त्रिनपा–१२ र बेनपा–९ मा एक स्वतन्त्र सहित १६ जनाले गराए मनोनयन दर्ता
पूर्णपुष्टि, मंसिर २ । उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा यहि मंसिर १६ गते उपनिर्वाचन हुदैँछ । आज दुबै वडामा अध्यक्ष पदको लागी १६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको छ ।
त्रिनपा–१२ मा १ स्वतन्त्रसहित ९ जनाले उम्मेदवारी दिएका छन् भने बेनपा–९ मा ७ जनाको उम्मेदवारी परेको छ । त्रिनपा–१२ मा प्रमुख प्रतिष्पर्धी दलका रुपमा देखिएका नेकपा एमालेबाट लक्ष्मीनारागण चौधरी, नेपाली काङ्ग्रेसबाट संजिव काफ्ले र नेकपा माओवादी केन्द्रबाट नविनकुमार बान्तवा राईले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी अन्य दलहरुमा नेकपा एकिकृत समाजवादीबाट निर्मला चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ध्रुबप्रसाद पोखरेल, नागरिक उन्मुक्ती पार्टीबाट चन्द्रकला चौधरी, जनमत पार्टीबाट प्रमोद मलाहा सहनी, राप्रपाबाट लालबाबु साहको उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारको रुपमा बजरङ्गवली कुमार दासको उम्मेदवारी परेको छ ।...









