Friday, September 4News That Matters

राजनीति

त्रिनपा २ नं. वडाध्यक्ष एमाले, सदस्य सबै काङ्ग्रेस विजयी   

त्रिनपा २ नं. वडाध्यक्ष एमाले, सदस्य सबै काङ्ग्रेस विजयी   

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ १२ । त्रियुगा नगरपालिका २ नं. वडाध्यक्षमा एमालेकाे घमानसिङ खत्री विजयि भएका छन् । वडाकाे अन्य सदस्यमा भने सबै काङ्ग्रेसका उम्केदवार विजयी बनेका छन् । १०५१ मत प्राप्त गरी खत्री वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वि काङ्ग्रेसका उम्मेद्वार टिकाराम बुढाथाेकीले ९९२ मत पाए । विजयि वडासदस्यहरुमा अर्जुनकुमार पाेखरेल, भगवानीप्रसाद चाैधरी रहेका छन् । महिला सदस्यमा छत्रकुमारी थापा राउत विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा पम्फा बि.क. निर्वाचित भएका छन् ।...
त्रिनपा १ नं. वडामा काङ्ग्रेस प्यानल विजयी

त्रिनपा १ नं. वडामा काङ्ग्रेस प्यानल विजयी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिका १ नं. वडाध्यक्षमा काङ्ग्रेसकाे प्यानलसहित मनाेजकुमार चाैधरी विजयी बनेका छन् । ७६२ मतसहित चाैधरी वडाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । उनकाे निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेद्वार नारायणप्रसाद ढकालले ४८२ मत पाए । विजयि वडासदस्यहरुमा अर्जुनकुमार चाैधरी, तेजबहादुर बस्नेत रहेका छन् । महिला सदस्यमा श्यामकुमारी राई विजयी बनेकी छिन् भने दलित महिला सदस्यमा आरती सदा निर्वाचित भएका छन् ।...
त्रियुगाको १५ नं. वडामा गठबन्धनको सुरुवाती अग्रता

त्रियुगाको १५ नं. वडामा गठबन्धनको सुरुवाती अग्रता

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । उदयपुरको त्रियुगा नगरपालिका–१५ मा पनि मतगणना जारी छ । १५ नम्बर वडामा २ सय मत गणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार गणेश प्रसाद तिम्सीना अगाडी रहेका छन् । मिम्सीनाले ९८ मतका साथ वडा नं. १५ मा लिड गरिरहेको छ । तिम्सीनालाई नेपाली काँग्रेसका उम्मेदवार निरबहादुर आले मगरले ७७ मतका साथ पछ्याइरहेका छन् । यता नेकपा एमालेका उम्मेदवार गिरिराज बस्नेतले १३ मत प्राप्त गरेको छ । १५ नम्बर वडाका सदस्यहरुमा गठबन्धको प्यानलैले अग्रता लिएको छ । त्यस्तै, त्रियुगाको प्रमुख र उपप्रमुख दुवैमा गठबन्धन अगाडी देखिन्छ । नेकपा एसका बलदेव चौधरी प्रमुखमा तथा गिता खड्का (कार्की) उपप्रमुखमा अगाडी रहेका छन् ।...
त्रियुगामा काँग्रेसको अग्रता कायमै

