोरञ्जन, समाचार
कात्तिक ४ गते ।  चलचित्र ‘जीवन काँडा कि फूल’को रिलिज मिति तोकिएको छ । साहित्यकार झमक घिमिरेको कृति ‘जिवन काँडा कि पूmल’मा आधारित चलचित्र कात्तिक २२ गते रिलिज हुने भएको हो । मदन पुरस्कार प्राप्त गर्न सफल ‘जिवन काँडा कि पूmल’ पुस्तकमा आधारीत विनोद बिष्टको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा झमकको सानो हुँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूलो हुँदाको भूमिका काठमाण्डौकी रोजित वुद्धचार्यले गरेका छन् । चलचित्रमा स्विकृती शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहको छ । झमकको कथा, मुक्ती उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा शिव ढकालको छायांकन, तारा थापाको सम्पादन रहेको छ । चलचित्रमा बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम सह–निर्माताको रुपमा रहेका छन् ।...
कम चलचित्र गर्ने बेनिशा

कम चलचित्र गर्ने बेनिशा

मनोरञ्जन
असोज २८ गते । नेपाली चलचित्रको पर्दामा केहि समयदेखि नदेखिएकी नायिका बेनिशा हमाल यतिबेला निर्माता रौनिकविक्रम कँडेलसँग प्रेममा छिन् । निकैपछि बेनिशाले नयाँ चलचित्रको लागि साइन गरेपनि त्यसको छायांकन सुरु हुन सकेको छैन । उनी आफै पनि कम चलचित्र गर्ने गरेको बताउँछिन् । उनको यतिबेला सामाजिक संजालको इन्स्टाग्राममा बोल्ड तस्वीर पोष्ट हुन थालेको छ । भर्खरै दुई तस्विर पोष्ट भएको छ । बेनिशा चलचित्रमा काम नगरेपनि जीम गर्ने छुटाउदैनन् । त्यसैले उनले आकर्षक फिगर बनाएकी छिन् ।...
भोट गर्दिन विनोदको अपिल

भोट गर्दिन विनोदको अपिल

मनोरञ्जन
गाईघाट/असोज, २० आइ. एम. ई. . नेपाल लोक स्टार  सिजन 1 को टप 5 मा पर्न सफल उदयपुरका विनोद दनुवारले सम्पूर्ण नेपालीहरुमा भोटको अपिल गरेको छ । सोमवार गाईघाट स्थित विनोद दनुवार जिताऔँ अभियानको क्रममा गाईघाट आइपुगेको दनुवारले सम्पूर्ण उदयपुरवासी लगाएत सम्पूर्ण नेपालीहरुमा भोटको अपिल गरेको हो । देश विदेशमा रहेका नेपाली दर्शकहरुको माया र जर्जहरुको राम्रो मुल्याङकनले गर्दा आफु टप 5 मा पर्न सफल भएको दनुवारले बताए । अब आईएमइ नेपाल लोक स्टार बिजेताको लागि अझै धरै दर्शकहरुको साथ माया र जर्जहरुको राम्रो मुल्याङकनको आशा गरेको उनले बताए ।  दनुवारले सबैको साथ सहयोग भएमा आइ. एम. ई. नेपाल लोकस्टार बनेर उदयपुरको शान राख्दै नेपाली लोक गित संगितको सधैव संरक्षण गर्ने बताए । लोप हुदै गईरहेको नेपाली लोक संगितलाई युवा पुस्ताले संरक्षण गर्नु पर्ने भन्दै यसको सधै संरक्षण संबद्र्धनको लागि आफु लागि पर्ने उ...
म्यानमारमा रम्दै स्वस्तिमा

म्यानमारमा रम्दै स्वस्तिमा

मनोरञ्जन
नायिका स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘हजार जुनी सम्म’ असफल भएको थियो । तर नयाँ अर्को चलचित्र खेल्ने तयारीमा रहेको छ । कतिलाई यस चलचित्रमा किन खेल्न लागेको हो भन्ने प्रश्न उठिरेको छ । तिहार पछि देखि छायाँकन सुरु हुने नयाँ चलचित्र ‘चपली हाइट ३’मा घोषणा कार्यक्रम सकेर स्वस्तिमा म्यानमार उडेको थियो । अहिले उनीसँग विज्ञापन, म्यूजिक भिडियोको काम मात्र छ । म्यानमारमा स्वस्तिमा काम र मस्ति गर्दै छन् । उनी आफैले म्यानमारमा काम र होलिडेलाई एक साथ अगाडि बढाइरहेको उल्लेख गरेकी छिन् । पछिल्लो समयमा आएर नेपाली चलचित्रमा स्वस्तीमाको माग बढ्दै गएको छ ।...
चलचित्र विहिन मलिना

