Sunday, August 30News That Matters

राजनीति

१ नम्बर प्रदेशको नाम कोसी राख्न ओलीको सुझाव

१ नम्बर प्रदेशको नाम कोसी राख्न ओलीको सुझाव

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २२ । १ नम्बर प्रदेशको नाम अझै पनि नामाकरण भएको छैन । प्रदेशको नाम अन्योलमै भएकोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएको छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हो । ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ ओलीले बताउनु भयो ।...
गठबन्धन जोगाउन काँग्रेस माओवादी दुवै सकरात्मक

गठबन्धन जोगाउन काँग्रेस माओवादी दुवै सकरात्मक

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १३ शुक्रबार भएको काँग्रेस र माओवादीको बैठकले गठबन्धन सकरात्मक रहेको शन्देश दिएको छ । एमसीसीले भड्कीलो अवस्थामा टुटफुटको समेत हल्ला चलिरहेको अवस्थामा बैठकले गठबन्धन जोगाउन कांग्रेस र माओवादी दुवै सकरात्मक रहेको निष्कर्ष निकालेको छ । गठबन्धन भित्रै रहेका कांग्रेसले कुनै पनि हालतमा एमसीसी पास गर्नु पर्ने अडान राखेको र माओवादीले भने कुनै पनि हालतमा पास गर्नु नहुन अडान राख्दै जाँदा सत्ता गठबन्धनभित्र खटपट रहेको थियो । शुक्रबार भएको कांग्रेस नेता र माओवादी नेताहरुको उक्त भेटवार्ताले भने गठबन्धन जोगाउन सकरात्मक रहेको शन्देस दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गठबन्धनलाई जोगाएरै अघि बढ्ने विषयमा दुबै पक्ष सकारात्मक भएको दावी गरिएको छ। अघिल्लो दिन काँग्रेस सभापति शेरबहादुर देउवा गठबन्धन अघि बढ्न नसक्ने निष्कर्षका साथ प्रतिपक्षी दल एमालेसँगको ...
सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक

सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक

Breaking News 3, राजनीति, समाचार
काठमाडौँ, फागुन १३ प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । उहाँहरुबीच एमसिसी सम्झौता संसद्बाट अनुमोदन गर्ने, संसद्को अवरोध हटाउनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेस महामन्त्री गगनकुमार थापाले राससलाई जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी राष्ट्रिय महत्वको विषय भएको र यस सम्बन्धमा आफ्नो पार्टीले सत्ता रहँदा होस् वा प्रतिपक्षमा रहँदा एउटै धारणा राख्दै आएको उल्लेख गर्दै यसलाई अन्यथा विषय नबनाउन आग्रह गर्नुभएको थियो । महामन्त्री थापाका ...
सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : अध्यक्ष नेपाल

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, फागुन १३ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राख्नुभयो । अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् ...
एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

एमसिसीलाई तत्काल सैद्धान्तिक छलफल नल्याउन आग्रह

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि (काठमाडौँ), फागुन १२ । सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ । सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो । सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ । सो छलफललाई अघि बढाउने वा नबढाउने भन्नेबारेमा माओवादी केन्द्रले पार्टीभित्र छलफल गर्ने जनाइएको छ । एमालेका नेता डा भीमबहादुर रावलले आजको बैठक बस्ने सम्भावना न...
एमसीसीको विरोधमा उदयपुरमा प्रशासन कार्यालय घेराउ

एमसीसीको विरोधमा उदयपुरमा प्रशासन कार्यालय घेराउ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ८ एमसीसी टेवुलीङ नजिकिए सँगै विरोध कार्यक्रमहरु बढेको छ । उदयपुरमा आईतवार विप्लव सहितका ५ दलले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेको छ । ५ दललको संयुक्त कार्यक्रममा राष्ट्र्घाती सम्झौता विरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको जनाईएको छ । उनिहरुले प्रशासन घेराउ लेखिएको व्यानर सहित बिरोध प्रदर्शन र्याली निकाल्दै घराउ कार्यक्रममा सहभागी जनाएका थिए । कार्यक्रमको नेतृत्व नेकपा (विप्लव) समुहको केन्द्रिय सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, नेकपा (माले) केन्द्रीय सदस्य राम प्रसाद चौलागाईं ,नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य मोहनसिंह तामाङ, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल जिल्ला संयोजक लिल बहादुर बि क. लगायतका संयुक्त नेतृत्वममा ५ दल १ मोर्चाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति भएको थियो । घेराउ कार्यक्रममा करिब ८० जनाको उपस्थिति रहेको...
उदयपुर सिमेन्ट उद्योगका पूर्व जिएम र तरुण दलका केन्द्रीय सदस्य माओवादी प्रवेश

