विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ ः वरिष्ठ नेता पौडेल
काठमाण्डौँ, चैत १०
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भन्नुभयो ।
उहाँले भन्नुभयो “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
फरक प्रसङ्गमा उहाँले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताउनुभयो । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य मधु...









