निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुनेवाला छ : शेखर कोईराला
पूर्णपुष्टि, २४ कार्तिक ।
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोईरालाले आगामी स्थानीय, प्रदेश र संघको निर्वाचनमा कांग्रेस र एमालेकै प्रतिस्पर्धा हुने जनाएको छ । उनले आफ्नै पार्टीको सहयोगमा एमालेको सरकार बनिरहेको हुँदा हाललाई राम्रो काम गरेर सरकार चलाउनको बिकल्प नरहेको जनाए । कोईरालाले सरकारले गरेको गलत गतिविधिलाई गलत भन्नु सक्नु पर्ने आमसभामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरे । बिपिकोअनुयायी वा सिद्धान्तमा हिड्ने भए सरकार जो सुकैको होस गलतलाई गलत भन्न सक्नु पर्ने कोईरालाको अडान छ ।
उनले आफ्नो पाटी समेत सरकारमा भएको हुँदा सम्पूर्ण मन्त्री र नेताहरुलाई जनमुखी र नियमबद्ध काम गर्न अनुरोध गरे । यस अलवा सरकारलाई नियम विपरित काम गर्न छुट नभएको उनको भनाई छ । उनले सहकार्यको सरकारका कारण गलतलाई गलत भन्न कठिन भएको समेत जनाए । उनले गलतलाई गलत भन्नका निमित्तै यो लडाई चलिरहेको जनाए...








