घोषणा पत्र अनुरुप काम नगरे जनताले प्रश्न गरुन, एक घण्टा भित्र राजिनामा दिन्छु : राप्रपा उम्मेदवार राउत
पूर्णपुष्टि, बैशाख २७
त्रियुगा नगरपालिकाका लागि राप्रपा बाट नगर प्रमुखमा उम्मेदवारी दिएका हरि वहादुर राउतले आफुहरु एमाले, कांग्रेस र माओवादी जस्तो झुक्याउने पार्टी र प्रतिनिधि नरहेको जनाएको छ ।
राउतले आफुले घोषणा पत्रमा उल्लेख गरिएको कुनै पनि एजेण्डाहरु अनरुप काम नभए एक घण्टा भित्रै नैतिकताको आधारमा राजीनामा दिने समेत प्रतिबद्ध गरे । रातले भने,” आफ्नो घोषणा पत्रमा भ्रष्टचार रहित विकास र नगरको परिकल्पना सँगै जनताहरुका लागि बिभिन्न कामहरुको एजेण्डा तयार पारेको छु । ती कुराहरु पुरा नभए जनताले मलाई आएर भनुनु काम भएन भनेर तत्काल राजिनामा दिनेछु ।
राउतले अन्य पार्टीहरुले जनताहरुलाई ब्रोईलर कुखुरा जस्तो थुनेर राखेको समेत आरोप लगाए । उनिहरुले कार्यकर्ता र जनताहरुलाई थर्काएर जुनमा भोट हाल भन्छ त्यहीमा भोट हाल्नु पर्ने गरी धम्काउने र तर्साउने जस्ता क्रियाकलापहरु समेत गरेको जनाए । उनले आफुले न...