उदयपुर सिमेन्ट उद्योगका पूर्व जिएम र तरुण दलका केन्द्रीय सदस्य माओवादी प्रवेश

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन ५ उदयपुर सिमेन्ट उद्योगका पूर्व माहाप्रवन्धक (जिएम) नवलकिशोर साह र तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेसका नेता लक्ष्मी नारायण यादव लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको छ । उनिहरुलाई पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश गर्नेहरुमा यादव र साह सहित काँग्रेस क्षेत्रीय प्रतिनिधिहरु राजबाबु यादव, इसराइल साफी तथा डा. नीरज नारायण यादव समेत रहेका छन् । लामो समयदेखि नेपाली काँग्रेसप्रति आस्था राख्दै आएका पूर्व जिएम साह ७ महिनाअघि मात्र उदयपुुर सिमेन्ट उद्योगबाट सेवा निबृत्त भएका थिए । पछिल्लो पहिचान र संघीयताको बाहक पार्टी भएको भन्दै उनी नेकपा माओबादीप्रति नजिकिदै गएका थिए । जागीरको क्रममा खुलेर राजनीति गर्न नमिल्ने भएकाले निबृत्त भएपछि पार्टी प्रवेश गरेको साहले बताए । आउँदो स्थानीयतहक...
जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले बाँड्यो विद्यार्थीहरुलाई कापि कलम

जनयुद्ध दिवसको अवसरमा माओवादी मजदुर पार्टीले बाँड्यो विद्यार्थीहरुलाई कापि कलम

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १ माओवादी मजदुर पार्टी केन्द्रीय तदर्थ समितिले जनयुद्ध दिवसको अवसरमा सामाजिक काम गरेको छ । करिब ३० बिद्यार्थीहरुलाई कापि र कलम वितरण गर्दै जनयुद्ध दिवस मनाएको हो । गरिब निमुखाहरुलाई शिक्षामा सहजता आवोस भन्दै कापी कलम वितरण गरेर जनयुद्ध दिवस मनाएको पार्टीका केन्द्रीय माहासचिव हिमाल सिंह राईले बताए । सोहि दिवसको अवसरमा माहासचिव राईले सहिदहरुको रगतलाई व्यवस्था गरेको समेत आरोप लगाएको छ । हजारौँ गरिब जनताहरु सहिद भएर ल्याएको गणतन्त्रलाई सरकार पक्षले उलंघन गर्दै टुँगोमा पुग्न नदि सहिदको सपना पुरा हुन नदिएको आरोप लगाए । उनले अबको हरेक वालवालिकाहरु शिक्षामा आवद्ध भएर दलाल सरकारको विबरुद्धमा उभुनु पर्ने भन्दै शिक्षाको समेत अभावमा खड्की रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको जनाए । त्रियुगा नगरपालिका १० पानीट्याङकीका वस्तीमा गएर करिब ३० घरधुरीका विपन्न...
एकीकृत समाजवादी निकट युवा संघ नेपाले गर्यो गाईघाटमा एमसीसीको बिरोध

एकीकृत समाजवादी निकट युवा संघ नेपाले गर्यो गाईघाटमा एमसीसीको बिरोध

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन १ नेकपा एकीकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल उदयपुरले गाईघाटमा एमसीसीको चर्को बिरोध गरेको छ । सबै पार्टीहरुले आफ्नो स्वार्थको लागि बोलिरहेको अवस्थामा एकीकृत समाजवादी पार्टी युवा संघ नेपालले भने यसको चर्को बिरोध गरेको जनाएको छ । पिपलचोकमा भएको बिरोध कार्यक्रमा युवा नेताहरुले एमसीसीको बारेमा एमाले केही नबोल्ने र कांग्रेस भने राष्ट्रघाती एमसीसी पास गर्नमा लागि परिरहेको आरोप लगाए । नेकपा एस त्रियुगा नगर अध्यक्ष जनार्दन रेग्मीले एमसीसी अनुदान नभई यो स्वार्थ पुर्ण सहयोग रहेको स्पट पारेको छ । यदि अनुदान हो भने किन संसद बाट पास गर्नु पर्ने कारण उनले कारण सोधे । अमेरीकाले देशका सबै नेताहरुलाई एमसीसी पास गर्न धम्की दिरहेको अवस्थामा आफुहरुले भने यसलाई कुनै हिसावले धम्की नसहने र यसको बिरोधमा उत्रिने जनाएको छ । रेग्मीले कांग्रसले एमसीसी बारे प्रष्ट अध्यान गरेको ...
माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

Breaking News 3, राजनीति, समाचार
काठमाडौं, फागुन १ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो । अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ “परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ । नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ । नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ । जनयुद्धको जगमा सम्पन्न भएको २०६२र६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक ...