Wednesday, May 20News That Matters

संसार

कतार प्रवेशमा नेपालसहित १४ देशका नागरिकलाई रोक

कतार प्रवेशमा नेपालसहित १४ देशका नागरिकलाई रोक

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २६ गते । कतारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी प्रवेश रोक लगाएको छ । विश्वभर कोरोना भाईरसको संक्रमण बढ्दै गएकाले कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेश रोक लगाएको हो । नेपाल, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतारी सरकारले सूचना जारी गर्दै प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ । कतारमा अहिलेसम्म १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।  ...
कोरोना भाइरसबाट बेलायतमा पनी एक जनाको मृत्यु

कोरोना भाइरसबाट बेलायतमा पनी एक जनाको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३ गते ।  कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा पनि एक जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संमण देखिएपछि उपचार गराइरहेकी ७० वर्षीया महिलाको मृृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । गत बुधबार कोरोनाको संक्रमण देखा परेकी महिला अस्पताल भर्ना भएकी थिइन् । अहिलेसम्म बेलायतमा कोरोना संक्रमितको संख्या एक सय १६ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु भएकी महिलाले रोयल बर्कशायर अस्पतालमा उपचार गराइरहेकी थिईन् । ति महिलालाई बेलायतमै कोरोनाको संक्रमीत भएको बेलायतका प्रमुख चिकित्सा सल्लाहकार प्राध्यापक क्रिक व्हिट्टीले जनाएको छ । अहिले ती महिलासँग सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरी रहेको बेलायती अधिकारीहरु जनाएका छन् ।...
कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु

कोरोना भाईरसको संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु

समाचार, संसार
पूर्णपुष्टि, फागुन २२ गते । कोरोना भाईरस (कोभिड–१९) का संक्रमणबाट अमेरिकामा ११ जनाको मृत्यु भएको छ । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ११ पुगेको हो । क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिककैको अस्पतालमा एक जनाको मृत्यु भएपछि राज्यले आपत्काल घोषणा गरेको छ । मृत्यु हुने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको जनाईएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो । अमेरिकाको १६ राज्यमा करिब एक सय ५० जनामा कोरोनाको संक्रमण देखिएको जनाईएको छ । अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको संक्रमण बढ्दै गएपछि देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने जनाईएको छ । विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भ...
श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग

श्रीलङ्कामा राष्ट्रपतिद्वारा संसद् भङ्ग

समाचार, संसार
पूर्णपुष्टि, फागुन २० गते ।  श्रीलङ्ककाका राष्ट्रपति गोतबाया राजपक्षले सोमबार संसद् भङ्ग गरेको छ । आगामी अप्रिल २५ मा मध्यवधि चुनाव गराउने घोषणा गर्दै संसद् भङ्ग गरेको हो । राजपक्षले संसद्को कार्यकाल पूरा हुनु ६ महिना अघि नै संसद् भङ्ग गरेको हो । वर्तमान संसद् सन् २०१५ सेप्टेम्बर १ मा नियुक्त गरिएको थियो । श्रीलङ्काको संसद् भङ्ग गर्न कम्तीमा साढे चार वर्षको कार्यकाल पूरा हुनुपर्छ उक्त अवधी आइतबार राति नै पूरा भएको थियो । यो पनि पढ्नुस् । मस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको घैपुमा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । म्याग्दी – बेनी–जोमसोम–कोरला सडक खण्ड अन्तर्गत घैपुमा सोमबार सुख्खा पहिरो जादा एक्स्काभेटर चालक अर्जुन दाहालको मृत्यु भएको हो । सडक सफा गर्ने क्रममा एक्स्काभेटर चालक सिन्धुपाल्चोक निबासी दाहालको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले एक्स्काभे...
राजस्थानमा पनि कोरोना संक्रमित

राजस्थानमा पनि कोरोना संक्रमित

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २० गते ।  भारतको उत्तरी प्रान्त राजस्थानमा पनि कोरोना भाइरसको संक्रमित फेला परेको छ । जयपुरमा एक जना इटलीका पर्यटकमा कोरोना भाइरस संक्रमणको देखिएको संचारमाध्यहरुले जनाएका छन् । गत फेब्रुअरी २९ मा गरिएको पहिलो नमुनामा संक्रमण देखा नपरेपनि दोस्रो पटक नमुना संकलन परिक्षणमा पुष्टि भएको जनाईएको छ । कोरोना संक्रमित इटलीका यात्रीलाई एसएमएम अस्पतालको निगरानी वार्डमा राखिएको छ । दुई पटकको जाँचमा फरक देखिएपछि फेरि एक पटक नमुना परीक्षण जाँच गर्न पठाइएको छ । त्यस्तै दिल्ली र तेलङ्गनामा गरी भारतमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।...
कोरोना संक्रमणको सावधानी अपनाउन दुतावासको आग्रह