त्रियुगामा काँग्रेसको अग्रता कायमै

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । उदयपुरको त्रियुगामा मतगणना निरन्तर चलिरहेको छ । वडा नं. १, २, १६ र १५ को मतगणनाको परिणाम अनुसार प्रमुख पदमा नेपाले काँग्रेसले अग्रता लिरहेको छ । काँग्रेसका उम्मेदवार वसन्तकुमार बस्नेतले १ हजार ८ सय ६ मत ल्याएर अग्रता कायम गरेको छ । बस्नेतलाई गठबन्धनबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार बलदेव चौधरीले १ हजार ६ सय ३६ मतका साथ पछ्याइरहेको छ । यता नेकपा एमालेका उम्मेदवार भागवत राउतले १ हजार ८२ मत प्राप्त गरेको छ । उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार सरिता राई नै अगाडी छिन् । राईले १ हजार ६ सय १० मत ल्याएर अग्रता कायम गरेको छ । राईलाई नेकपा एमालेकी उम्मेदवार महेश्वरी राईले ३ सय ३१ मतान्तरले पछ्याइरहेकी छिन् । गठबन्धनको माओवादीकी उम्मेदवार गिता खड्का (कार्की) ले १ हजार १ सय ८५ मत ल्याउन सफल भएकी छिन् ।  ...
त्रियुगामा काङ्ग्रेसको अग्रता कायमै

त्रियुगामा काङ्ग्रेसको अग्रता कायमै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकाको १६ मध्ये १ वडाको मतगणना सकिएको छ । १६ नं. वडाको मतगणना सकिएको हो । हाल वडा नं. १, २ र १५ को गणना चलिरहेको छ । वडा नं. १ को गणना अन्तिम चरणमा पुगेको जनाइएको छ । गणना सकिएको १६ नं. वडामा गठबन्धनले प्यानल नै जितेको छ । वडाध्यक्षमा मानबहादुर राईले कार्यकाल दोहोर्याउनु भएको छ । वडा नं. १६ को १४७६ मत, वडा नं. १५ को २०० मत, वडा नं. १ को १८०० मत र वडा नं. २ को १८०० मत गरी कुल ५२७६ मत गणना हुँदा काङ्ग्रेसको अग्रता रहेको छ । काङ्ग्रेसको प्रमुखको उम्मेदवार बसन्त बस्नेतको पहिलो मत १८०६ रहेका छ । दोस्रो मत गठबन्धनबाट नेकपा (एकिकृत समाजवादी) का बलदेव चौधरीको १६३६ मत रहेको छ भने नेकपा एमालेको तेस्रो मत १०८२ रहेको छ । उपप्रमुखमा काङ्ग्रेसकी सरिता राईको पहिलो मत १६१० रहेको छ । दोस्रो मत नेकपा एमालेकी महेश्वरी राईको १२७९ रहेको छ भने तेस्रो मत गठबन्धनबाट नेकपा (म...
त्रियुगामा माओवादी केन्द्रले खाता खोल्यो

त्रियुगामा माओवादी केन्द्रले खाता खोल्यो

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकामा एकवडामा नेकपा (माओवादी केन्द्र) ले जितेको छ । गठबन्धनको तर्फबाट त्रिनपा –१६ को वडाध्यक्षसहित प्यानल नै माओवादी केन्द्रले जितेको हो । १४७६ खसेको मत मध्ये ९३२ मत प्राप्त गरी वडाध्यक्षमा माओवादी केन्द्रका मानबहादुर राईले विजयी हाँसिल गरेका हुन् । यो विजयसंगै उनले दोस्रो कार्यकाल पाएका छन् । प्रतिद्वन्द्वि भन्दा फराकिलो अन्तरमा वडाध्यक्ष मात्र नभई सबै पद प्यानलै विजयी भएको छ । वडाको दुल्ला सदस्यमा घमानसिंह राई र रामनारायण श्रेष्ठ विजयी बनेका छन् । त्यस्तै महिला सदस्यमा गोमा कार्की र दलित महिला सदस्यमा कुन्ति परियार निर्वाचित भएका छन् । अधिकांश निर्वाचित जनप्रतिनिधलाई जनताले दोस्रो कार्यकालका लागि दोहोर्याएका छन् । वडाध्यक्षमा दोस्रो मत नेपाली काङ्ग्रेसको रामबहादुर मगरको ३३१ र एमालेका विष्णु बहादुर मगरको १३६ मत प्राप्त भएको छ । सो वडाबाट गठबन्धनका...
त्रियुगामा फेरी काङ्ग्रेसको अग्रता, ११ मतले गठबन्धन पछाडि

