Friday, May 22News That Matters

संसार

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

बाल मृत्युदर पहिलेकै अवस्थामा फर्कन सक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ कोरोना महामारीले गर्दा बाल मृत्युदर पहिलाकै अवस्थामा फर्कन सक्ने संयुक्त राष्ट्र सङ्घीय बाल कोष (युनिसेफ) ले चेतावनी दिएको छ । बाल मृत्युदर घटाउन पछिल्लो दशकमा हात पारेको उपलब्धि कोरोनाको कारण जोखिममा परको युनिसेफले जनाएको छ । सन् २०१९ मा विश्वभर इतिहासकै सर्वाधिक कम अर्थात् ५२ लाख बालबालिकाको मृत्यु भएकोमा कोरोना महामारीले गर्दा बाल तथा मातृ स्वास्थ्य सेवाहरू बन्द हुन पुगेकाले थप लाखौँ बालबालिकाको जीवन जोखिममा परेको जनाएको छ । नेपालमा लकडाउन अघिको तुलनामा गर्भवती परीक्षणमा ६० प्रतिशतले र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्यामा ३५ प्रतिशतले कमी आएको युनिसेफले जनाएको छ । यसले गर्दा नेपालमा बाल तथा मातृ मृत्युदरमा उल्लेख्य वृद्धि हुन सक्ने त्रास छाएको छ । युनिसेफले यसै वर्ष गरेको सर्वेक्षणका अनुसार नवजात शिशुको लागि अत्यावश्यक सेवा, गर्भवती परीक्षण, स्...
सीमा क्षेत्रको तनाव हटाउन भारत–चीनबीच ५ बुँदे सहमति

सीमा क्षेत्रको तनाव हटाउन भारत–चीनबीच ५ बुँदे सहमति

समाचार, संसार
पूर्णपुष्टि, भदौ २६ सीमा क्षेत्रको तनाव कम गर्न चीन र भारतबीच पाँच बुँदे सहमति भएको छ । लद्दाखको भारत–चीन वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भइरहेको तनाव कम गर्न पाँच बुँदे सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चिनियाँ विदेश मन्त्री वांग यी र भारतीय विदेश मन्त्री एस जयशंकरबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको जनाईएको छ । बैठकमा भएका सहमतिहरु भने सार्वजनिक गरेका छैनन् । चिनियाँ विदेश मन्त्रालयले दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको जनाएको छ । बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको बताउनुभएको संचामाध्यमले जनाएको छ । सीमा क्षेत्रमा गोली नचलाउने सहमति भए पनि गत हप्ता सीमा क...
अमेरिकी चुनावलाई लक्षित गरी ह्याकरहरु सक्रिय

अमेरिकी चुनावलाई लक्षित गरी ह्याकरहरु सक्रिय

समाचार, संसार
पूर्णपुष्टि, भदौ २६ अमेरिकाको आगामी राष्ट्रपति चुनावलाई लक्षित गरेर ह्याकरहरु सक्रिय भएको माइक्रोसफ्टले जनाएको छ । रुस, चीन र इरानसँगको सम्बन्धमा रहेका ह्याकरहरुले सन् २०२० मा हुने राष्ट्रपति चुनावमा सामेल भएका व्यक्ति र समूहहरुमा हस्तक्षेप गर्ने कोशिस गरिरहेका माइक्रोसफ्टले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सन् २०१६ को चुनावमा डेमोक्रेटिक अभियान चलाएर ह्याकरहरुले चुनावलाई लक्षित गरी आफ्ना गतिविधि अघि बढाएको जनाइएको छ । राष्ट्रपतिको दुवै उम्मेदवार डोनाल्ड ट्रम्प र जो बिडेन ह्याकरहरुको निशानामा रहेको माइक्रोसफ्टले जनाएको छ । माइक्रोसफ्टले विज्ञप्ति निकालेर रुसी ह्याकरहरुको समूहले दुई सयभन्दा धेरै संगठनलाई लक्षित गरेका र त्यसमध्ये अमेरिकी राजनीतिक दल पनि रहेका बताएको संचारमाध्यमहरुले जनाएको छ । त्यो समूहले बेलायती राजनीतिक दलहरुलाई पनि निशाना बनाएको जनाएको छ । ह...
भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

भारतमा एकैदिन ९६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २६ भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार सात सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या ४५ ला ५९ हजार सात सय २५ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट गत २४ घण्टामा १२ सय १३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ हजार तीन सय चार पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्वमा गत २४ घण्टामा दुई लाख ९७ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या दुई करोड ८३ लाख १३ हजारभन्दा धेरै भएको जनाईएको छ । सङ्क्रमितमध्ये नौ लाख १३ हजारभन्दा धेरैको मृत्यु भएको छ भने दुई करोड ३ लाखभन्दा धेरै निको भएका छन् ।...
ट्रिनबागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