कोरोना संक्रमणको सावधानी अपनाउन दुतावासको आग्रह

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन १८ गते ।  चिनबाट फैलिएका कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन विभिन्न देशमा रहेका नेपाली दुतावासहरुले सुचना जारी गरेको छ । कोरिया, अमेरिका, युरोप हुँदै खाडी मुलुकहरुमा तिब्र रुपले कोरोना भाईरसको संक्रमण फैलिदै गएकापछि आफ्नो देशका नागरीकहरुलाई सर्तक र सुरक्षित रहन दुतावासहरुले सुचना जारी गरेको हो । कुवेत र बहराइनमा रहेका नेपाली दूतावासले कोरोना भाइरसको लक्षणको जानकारीसहित उक्त देशमा रहेका नेपालीलाई सर्तक र सुरक्षित रहन आग्रह गरेको छ । सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायात, सपिङ मलजस्ता धेरै भिडभाड हुने ठाउँहरुमा सकेसम्म नजान यदि जानु पर्ने अवस्थामा अनिवार्य मास्क (मुखावरण) लगाउन आग्रह गरिएको छ । केहि लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको निर्देशन पालना गर्न दूतावासले अनुरोध गरेका छन् । खाडीका देशमध...
कोरोना भाइरसबाट २८ सय भन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट २८ सय भन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
गाईघाट, फागुन १५ गते ।  चीनको वुहानबाट फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट २८ सय चार जनाको मृत्यु भईसकेको छ । चीनमा मात्रै अहिलेसम्म ३२ हजार पाँच सय सात जना र चीनबाहिर तीन सय १० जनामा कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । अहिलेसम्म ४८ देश वटा देशमा कोरोना भाईरसको संक्रमण फैलिसकेको छ । चिनमा मात्रै दुई हजार सात सय ४७ जनामा कोरोना भाईरसको संक्रमण फैलिएको छ भने ८२ हजार एक सय ६६ जनामा संक्रमण भएको पुष्टि भईसकेको छ । चीनपछि इरानमा सबै भन्दा धेरै १९, दक्षिण कोरियामा १३, इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई–दुई तथा ताइवान र फिलिपिन्समा एक–एक जनाको ज्यान गएको छ ।...
दिल्लीमा प्रहरीसहित ४ जनाको मृत्यु

दिल्लीमा प्रहरीसहित ४ जनाको मृत्यु

समाचार, संसार
गाईघट, फागुन १३ गते ।  भारतको नयाँ दिल्ली यमुनापार क्षेत्रमा हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसात्मक घटनामा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको हो । उक्त घटनामा २५ जना भन्दा धेरै घाइते भएका छन् । विभिन्न ठाउँमा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । प्रदर्शनकारीहरुले आगजनीसमेत गरेका छन् । बढिरहेको हिंसालाई नियन्त्रण गर्न प्रशासनले उत्तर पूर्वी दिल्लीका १० इलाकामा कफ्र्यु लगाएको संचारमाध्यमहरुले जनाएको छ । प्रदर्शनकारीलाई संयमता अपनाउन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आह्वान गरेको जनाईएको छ । हिंसा बढेको क्षेत्र मुस्लिम समुदायको बाक्लो बस्ती भएको संचारमाध्यमहरुले जनाएको छ । भारतले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनले मुस्लिम समुदायक बाहेकका आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्...
कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १७ सय नाघ्यो

समाचार, संसार, स्वास्थ्य
फागुन ५ गते । चिनमा कोभिड १९ (कोरोना भाइरस)बाट ज्यान गुमाउनेको संख्या १७ सय ६९ पुगेको छ । चीनमा मात्रै १७ सय ६५ र चीन बाहिरका चार देशमा एक/एक जना गरी १७ सय ६९ जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको हो । अहिले चिनमा कोरोना भाईरस संक्रमितको संख्या ७० हजार ९ सय ८८ पुगेको छ । कोरोना सुरु भएको हुवेईमा मात्र १६ सय ९२ जनाको ज्यान गएको संचारमाध्यमहरुले जनाएको छ । पछिल्लो समयमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या र नयाँ संक्रमण हुने दर घटेको संचारमाध्यमहरुले जनाएको छ । त्यस्तै ४० जना अमेरिकी नागरिकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । जापानमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकीमध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएकाहरुलाई जापानमै राखेर उपचार सुरु गरिएको छ भने बाँकी ३ सय ६० जनालाई स्वदेश फार्काएको जनाईएक...
ब्रिटिस आर्मीबाट तीनमहिनामै फर्काइएका पर्शुरामले वेलफेयरको सहयोगमा पाए नयाँ घर, जग्गा र पेन्सन

ब्रिटिस आर्मीबाट तीनमहिनामै फर्काइएका पर्शुरामले वेलफेयरको सहयोगमा पाए नयाँ घर, जग्गा र पेन्सन

समाचार, संसार
पूर्णपुष्टि, फागुन २ गते । जीवन दुःखमा डुविरहेको बेला खोटाङको खोट्टेहाङ गाउँपालिका ४ का  पर्शुराम राईले नसोचेको खुसी पाउनु भएको छ । खान, लाउन धौधौ परिरहेको अवस्थाका वहाँले जग्गा, नयाँघर र सबैभन्दा ठूलो कुरो त पेन्सन पाउनु भएको हो । वहाँले उदयपुरको त्रियुगा नगरपालिका १२ विसनपुरमा १० धुर जग्गा, त्यसमा नयाँ पक्कीघर पाउनु भएको छ भने मासिक ११ हजार ५ सय पेन्सन पाउनु भएको छ । राईलाई गोर्खा वेलफेयर ट्रष्ट (नेपाल) र युकेमा रहेका वहाँका समकालिन भूतपूर्व आर्मीहरुले यस्तो सहयोग गरेको ऐरिया वेलफेयर सेन्टर, धरानका सिनियर अफिसर पूर्ण लिम्बुले बताउनुभयो । बेलैमा ब्रिटिस आर्मीमा लागेपनि तीन महिना नपुग्दै फालिएपछि वहाँको दुःखको दिन सुरु भएको थियो । २०३६ सालमा ब्रिटिस आर्मीमा लाग्नु भएको उहाँका तालिमको क्रममा एक्कासी कान नसुन्ने स्वस्थ्य समस्या देखा परेपछि फालिनु भएको थियो । वेलफेयरको तर्फबाट घर ...