आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पुजा गरिदैँ
पूर्णपुष्टि, माघ २१ । माघ शुक्ल पञ्चमीका अवसरमा आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विशेष पूजा–आराधना गरिँदैछ । चन्द्रमा जस्तै गौर वर्णकी, हातमा वीणा र पुस्तक लिएकी सरस्वती देवीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले सम्बोधन गर्दछन् ।
साहित्यकार, कलाकार, शिक्षक र विद्यार्थीहरूले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गरेका छन् । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने विश्वास गरिन्छ ।
काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले लगायत देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि भक्...