ट्रिनबागो नाइट राइडर्सलाई सीपीएलको उपाधि

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि,  भदौ २६ क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटको उपाधि ट्रिनबागो नाइट राइडर्सले हात पारेको छ । गतराति भएको फाइनल खेलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले हराउँदै नाइट राइडर्सले लगातार चौथो पटक सीपीएलको उपाधि हात पारेको हो । ब्रायन लारा स्डेडियममा पहिले ब्याटिङ गरेको लुसिया १९ ओभर एक बलमा एक सय ५४ रनमा अलआउट भएको थियो । लुसियालाई मध्यम स्कोरमा रोक्न नाइट राइडर्सका कायरन पोलार्डले चार विकेट लिए । एक सय ५५ रनको लक्ष्य नाइट राइडर्सले ११ बल बाँकी छँदै मात्रै दुई विकेट गुमाएर भेट्टायो । उसका लागि लेन्डी सिमोन्सले नटआउट ८४ र डारेन ब्राभोले ५८ रन बनाए ।...
विश्वभर कोरोना खोप पु¥याउन ८ हजार ठूला जहाज चाहिने

विश्वभर कोरोना खोप पु¥याउन ८ हजार ठूला जहाज चाहिने

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ विश्वभर कोरोना भाईरसविरुद्धको खोप पु¥याउनु ठूलो चुनौती ढुवानी हुने हवाई उद्योगले बताएका छन् । विश्वभर कोरोना खोप पु¥याउन आठ हजार बोइङ ७४७ जहाज चाहिने अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले जनाएको छ । कोभिड–१९ खोप अहिलेसम्म उपलब्ध भएको छैन । तर आईएटीएले खोपको विश्वव्यापी ढुवानीका लागि एअरलाइन्स, एअरपोर्ट, विश्वका स्वास्थ्य सङ्गठन र औषधि फर्मसँग सहकार्य गरिरहेको छ । एक जनालाई खोपको एक खोप आवश्यक रहने वितरण कार्यक्रमले मानेको छ । ‘कोभिड–१९ को खोप विश्वभर पु¥याउनु हवाई उद्योगको लागि शताब्दीको लक्ष्य हुनेछ तर सावधानीपूर्वक र योजना विना यो सम्भव हुन सक्दैन । कोरोना भाइरसको महामारीका कारण यात्रुको उडानमा भारी गिरावट आएपछि एअरलाइन्स कम्पनीहरु कार्गाे (सामान) वितरण गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेका छन् । तर खोपको वितरण भने सोचेजस्तो सजिलो छैन । खोप पु¥याउ...
अमेरिकाद्धारा १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द

अमेरिकाद्धारा १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीहरुको भिसा रद्द

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमको कारण  देखाउँदै एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको ट्रम्प प्रशासनले जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन । सन् २०१८ देखि २०१९ मा करिब तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए । चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेको संचारमाध्यले जनाएको छ । भिसा रद्द गरिएका विद्यार्थीलाई उच्च जोखिमयुक्...
विश्वमा कोरोना संक्रमणबाट ९ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना संक्रमणबाट ९ लाख भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पुर्णँपुष्टि,भाद्र २५ विश्वमा कोरोना संक्रमणबाट नौं लाख भन्दा बढी मानिसको मृत्यु भएको छ ।अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौं लाख दुई सय ३९ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाएको हो । विश्वमा कोरोना संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ भने संक्रमितमध्ये एक करोड ८६ लाखभन्दा बढी मानिस निको भएर घर फर्किसकेका छन् ।...
५० वर्षमै वन्यजन्तुको सङ्ख्या दुई तिहाइले घट्यो

५० वर्षमै वन्यजन्तुको सङ्ख्या दुई तिहाइले घट्यो

समाचार, संसार
पूर्णपुष्टि, भदौ २५ पछिल्लो ५० वर्षमा वन्यजन्तुको सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको एक अध्ययनले देखाएको छ । ५० वर्षमा विश्वमा चरा, माछा, स्तनधारी, उभयचर र घस्रने जनावरको सङ्ख्या दुई तिहाइ भन्दा धेरैले घटेको वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको नयाँ प्रतिवेदनले देखाएको हो । सन् १९७० यता विश्वभर यस्ता जीवको सङ्ख्यामा औसतमा ६८ प्रतिशतले कमी आएको संरक्षणसम्बन्धी वैज्ञानिकले बताएका छन् । वैज्ञानिकले यो कमीलाई विध्वंसकारी भनेर व्याख्या गरेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । चाहिने भन्दा धेरै माछा मारिनु, जङ्गलमा डढेलो लाग्नु र वन्यजन्तुको बसोबास रहेको क्षेत्र विनाश हुनु जस्ता कारणले जीवनको सङ्ख्यामा गिरावट आएको प्रतिवेदनले देखाएको छ । यो एकदमै डरलाग्दो अवस्था भएको जनाईएको छ । प्रकृतिमाथि मानिसले गरेको यस्तो विनाश यसअघि कहिल्यै नदेखिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।...
भारतमा एकैदिन ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन ९५ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २५ भारतमा एकै दिन ९५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएसँगै ४४ लाख ६५ हजार ८ सय ६४ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणबाट १ हजार १ सय ७२ जनाको मृत्यु भएको जनाईएको छ । सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म नौ लाख ६७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ भने २७ हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै आन्ध्र प्रदेशमा पाँच लाख २७ हजारभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएका मध्ये चार हजार ६ सय ३४ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ३४ लाख ७१ हजार ७ सय ८४ संक्रमित निको भएका छन् भने ९ लाख १९ हजार १८ संक्रमित निको हुन बाँकी छन् ।...