उदयपुरमा ४ वटा नमुना महिला मतदान केन्द्र
पूर्णपुष्टि, वैशाख २९ गते ।
स्थानीय चुनावको लागि उदयपुरमा सबै तयारी पूरा हुने क्रममा रहेको छ । शुक्रवार हुने स्थानीय चुनाव मतदानका लागि विभिन्न मतदान स्थलहरुको तयारी व्यापक भइरहेको छ । यो बिहिवार बेलुका सम्म तयारी पुरा गरि भोली विहान ७ बजेदेखि मतदान सुरु हुने छ । उक्त मतदानका लागि उदयपुरमा ९८ वटा मतदान स्थल र २ सय ५८ वटा मतदान केन्द्रहरु तयारी हुदँैछ । जसमध्ये ४ वटा भने नमुना महिला मतदान केन्द्र निर्माण भएका छन् । त्रियुगा नगरपालिका वडा नं. ९ आधारभूत विद्यालय रातमाटे र उदयपुरगढी गाउँपालिका वडा नं. ५ पञ्चावती माध्यमिक विद्यालयमा नमुना महिला मतदान स्थल निर्माण भएको छ । यी २ स्थलमा २÷२ मतदान केन्द्र गरि ४ मतदान केन्द्र रहेको छ । यस केन्द्रमा खटिने सम्पूर्ण कर्मचारीहरु महिला रहनेछ ।
आधाभूत विद्यालय रातमाटे (केन्द्र (ख) की मतदान अधिकृत रमुना राउतका अनुसार रातमाटेमा क र ख गरि २ केन्द्र रहेको छ...









