Wednesday, September 2News That Matters

राजनीति

कटारीमा गोली लागि एकको मृत्यु, श्रेष्ठ घाइते

कटारीमा गोली लागि एकको मृत्यु, श्रेष्ठ घाइते

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ छविसेमा मतदान सकिए पश्चात उतपन्न विवादमा गोली चल्दा एक जना घाइते भएको छ । घाइते हुनेमा १४ वर्षीय मनकुमार श्रेष्ठ भएको हो । घरमा बसिरहेका श्रेष्ठको खुट्टामा गोली लागी घाइते सुरक्षा स्रोतले जनाएको छ । गोली लागेर एकको मृत्युसमेत भइसकेको छ । स्थानीय १९ वर्षीय नविन कटुवालको मृत्यु भएको हो । मृतक कटुवाल स्वतन्त्र अध्यक्ष उम्मेदवार गौर बहादुर कटुवालको भतिज हुन् । कालिका माध्यामि विद्यालय केन्द्रमा मतदान सकिए पछि विवाद भएको र विवादको क्रममा चार राउण्ड एसएल आरबाट र चार राउण्ड थ्रिनटथ्री राईफलबाट गोली चलेको बताइएको छ । हवाई फायरको क्रममा कटुवाल र श्रेष्ठलाई गोली लागेको स्थानीयले बताएका छन् । कटुवाललाई घटनास्थलमै गोली लागी मृत्यु भएको बताइएको छ ।...
उदयपुरको कटारीमा गोली चल्दा कटुवालको मृत्यु

उदयपुरको कटारीमा गोली चल्दा कटुवालको मृत्यु

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । उदयपुरको कटारी नगरपालिका–१० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालको भतिज २२ वर्षीय नवीन कटुवालको मृत्यु भएको छ । मतदानको अन्तिम समयमा गोली चलेको जानकारी प्रहरीले जनाएको छ । गोली कस्ले चलायो ? किन चलायो ? केमा विवाद भयो ? सो विवरण आउन बाँकी रहेको छ प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी छ ।...
मतदानस्थलमा तोडफोड : मतदान अधिकृत पिटिएपछि मतदान भोली  हुने

मतदानस्थलमा तोडफोड : मतदान अधिकृत पिटिएपछि मतदान भोली हुने

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० गते । मतदानस्थलमा तोडफोड तथा मतदान अधिकृतमाथि आक्रमण भएपछि सप्तरीको डोक्नेश्वर नगरपालिका–२ जनता माविमा मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ । मतदान स्थलमै मतदान अधिकृतमाथि हातपात भएकाले आजको लागि निर्वाचन स्थगित गरिएको सप्तरीका मुख्य निर्वाचन अधिकृत रमेश कुमार जोशीले जानकारी दिए । त्यहाँ जेठ १ गते चुनाव गराउने निर्णय भएको उनले बताए । दिउँसो सवा ११ बजेतिर एक जना वृद्धा मतदाताले भनेको चिन्हमा भोट नखसालेर अर्कैमा भोट हालिदिएको भन्दै एक समूहले मतदान अधिकृत विपिन यादवमाथि आक्रमणसँगै मतदानस्थलमा तोडफोड गरेको थियो । ती समूहले मतपेटिका फोड्नुका साथै मतपत्र पनि छरपष्ट पारिदिएका थिए । घाइते भएका निर्वाचन अधिकृत यादवको अवस्था समान्य रहेको सप्तरीका एसपी आदिनारायण काफ्लेले जानकारी दिए । भारतीय सीमावर्ती क्षेत्रमा पर्ने यो मतदान केन्द्रमा घटनाअघि २ हजारभन्दा बढी मत खसिसकेपछि...
बर्षातका कारण त्रियुगामा पनि मतदान स्थगित

बर्षातका कारण त्रियुगामा पनि मतदान स्थगित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख ३० करिब मतदान गर्न १ घण्टाको समय रहँदा उदयपुरको त्रियुगा नगरपालिकामा पनि बर्षाले असर गरेको छ । ७ बजे बाट सुरु भएको त्रियुगाको मतदान निरन्तर चलिरहेको बेलामा करिब ४ बजेर १८ मिलेट तिर परेको बर्षाले मतदान प्रभावित बनाएको छ । त्रियुगा लगायत बिभिन्न मतदान स्थलहरुमा बर्षाले असर गरेको छ । त्रियुगाको उच्च मावि, वालमन्दिर मावि, रातमाटे आधारभूत लगायतको मतदान केन्द्रहरुमा पानीको ठुलो असर परेको छ । मतदान गर्ने समय देशैभर बिहान ७ बजे बाट बेलुका ५ बजे सम्म लागु गरिएको छ । उदयपुरमा बिभिन्न पालिकाहरुमा बर्षाले असर गरेको छ । कटारी, उदयपुरगढी, लिम्चुङबुङमा दिउँदै बर्षाले असर गरेका थिए भने बेलुका ४ बजेको समयमा सबै पालिकाहरुमा पानीले असर गरेको हो । त्रियुगा लगायत तल्लो भेगहरुमा भने मतदानको अन्तिम समय तिर बर्षाले असर गरेको छ । जिल्लामा १ बजे सम्म करिब ५० प्रतिशत मत खसिसकेको अवस्था थियो । ...
लिम्चुङबुङमा स्वतन्त्र उपाध्यक्ष उम्मेदवार रमिला राईको बाँसबोटेमा मतदान

