त्रियुगा नगरपालिकामा शिक्षकहरुको धर्ना
पूर्णपुष्टि, २८ साउन ।
त्रियुगा नगरपालिकामा शिक्षकहरुले धर्ना बसेको छ । सरकारले ल्याएको शिक्षा ऐन विधेयक माथी प्रश्न गर्दै शिक्षकहरु धर्नामा वसेको हो । शिक्षक माहासंघ त्रियुगा नगरपालिका र माताहतका संघ घटकहरुले ३ घण्टे धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । माहासंघका जिल्ला अध्यक्ष यादव बस्नेतले यो पहिलो चरणको आन्दोलन रहेको जनाए । आईतबार शिक्षक संगठनका पालिका कार्यसमितिले आन्दोलन गरेको जनाए ।
थप आन्दोलनका लागि जिल्ला कार्यसमितिको यहि ३० गते आन्दोलनको कार्यक्रम रहेको जनाए । आईतबार ८ ओटै पालिकाहरुमा पालिका स्तरीय धर्ना र बिज्ञाप्तीको कार्यक्र रहेको जनाए । जिल्लाले पनि सोही कार्यलाई आन्दोलनमा निरन्तरता दिने अध्यक्ष वस्नेतको भनाई छ । पहिलो सरकारमै शिक्षक माहासंघ सरकार सँग ५१ र ३० बुद्धे सम्झौता सरकार सँग गरेको शिक्षकहरुले जनाएको छ । तर त्यस सम्झौतालाई बेवास्ता गरी हावादारी नियमहरु लागु गर्दै श...