चलचित्र विहिन मलिना

मनोरञ्जन
भदौ २९ गते ।  आफुले अभियन गरेको चलचित्र असफल भएपछि नायक नायिकाहरु खासै चलचित्रमा अभिनय गर्न रुचाउँदैनन् । त्यसै क्रममा सातवटा चलचित्रमा असफल भएकी नायिका मलिना जोशीले पनि तत्काल कुनै पनि चलचित्रमा नखेल्ने भएकी छिन् । नायिका जोशीले ‘मिस नेपाल २०११’ कि विजेता भएपछि चलचित्र क्षेत्रमा पाइला टेकेकी थिईन् । मलिनाले ‘कलिउड’ चलचित्रमा आइटम नृत्य गरेर चालचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन् । उनले अभिनय गरेको चलचित्र ‘ऋतु, झुम्की, दि विनर, रानी,  संरक्षण, लिला, तिमी हुन्छौ जहाँ जहाँ’ निरन्तर असफल भएको थियो । आफुले अभिनय गरेको चलचित्र गरेको चलचित्र नरिन्तर असफल भएपछि तत्काल नयाँ चलचित्रमा काम गर्ने सोन बनाएको देखिदैन । नायिका जोशीले अहिले घुमघामका तस्वीरमा पोष्ट गरेकी छिन् ।...
राता रात स्टार बन्ने खलिफा

राता रात स्टार बन्ने खलिफा

मनोरञ्जन
भदौ २८ गते ।  पूर्व पोर्न स्टार मिया खलिफाले दिएको एक अन्तरबार्तामा पोर्न फिल्म छाडेकी जनाएको छ । उनले अन्तरबार्तामा त्यस क्षेत्रमा किन र कसरी पुगिन् भन्ने विभिन्न प्रश्नको सहज रुपले उत्तर दिएकी छिन् । कलेजे पढ्दा आफ्नो तौलको कारण निकै चिन्तित रहेको खलिफाले जनाएको छ । उनलाई कसैले वास्ता नगर्ने भएकाले ग्र्याजुएसन गर्दै तौल घटाएको उनले बताईन् । स्तन ठूलो भएको कारण निकै अप्ठ्यारो महसुस हुन्थ्यो । तर विस्तारै तौल घटेसँगै मानिसहरुले म प्रति चासो दिन सुरु गरे उनले भनिन् । ग्र्याजुएसन पूरा भएपछि जागिरको खोजीमा रहेकी खलिफाले त्यसै क्रममा एउटा केटा भेटे जनाएको छ । त्यो केटाले उसँग काम गर्न चाहेको तर एडल्ट फिल्ड भएको जानकारी गराएको उनले बताईन् । केटाले सुन्दर भएको भन्दै न्यूड मोडलिङ गर्न अफर गर्यो । त्यसपछि फ्लोरिन्डा गए । तर पहिलो पटक काम नगरेपनि दोस्रो पटकबाट फिल्मको काम गरेको उनले बताईन्...
सोनाक्षीको ३० किलो तौल घट्यो

सोनाक्षीको ३० किलो तौल घट्यो

मनोरञ्जन, समाचार
भदौ २६ गते । सोनाक्षी सिन्हाले बलिउडमा डेब्यु गर्नु भन्दा पहिला ९५ किलोबाट घटाएर ६५ किलोमा झारेकी थिइन् ।  सोनाक्षी कलेज पढ्दा रहेको तौलबाट ३० किलो घटाएकी थिइन् । यति धेरै तौल घटाएपछि कसरी तौल घटाईन् भन्ने सवैमा कौतुलहता जागेको थियो । तर उनी फिल्म क्षेत्रमा आउनको लागि कडा मेहेनत गरेर शरीरलाई सामान्य अवस्थामा ल्याएकी थिईन् । तौलका कारण धेरै समस्या झेल्नुका साथै एउटा मोटी केटीको रुपमा चिनिएकी अनुभव सुनाएकी छिन् । उनको तौलकै कारण धेरै कुरामा साइड समेत लगाई मागेकी थिईन् । उनलाई एक दिन मोडल जस्तै क्याट वाक गर्न मन लागेपछि क्याट वाक गर्दा आफ्नो मजाक उडेको सुनाएकी छिन् । उनको पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको भएपनि मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् । सन् २०१० मा सुपरस्टार सलमान खानसँ...