
वैज्ञानिकहरुले बिरुवा रोएको आवाज रेकर्ड गरे, पानीको थोपा पानीमा पर्दाजस्तो आवाज निकाल्यो
पूर्णपुष्टि,चैत्र २० । वैज्ञानिकहरुले सुखखा र चोट पुगेको अवस्थामा विरुवा रोएको आवाज रेकर्ड गरेका छन् । बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ । यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन् । मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ । रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो ।
इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्त...