दशैँमा काठमाडौँ छोड्नेको चाप, टिकट अभावमा यात्रुलाई सास्ती
पूर्णपुष्टि, असोज २१ । बडादसैँ मनाउन जन्मस्थान फर्कने क्रममा गत एक हप्तामा तीन लाख ६३ हजारभन्दा बढी मानिसले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार शनिबार साँझदेखि आइतबार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाडौँबाट बाहिरिएका छन् ।
यात्रुको बढ्दो चापसँगै लामो दूरीका सार्वजनिक यातायात र हवाई टिकट पाउन मुस्किल भएको छ । टिकट अभावका कारण कतिपय यात्रुहरू बसको बोनट र मुडामा बस्न बाध्य भएका छन् भने केही काठमाडौँमै रोकिएका छन् ।
कैलालीका लोकेश सिंहले आफ्ना साथीहरू टिकट नपाएर काठमाडौँमै छुटेको बताए। त्यस्तै, अछाम जान लागेका दीपकबहादुर खत्रीले सिटको टिकट नपाएपछि बोनटमा बसेर भए पनि घर जान लागेको बताए । यात्रुको चापका कारण नाका र राजमार्गमा सवारी जाम हुने गरेको छ । कतिपय ठाउँमा सडक भत्किने र भासिने समस्या...