लिम्चुङबुङमा स्वतन्त्र उपाध्यक्ष उम्मेदवार रमिला राईको बाँसबोटेमा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा पालिका उपाध्यक्षको उम्मेदवार रमिला राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट ७ः ४५ बजेको समयमा मतदान गरेका हुन् ।
लिम्चुङबुङमा स्वतन्त्र अध्यक्ष उम्मेदवार होम किराँतीको बलम्तामा मतदान

लिम्चुङबुङमा स्वतन्त्र अध्यक्ष उम्मेदवार होम किराँतीको बलम्तामा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा पालिका अध्यक्षको स्वतन्त्र उम्मेदवार होम किराँतीले बलम्ता केन्द्रबाट मतदान गरेका छन् । उनले लिम्चुङबुङ–४ बलम्ता मावि बलम्ता केन्द्रबाट ७ : ३० बजेको समयमा मतदान गरेका हुन् ।
लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

लिम्चुङबुङमा एमाले अध्यक्ष उम्मेदवार राजकुमार राईको बाँसबोटेमा मतदान

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा नेकपा एमाले तर्फको पालिका अध्यक्ष उम्मेदवार राजकुमार राईले बाँसबोटे केन्द्रबाट मतदान गरेका छन् । उनले विहान ७ : ४५ बजेको समयमा मतदान गरेका हुन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् ।
लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

लिम्चुङबुङमा गठबन्धनको अध्यक्ष उम्मेदवार मेजर राईको बाँसबोटेमा र उपाध्यक्ष पुष्पलाल राईको बलम्तामा मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनतर्फको पालिका अध्यक्ष उम्मेदवार मेजरकुमार राईले विहान ११ः१५ बजे मतदान गरेका छन् । उनले लिम्चुङबुङ–१ बाँसबोटे स्थित बरभन्ज्याङ, आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । गठबन्धनका उपाध्यक्ष उम्मेदवार पुष्पलाल राईले १२ : ०० बजे मतदान गरेका छन् । उनले वडा नं. ४ स्थित बलम्ता मावि केन्द्रबाट मतदान गरेका हुन् ।...
मतदानमा उत्साह कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

मतदानमा उत्साह कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा

Breaking News 1, राजनीति, समाचार
काठमाडौँ, बैशाख ३० शहर बजार सुनसान छन् । अघिपछि निकै चहलपहल हुने काठमाडौँका गल्ली र चोकमा अहिले कोही नभएजस्तो देखिन्छ । पसल व्यवसायीसमेत फुर्सदमा भए जस्ता देखिन्छन् । आजदेखि चार दिन सार्वजनिक बिदा परेकाले पनि मानिसलाई फुर्सद भएको छ । यो फुर्सदको अवसर स्थानीय तहको निर्वाचनले जुराइदिएको हो । जनताको घर आँगनसँग जोडिने स्थानीय सरकार चयनका लागि मतदाता आआफ्ना घर तथा गाउँ बस्तीमा पुग्दा काठमाडौँ उपत्यका दुलही घरजस्तै देखिन्छ । सडक सुनसान छन् । चोकचोकमा रहेका सुरक्षाकर्मीले अनुमति नलिइकन चलाएका सवारीलाई रोकेर सोध्ने र होल्डमा राख्ने गरिरहेका छन् । नागरिकमा एक प्रकारको उत्साह छ । नेपालको संविधान कार्यान्वयनमा आएपछि भएको स्थानीय तहको दोस्रो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने विश्वासका बीच आज मतदान भइरहेको हो । नेपाली सामाजिक मान्यताअनुसार मर्दा पर्दा भेटिने सरकार नै स्थानीय सरकार हो । प...
त्रियुगा गठबन्धन उपमेयर उममेदवार कार्कीद्वारा विहानै मतदान

त्रियुगा गठबन्धन उपमेयर उममेदवार कार्कीद्वारा विहानै मतदान

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख ३० । त्रियुगा नगरपालिकामा गठबन्धनतर्फको उपमेयरको उम्मेदवार गिता खड्का कार्कीले विहान मतदान गरेकी छिन् । उनले आप्mनो मतदाता नामावली रहेको त्रियुगाको शाहीखोला केन्द्रमा मतदान गरेकी हुन् । गठबन्धनतर्फको मेयर बलदेव चौधरीले त्रिनपा ११ स्थित त्रियुगा मावि गाईघाटबाट मतदान गनुृभयो । उनले त्रियुगाको शाहीखोला मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।...