त्रियुगामा फेरी काङ्ग्रेसको अग्रता, ११ मतले गठबन्धन पछाडि

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । त्रियुगा नगरपालिकाको मतगणनाको परिणामले काङ्ग्रेस र गठबन्धनबीच टक्कर परिरहेको छ । यी दुईको प्रमुख पदका उम्मेदवारले पालैपालो अग्रता लिने गरेको छ । केही समय अघि १ मतले अग्रतामा रहेको गठबन्धन अहिले ११ मतले पछि परेपछि काङ्ग्रेसले अग्रता पाएको छ । ४१७६ मत गणना सकिदा काङ्ग्रेसको बसन्त बस्नेत १३६८ मतका साथ अग्रतामा छन् । गठबन्धनबाट नेकपा (एस) का बलदेव चौधरी १३५७ मतमा छन् भने एमालेको भागवत राउतको ८६२ मत रहेको छ ।...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्धारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनद्धारा आयल निगम घेराउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ गते । लगातर पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको खारेज गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधवार नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै निगमको कार्यालय घेराउ गरेका हुन् । संगठनले निगमको मूल गेटमा पेट्रोलियम पर्दार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्तिक कारण नरहेको बताए । रुस र युक्रेनमा भएको युद्धलाई लिएर जनतालाई अफवाह फैलाएर सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले जनतालाई खान, लाउन सङ्कट भएको बेलामा पनि नेपाल सरकार जनता चाहिँदैन भनेर आफ्ना अव्यावहारिक गतिविधिमा लिप्त रहेको आरोप लगाए । ...
कटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी

कटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी

Breaking News 2, राजनीति
पूर्णपुष्टि, जेठ ११ गते । कटारी नगरपालिकामा गठबकटारीको १४ वडा मध्ये आधामा एमाले वडाध्यक्ष विजयी उदयपुर, जेठ ११ गते । कटारी नगरपालिकामा गठबन्धनतर्फ नेपाली काङ्ग्रेसको राजेशचन्द्र श्रेष्ठले ६४१७ मतका साथ विजयी हाँसिल गरेका छन् । उपप्रमुखमा नेकपा एमालेकी गिता खड्काले ६४१३ मतका साथ विजय हाँसिल गरेकी छिन् । प्रमुखमा विजयी श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वि स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४६४ मतले पछि पार्दै विजयी हुनु भएको हो । बराल नेकपा ९माओवादी केन्द्र० बाट टिकट नपाएपछि बाघी उम्मेदवार उठ्नु भएको हो । बरालले ५९५२ मत प्राप्त गर्नुभयो । निबर्तमान् मेयरसमेत रहनु भएको नेकपा एमालेको ज्ञानेन्द्र श्रेष्ठले तेस्रो मत ५७१५ प्राप्त गर्नुभयो । उपप्रमुखमा विजयी एमालेकी खड्काले फराकिलो मत अन्तरमा जीत हात पार्नुभयो । निकटतम् प्रतिद्वन्द्वि गठबन्धनतर्फको नेकपा ९माओवादी केन्द्र० को विनोदकुमार कटुव...
रौतामाईका नवनिर्वाचित अध्यक्ष मगरको पदवहाली

रौतामाईका नवनिर्वाचित अध्यक्ष मगरको पदवहाली

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ ११ । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्वाचित पालिका अध्यक्ष विरेन्द्रकुमार मगरले आजबाज पदभार सम्हालेका छन् । गठबन्धनबाट माओवादी केन्द्रका मगरले विजयी हाँसिल गरेका थिए । पदवहालीसंगै उनको पाँचवर्षे कार्यकाल सुरु भएको छ । पदवहालीको अवसरमा अध्यक्ष मगरले जनताको चाहना र भावना भन्दा टाढा नभई कार्यकाल सफलरुपले पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।...