अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण
काठमाण्डौँ, जेष्ठ १८
अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाउनु भएको हो ।
क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उहाँले मन्त्रीहरूलाई सपथ खुवाउनु भएको जनाइएको छ ।
अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ ।
मन्त्रिपरिषद्मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो ।
आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका...









